Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

समाज

भूकम्प प्रभावित छात्राहरूलाई श्रीज्योति फाउन्डेसनको सहयोग

भूकम्प प्रभावित छात्राहरूलाई श्रीज्योति फाउन्डेसनको सहयोग

जाजरकाेट । श्रीज्योति फाउन्डेसनले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित छात्राहरूलाई सहयोग हस्तान्तरण गरेको छ । फाउन्डेसनले गैर आवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन/तीन पालिकाका १५ जना छात्रालाई सहयोग गरेको हो । भेरी नगरपालिका-१ रिम्नामा आयोजित कार्यक्रममा जाजरकोटको बारेकोट गाउँपालिकाका ३, नलगाड नगरपालिकाका २ र भेरी नगरपालिकाका ४ बालिकालाई स्कुल पोशाक, स्टेशनरी सामाग्री वितरण  गरिएको फाउन्डेसनकी अध्यक्ष ज्योति कटुवालले बताइन । त्यसैगरि रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका २, सानीभेरी गाउँपालिकाका २ र चौरजहारी नगरपालिकाका २ छात्राहरूलाई वार्षिक छात्रवृत्ति वितरण गरिएको उनको भनाई छ । कार्यक्रममा भेरी नगरपालिकाका उपमेयर सीता जैसीले भूकम्पमा अभिभावक गुमाएका, अति विपन्न…
Read More
छ दिनदेखि हराएका सुनिल आचार्य मृत भेटिए

छ दिनदेखि हराएका सुनिल आचार्य मृत भेटिए

जाजरकोट । जाजरकोटमा ६ दिनदेखि हराएका एक युवक मृत अवस्थामा भेटिएका छन । चैत्र २५ गतेदेखि एकासी बेपत्ता भएका भेरी नगरपालिका ४ बोहरागाउँका सुनिल आचार्य खलंगाबाट बोहरा जाने बाटोको बिचमा पर्ने खहरेखोलाको भिरमा आज मृत अवस्थामा भेटिएका हुन । आइएमई लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड जाजरकाटको शाखा प्रमुख पदमा कार्यरत आचार्य २५ गते बेलुका घरबाट निस्केका थिए । मोटरसाइकल र मोबाइल समेत घरमै छोडेर कसैलाई जानकारी नगराएर निस्केका आचार्य सडकदेखि करीब २ सय मिटर तल भिरमा मृत अवस्थामा भेटिएका हुन । प्रहरीले उनको भिरबाट लडेर मृत्यु भएको अनुमान गरेको छ ।  कार्यालयको काममा निस्केको होला भन्ने ठानेर २/३ दिन पर्खेको र त्यसपछि…
Read More
कारितास र यार्सनले बनाएका २ सय अस्थायी आवास हस्तान्तरण

कारितास र यार्सनले बनाएका २ सय अस्थायी आवास हस्तान्तरण

जाजरकोट । जाजरकोट र रुकुम पश्चिममा भुकम्प पीडितहरुका लागि निर्माण गरिएका २ सयवटा अस्थायी आवासहरु निर्माण गरि हस्तान्तरण गरिएको छ । नलगाड नगरपालिका वडा नं १ कल्पतमा ६३ वटा, भेरी नगरपालिका १ मैदे र कोल्चौरमा ७१ र आठबीसकोट नगरपालिकाको १३ र १४ मा गरि ६६ सहित जम्मा २ सयवटा अस्थायि आवास नगरपालिका र सम्वन्धित वडालाई लाई हस्तान्तरण गरिएको हो । कारितास अष्ट्रेलिया, कारितास अष्ट्रिया,मीजेरीयस नेपाल कारितास जर्मन र सीआरएस नेपाल सँगको आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको साझेदारिमा संचालित भूकम्प प्रभावितहरुका लागि तत्काल राहत तथा पुर्नलाभ कार्यक्रम अन्तरगत उक्त अस्थायी आवासहरु निर्माण सम्पन्न गरिएका…
Read More
तीस बर्षपछि भयो बाबु छोराको भेट

