Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

Advertisement

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्माणका कार्यले नाङ्गिदै गएका वन पाखाहरू पछिल्लो समय हरियालीमा रूपान्तरण हुन थालेका छन ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा स्थानीय पाँचतारा युवा संरक्षक मञ्च अन्तरगत संचालित ‘माई फरेष्ट चाइल्ड’ परियोजना मार्फत सुरु गरिएको वृक्षरोपण, विद्यालय सुधार र समुदाय सशक्तीकरण अभियानले सुख्खा डाँडा पाखाहरूको पहिचान बदलिन थालेको छ । परियोजना मार्फत वनको पहिचान मात्र होइन स्थानीय उपभोक्ताहरूको सोच, जीवनशैली र दैनिकी समेत बदलिदिएको छ ।

परियोजनाले जिल्लाको छेडागाड नगरपालिका १, ४, र १२ नं. वडाका विभिन्न १२ सामुदायिक वनमा आफ्नो कार्यक्षेत्र बनाई दिगो वन विकास र व्यवस्थापनका लागि विभिन्न क्रियाकलापहरू संचालन गरिरहेको छ । ती सामुदायिक वनहरूमा बोट विरूवाहरू मासिदै गएको ३० हेक्टर बढि क्षेत्रमा करिब ४८ हजार बिरुवा रोपिसकिएको परियोजनाका कार्यक्रम संयोजक गणेश पाण्डेले बताए ।

‘फडानी, अतिक्रमण र जथाभावी रूपमा गरिएको विकास निर्माणका कार्यले वन मासिदै गएको छ, कार्यक्रम संयोजक पाण्डेले भने त्यस्तो क्षेत्रमा हामीले स्थानीय वन समुह मार्फत वृक्षारोपन गरेका छौ ।’ वन तथा वातावरण संरक्षणका लागि ‘माई फरेष्ट चाइल्ड’ परियोजना पाइलट प्रोजेक्टको रूपमा रहेको भन्दै यो अभियान स्थानीय समुदायमा हस्तान्तरण गरिने उनले बताए ।

परियोजनाले वृक्षारोपन गरी वन हरियाली बनाउने मात्रै नभई यसमा समुदायलाइ जोडेर उनिहरूको जीवनशैली परिवर्तन गर्ने परियोजनाको उद्देश्य रहेको पाण्डेको भनाई छ । ‘यो काम केवल वृक्षारोपनमा सीमित छैन, परियोजनाले वन सम्बन्धीका सबै अभिलेख व्यवस्थापन, युवाको भूमिका, विद्यालय सुधार र सामुदायिक निगरानीसम्मका क्रियाकलापलाइ जोड्छ’, पाण्ले भने ।

वृक्षारोपन : हरियाली संगै आम्दानीको श्रोत

परियोजनाको कार्यक्षेत्र रहेका विभिन्न १२ वटा सामुदायिक वनमा गरिएको वृक्षरोपणले हरियाली संगै सामुदायलाई आर्थिक रूपमा पनि सहयोग गर्ने गरी योजना बनाइएको छ । रोपिएका विरूवाले हरियाली मात्र ल्याउने छैनन, त्यसबाट वन समुहरूले केहि समय पछि आम्दानी पनि गर्न सक्ने परियोजनाको विश्वास छ ।

रिठो, अमला, सिसौ, बाँस, अम्लिसो, टुनी जस्ता विरूवाहरू रोपिएकोले त्यसबाट समुहमा आम्दानी पनि हुने कोटिला सामुदायिक वन समुहका अध्यक्ष दिप बहादुर बस्नेतले बताए । आफुहरूले लगाएका स्थानीय वातावरण अनुकूलका विरूवाका प्रजातिहरूले हरियाली लाउन थालेको छ, अध्यक्ष बस्नेत भन्छन “अब निगरानी प्रणाली बलियो छ। डढेलो जोखिम घटेको छ, वन हिँड्दा नयाँ जीवन देखिन्छ।”

आफुहरूको वनमा सल्लो पाइने र हरेक वर्ष सल्लाको खोटो निकाल्ने कार्यले पातलिदै गएको जंगल परियोजनाको सहयोगमा हरियाली हुँदै गएको खहरेकाफल खोला सामुदायिक वन समुहका अध्यक्ष लछे खत्रीले बताए । “पहिले वन पातलो भइरहेको थियो अध्यक्ष खत्री भन्छन, अहिले बिरुवाहरू हुर्किँदै गर्दा हरियाली फेरि बाक्लिँदै गएको छ।”

