७ जेष्ठ २०८३ १०:१६
७ जेष्ठ २०८३ १०:१६
जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धाउनुपर्ने बाध्यता घट्दै गएको छ । जाजरकोट बहुप्राविधिक शिक्षालयले न्यूनतम शुल्कमै गुणस्तरीय प्राविधिक शिक्षा दिने घोषणा गर्दै भर्ना खुलाएको छ। जाजरकोट बहुप्राविधिक शिक्षालयमा अब तीन वर्षे डिप्लोमा इन फार्मेसी जम्मा ५० हजार रुपैयाँमै पढ्न पाइने भएको छ। स्वास्थ्य क्षेत्रमा करिअर बनाउन चाहने विद्यार्थीका लागि यो अवसर असाधारण मानिएको छ। महँगा निजी कलेजहरूले लाखौं रुपैयाँ असुल्ने समयमा जाजरकोटमै यति कम शुल्कमा फार्मेसी पढ्न पाइने खबरले विद्यार्थी र अभिभावक दुवै उत्साहित भएका छन्। त्यति मात्र होइन, डिप्लोमा इन फरेस्ट्री ३० हजार, सिभिल इन्जिनियरिङ ३६…