तीस बर्षपछि भयो बाबु छोराको भेट

जाजरकोट । भेरी नगरपालिका‒१ रावतगाउँका एक बाबुछोराको तीस बर्षपछि भेट भएको छ । रावतका ८५ बर्षिय नदे कामी र उनका ५५ बर्षका छोरा हर्कबहादुर कामी वीच तीन दशकपछि घरमा भेटघाट भएको हो । तीस बर्ष पहिले वेपत्ता भएका हर्कबहादुर परिवारको सम्पर्कमा आएपछि आफन्त भारतमा लिन गएका थिए । भारतको कोलकताको एउटा अस्पतालमा उपचाररक्त रहेका हर्कलाई भारत प्रहरी मार्फत नेपाल प्रहरीको सहयोगमा फेला पार्न सफल भएको उनका भान्ज गणेश महरले बताए । ‘मामा कोलकतामा उपचार गराईरहनुभएको रहेछ, २०१५ देखि मामा अस्पपालमा भर्ना हुनुभएको रहेछ, उनले भने, ‘अहिले मामाको होस आएपछि अस्पतालले जानकारी गराएपछि हामीलाई थाहा भयो ।’ गणेश हर्कलाई लिन भारतको…
Read More
सुप्रियाले गरिन क्यान्सर पीडितको लागि कपाल दान

सुप्रियाले गरिन क्यान्सर पीडितको लागि कपाल दान

जाजरकोट । कुशे गाउँपालिका–४ कि सुप्रिया शाहीले क्यान्सर पीडितका लागि कपाल दान गरेकी छन् । शाहीले सोमबार क्यान्सर पीडितका लागि आफ्नो कपाल दान गरेकी हुन् । उनले कपाल दान गर्न पाउनुमा आफू निकै खुसी भएको समेत बताएकी छन् । कपाल दानपछि शाहीले फेसबुकमा लेखेकी छन्‘ “यो निर्णयसम्म पुग्न त्यति सजिलो बिलकुलै भएन । सामाजिक प्राणीका रूपमा जन्म लिएपछि यो निर्णयका लागि धेरै आफै भित्रको प्रश्नको सामना आफैले गर्नु पर्‍यो । मैले मेरो मनलाई जिते । म मेरो यो निर्णयबाट एकदमै खुसी छु । विभिन्न रोग र हिंसा, विशेष गरी क्यान्सरबाट पीडित आमा–बुबा, दाजु–भाइ,र दिदीबहिनीहरूले आफ्नो कपाल गुमाउनु भएको छ । उनी…
Read More
भूकम्प पीडित मारमा : प्रत्येक टहराको १ हजार रुपैयाँ नबुझाए दोस्रो किस्ता नपाउने वडाको निर्णय

भूकम्प पीडित मारमा : प्रत्येक टहराको १ हजार रुपैयाँ नबुझाए दोस्रो किस्ता नपाउने वडाको निर्णय

जाजरकोट । नलगाड नगरपालिकाको ३ नम्बर वडा कार्यालयले भूकम्प पीडितबाट एउटा टहरा बराबर १ हजार रुपैयाँ वडामा बुझाउनु पर्ने निर्णय गरेपछि लाभग्राही मारमा परेका छन । गत कार्तिक १७ गते गएको विनाशकारी भूकम्पको पहिलो किस्ता बल्लतल्ल पाएका पीडितले दोस्रो किस्ता पाउनका लागि वडालाई १ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । अस्थायी आवासको लागि टहरा निर्माण गर्न भनेर सरकारले ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । दुई किस्तामा दिइने उक्त रकम मध्य दोस्रो किस्ता प्राप्त गर्न वडामा १ हजार रुपैयाँ तिर्नुपर्ने भएपछी आफूहरु मारमा परेको भूकम्प पीडितले गुनासो गरेका छन । वडालाई १ हजार रुपैयाँ दिएमात्र दोस्रो किस्ता भुक्तानीका लागि…
Read More
भेरी ९ का ४० बालबालिकालाई मोतिरामको स्टेशनरी सहयोग

