Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोटमा अब घरमै पुग्नेभयो राहदानी

Advertisement

खलंगा । जाजरकोटमा अब राहदानी (पासपोर्ट) लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला हुलाक कार्यालयबीच राहदानी घर सम्म पुर्याउने सम्झौता भएपछि जिल्लामा घरदैलोमा राहदानी सेवा’ औपचारिक रूपमा सुरु गरिएको हो।

पासपोर्ट तयार भएर आएपछि सम्बन्धित सेवाग्राहीको नाम, ठेगाना र सम्पर्क नम्बर सहितको विवरण जिल्ला हुलाक कार्यालयलाई उपलब्ध गराउने छ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने व्यवस्था लागू गरिएको बताए। उनले नयाँ व्यवस्थाअनुसार राहदानी विभागबाट पासपोर्ट तयार भएर आएपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सेवाग्राहीको नाम, ठेगाना र सम्पर्क नम्बर सहितको विवरण जिल्ला हुलाक कार्यालयलाई उपलब्ध गराउने बताए।

त्यसपछि हुलाक कार्यालयले राहदानी बुझेको ७ दिनभित्र सम्बन्धित व्यक्तिको घरमै पुर्‍याउने व्यवस्था गरिएको छ । प्रजिअ अधिकारीले नेपाल सरकारको शासकीय सुधार सम्बन्धी १०० दिने कार्ययोजना अन्तर्गत जिल्ला प्रशासन कार्यालय र हुलाक निर्देशनालयबीच ९ बुँदे सहमति भएपछि सेवा सुरु गरिएको जानकारी दिए। राहदानी हराउने वा दुरुपयोग हुने जोखिम कम गर्न ‘सेक्युर डेलिभरी’ प्रणाली समेत अपनाइएको उनको भनाई छ।

‘हामीले राहदानी बनाउन आएका सेवाग्राहीलाई तपाईँहरू कार्यालयमा लाइन आउने कि हामी घरमै पुर्याइदिउँ भनेर सोधपुछ गर्छौं । उहाँहरुले घरमै पुर्‍याइदिनु भनेपछि घरमै पुर्‍याउनेछौं। उनले भने, ‘यस्तो भएमा सेवाग्राहीले राहदानी प्रिन्ट भएर आएपछि हप्तौँसम्म कुर्नु पर्ने वा बुझ्नकै लागि प्रशासन धाउनुपर्ने अवस्था रहने छैन। हुलाकका कर्मचारीले नागरिकको ढोकामै राहदानी पुर्‍याउनेछन्।,’ – प्रजिअ अधिकारी

सेवाग्राहीले हुलाक महसुल वापत ५० रुपैयाँ बराबरको टिकट खाममा टाँस गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रशासनका अनुसार दुर्गम पालिकामा ७ दिनभित्र र नजिकका पालिकामा २ देखि ५ दिनभित्र राहदानी पुर्‍याइनेछ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search