Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

Advertisement

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशाख ३० गतेसम्म सञ्चालन गरेको अभियानअन्तर्गत १ हजार ७ सय ९८ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती फडानी गरी नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्तकुमार शर्माका अनुसार भेरी नगरपालिकाको वडा नम्बर १ र ६ मा ७३ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । त्यस्तै, नलगाड नगरपालिकाका १० वटा वडामा १५७ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती फडानी गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, छेडागाड नगरपालिकामा ८० रोपनी, जुनीचाँदे गाउँपालिकामा ५७ रोपनी, कुशे गाउँपालिकामा ४४ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ ।

प्रहरीका अनुसार बारेकोट गाउँपालिकामा २४ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा तथा ५६३ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेतीसमेत नष्ट गरिएको हो । लागूऔषध खेती नियन्त्रणका लागि जिल्लाभर अनुगमन र अभियानलाई निरन्तरता दिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search