भेरी ९ का ४० बालबालिकालाई मोतिरामको स्टेशनरी सहयोग

जाजरकोट । भेरी नगरपालिका ९ लामाकाटियाँका मोतिराम न्यौपानेले वडा भित्रका ४० जना विपन्न बालबालिकाहरुलाई स्टेशनरी समान सहयोग गरेका छन । नेपाली कांग्रेसका भेरी नगर कार्यसमितिका सचिव समेत रहेका न्यौपानेले आज (चेत ३) आफ्नो जन्मदिनको अवसर पारेर भेरी नगरपालिका ९ स्थित दीपेन्द्र मावि, नेरा आवि, शिवशक्ती आवि र सुर्यज्योती आविका १०।१० जना बालबालिकालाई कापी र कलम सहयोग गरेका हुन । वडा भित्रका विद्यालयहरुमा अध्ययन गर्ने गरीब, तथा विपन्न परिवारका ४० जना बालबालिकालाई १० हजार बराबरको स्टेशनरी सामग्री व्यक्तिगत रुपमा सहयोग गरेको न्यौपानेले बताए । आफू बैदेशिक रोजगारीको शिलशिलामा देश बाहिर रहेकोले उक्त सामग्री श्रीमती गिता न्यौपानेले विद्यालयहरुमै पुगेर हस्तान्तर गरेको न्यौपानेले…
Read More
अन्तर्राष्ट्रिय महिला दिवस : भेरी नगरपालिकामा विचार गोष्ठी सम्पन्न

अन्तर्राष्ट्रिय महिला दिवस : भेरी नगरपालिकामा विचार गोष्ठी सम्पन्न

जाजरकोट । भेरी नगरपालिकामा लैङ्गकि हिंसा र महिला सशक्तीकरणका विषयमा विचार गोष्ठी सम्पन्न भएको छ । विभिन्न संघ संस्थाहरुको साझेदारीमा भेरी नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उक्त विचार गोष्ठी सम्पन्न गरेको हो । नगरपालिकाको सभाहलमा सम्पन्न विचार गोष्ठीमा लैङ्गिक हिंसा र महिला सशक्तीकरणका विषयमा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा महिलाहरुको वर्तमान अवस्था र लैङ्गिक विभेद अन्त्यका लागि सरोकारवालाहरुको भूमिकाका विषयमा छलफल गरिएको थियो । दिवस मुलसमारोह समितिका संयोजक, भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर सिंह, प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, सुरक्षा निकाय, विभिन्न संघ…
Read More
कर्णाली प्रदेशको ७१ प्रतिशत खेतीयोग्य जमिनमा छैन सिंचाइ सुविधा

कर्णाली प्रदेशको ७१ प्रतिशत खेतीयोग्य जमिनमा छैन सिंचाइ सुविधा

सुर्खेत । कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । अझै ७१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा नपुगेको पाइएको छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुग्दा ७१ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न नसकेको हो । प्रदेशका ५७ प्रतिशत किसानको पहुँचमा सिँचाइ सुविधा पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ । कर्णालीमा एक लाख २३ हजार ६ सय ६२ हेक्टर क्षेत्रफल जमिनमा खेती हुँदै आएको तथ्याङ्कमा जनाइएको छ जसमध्ये २९ हजार दुई सय ४१ हेक्टर क्षेत्रफलमा धान, ४० हजार ८३ हेक्टर क्षेत्रफलमा मकै, ५१ हजार २६ हेक्टर क्षेत्रफलमा गहुँ, तीन हजार…
Read More
आमा बनिन् नायीका रेखा थापा

आमा बनिन् नायीका रेखा थापा

काठमाडाैं । नायीका रेखा थापा आमा बनेकी छन । उनी शुक्रबार अमेरिकामा आमा बनेकी हुन । उनले आफ्नो पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी छन । रेखाले आफू आमा बनेको जानकारी सामाजिक सञ्जालबाट दिएकी हुन । 'हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ,' पोस्टमा उनले लेखेकी छन । रेखाले आफ्नी छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन । रेखाले २०७८ सालमा जाजरकोटको बारेकोट घर भएका बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन । रेखा फिल्म 'उपहार' को प्रदर्शनको पर्खाइमा छिन । यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुँदैछ । ज्ञानेन्द्र देउजा निर्देशित…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search