परियोजनाको सहयोगमा विरूवा रोपेको मात्र नभइ रोपेको विरूवा बचाउने सोचको विकास गरिएको सागिनेगैरी गाडमेलन्य सामुदायिक वन समुहका सचिव धनसिङ थापाको भनाइ छ । “हामीले खाली ठाउँमा विरूवा रोप्ने काम मात्र गरेका छैनौ, उक्त विरूवालाइ जोगाउने संस्कृतिलाई पनि समुदायमा बलियो बनाएका छौँ, थापा भन्छन ।

विद्यालयदेखि बस्तीसम्म फैलिएको हरियाली चेतना

परियोजना संचालन पछि विद्यालयहरूमा वातावरणीय अभ्यास, फोहोर व्यवस्थापन र प्लास्टिक न्यूनीकरण जस्ता वातावरणमैत्री अभियानहरू संचालन भएका छन । जलवायु परिवर्तनले पारेका प्रभाव तथा न्युनिकरणका उपायहरूका बारेमा परियोजना मार्फत संचालित शैक्षिक सत्र तथा सिफ्ट योजना निर्माण लगायतको माध्यमबाट विद्यार्थीहरूमा बृद्धि भएको चेतनाले विद्यालयको चेहेरा फेरिएको छ ।

छेडागाड नगरपालिका १२ मनघाटमा रहेको चन्द्रज्योती माविका विद्यार्थीहरूले विद्यालयको चारैतिर वृक्षारोपन गरेका छन । विद्यालयमा गठन भएको बाल क्लब मार्फत परियोजनाको सहयोगमा वृक्षारोपन गरेका बालबालिकाहरू स्वतस्फूर्त रूपमा विरूवामा पानी हाल्ने, सरसफाई गर्ने र विद्यालय परिषरमा प्लाष्टिकमा राखिएका खानेकुरा निषेध गर्ने कार्यमा अगुवाई गर्ने गरेको प्रधानाध्यापक शर्मा बहादुर खत्री बताउछन । प्रधानाध्यापक खत्री भन्छन, “बालबालिकाले आफुले मात्रै वातावरण जोगाउने सीप सिकेका छैनन, अब परिवारसम्म सन्देश पुर्‍याउन थालेका छन्।”

बाल क्लबकी अध्यक्ष प्रतीक्षा थापा भन्छिन्स् “पहिले विद्यालय वरपर उजाड थियो। अहिले हामीले रोपेको बिरुवा ठूलो बोट बन्दैछ, त्यो देखेर निकै खुसी लाग्छ।” बाल नेतृत्वले विद्यालय र समुदाय दुवैतर्फ वातावरणीय चेतना फैलाएको छ।

युवाहरू बनेका छन ‘स्थानीय वन संरक्षक’

कुनै बेला वनमा आगो लाग्दा रमाउने युवाहरू अहिले भने ज्यान जोखिममा राखेर डढेलो नियन्त्रण कुद्ने गरेका छन । स्थानीय युवाहरू डढेलो नियन्त्रण संगै वनको निगरानी, जोखिम मूल्यांकन र स्रोत संरक्षणमा समेत अग्रपंक्तिमा छन । छेडागाड १ सोडारीकी मिना बस्नेत भन्छिन, “आज संरक्षित जंगल नै भोलिको जीवन हो भन्ने बुझेर वन संरक्षण गर्न सुरु गरेका छौँ।”

पारदर्शिता र व्यवस्थापनमा सुधार

परियोजना संचालन पछि सामुदायिक वनहरूले अभिलेख व्यवस्थापन, आय–व्यय विवरण, वन नक्सा र बैठक निर्णय व्यवस्थित रूपमा राख्न थालेका छन । वन समुहहरूमा पारदर्शिता बढेपछि समुदायको विश्वास पनि बढेको छ।

वन समुहहरू वन व्यवस्थापनका क्षेत्रमा पहिले भन्दा चनाखो भएको सब–डिभिजन वन कार्यालय छेडागाडका प्रमुख भोजराज उपाध्यायले बताए । यस अघि समुहको कार्य योजना, लेखा परिक्षण समुदायको भेला लगायत केहि पनि समयमा नगर्ने वन समुहहरूले अहिले सबै काम समय मै गर्ने गरेका छन कार्यालय प्रमुख उपाध्याय भन्छन, “१२ मध्य ११ वटा सामुदायिक वन समुहहरू सक्रिय छन, उनिहरूले एकैसाथ वृक्षरोपण लगायतका वन व्यवस्थापनका कार्य गर्नु परियोजनाको सफलता हो।”

परियोजनाले वृक्षारोपन, वन व्वस्थापन, समुदाय तथा वन समुहहरूको चेतना अभिवृद्धि र क्षमता विकास लगायतका वातावरणिय क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search