Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

Advertisement

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धाउनुपर्ने बाध्यता घट्दै गएको छ । जाजरकोट बहुप्राविधिक शिक्षालयले न्यूनतम शुल्कमै गुणस्तरीय प्राविधिक शिक्षा दिने घोषणा गर्दै भर्ना खुलाएको छ।

जाजरकोट बहुप्राविधिक शिक्षालयमा अब तीन वर्षे डिप्लोमा इन फार्मेसी जम्मा ५० हजार रुपैयाँमै पढ्न पाइने भएको छ। स्वास्थ्य क्षेत्रमा करिअर बनाउन चाहने विद्यार्थीका लागि यो अवसर असाधारण मानिएको छ। महँगा निजी कलेजहरूले लाखौं रुपैयाँ असुल्ने समयमा जाजरकोटमै यति कम शुल्कमा फार्मेसी पढ्न पाइने खबरले विद्यार्थी र अभिभावक दुवै उत्साहित भएका छन्।

त्यति मात्र होइन, डिप्लोमा इन फरेस्ट्री ३० हजार, सिभिल इन्जिनियरिङ ३६ हजार र एनिमल साइन्स ३५ हजार रुपैयाँमै अध्ययन गर्न पाइने भएपछि ग्रामीण भेगका विद्यार्थीहरूका लागि नयाँ आशा पलाएको छ।

पहिले आर्थिक अभावका कारण धेरै विद्यार्थीले एसईईपछि पढाई रोक्नुपर्ने अवस्था थियो । कतिपयले विदेश जाने सपना देख्थे, कतिपय बेरोजगार बस्थे। अब भने जाजरकोटमै सीप सिकेर रोजगारीतर्फ अघि बढ्ने बाटो खुलेको छ।

भर्ना खुलेसँगै जाजरकोट सहित रुकुम, सल्यान, दैलेख, डोल्पालगायत जिल्लाका विद्यार्थीहरूमा चासो बढेको छ । सीमित सिट भएकाले समयमै आवेदन दिन शिक्षालयले आग्रह गरेको छ। अहिले पनि बाहिर जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेका छन।

शिक्षालय प्रमुख इश्वरीचन्द्र देवकोटाका अनुसार जाजरकोट बहुप्राविधिक शिक्षालयलाई थप व्यवस्थित, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउने काम भइरहेको छ। देशभरकै न्यून शुल्कमा अध्ययनको अवसर उपलब्ध गराइएको प्रमुख देवकोटाले बताए ।

यो सीटीईभीटीको आंगिक शिक्षालय हो ।

“सीप हुन्छ हातमा, रोजगारी साथमा” भन्ने नाराले अब केवल नारा होइन, सम्भावना बोकेको सन्देश दिएको छ। अब भविष्य बनाउन शहर होइन, जाजरकोट नै गन्तव्य बन्न थालेको छ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search