Karnali Aawaj

Advertisement
Advertisement

किन एमसीसीको घाँडो ?

Advertisement
*
* 
*  भैरव रिसाल
नेपालमा हामी धेरैमा विदेशी सहायताबारे व्यापक भ्रम छ । त्यो भ्रम हो नेपालको विकासमा विदेशी सहायता जरुरी छ भन्ने । यो यथार्थ होइन । यसको मनसाय कदापि यो पनि होइन कि विदेशी सहायता जरुरी नै छैन । विदेशी सहायताको स्वरूप एवं प्रवृत्ति केही समयदेखि बदलिएको छ । आज वैज्ञानिक समुन्नति एवं व्यापकताले गर्दा अलिकति हुनेखाने भएपछि सानो राष्ट्र पनि बजार खोज्न थाल्छ । आफ्ना उत्पादनले सुरक्षित बजार पाओस् र पाओस् आफ्नो  नागरिकले रोजगारी पनि । ती विपन्न देशमा पुग्नुपर्दो । आजको विश्व वातावरण यस्तो भइसक्यो रित्तो हात आउनेलाई कोही पनि स्वागत गर्न उत्सुक देखा पर्दैन । तसर्थ, केही न केही सहयोगको पोको लिएर जानुपर्छ । सहायता दिने देश वा संस्थाका मान्छे सल्लाहकारका रूपमा आउँछन् । उनीहरू निःशुल्क होइन सशुल्क हुन्छ । त्यो पनि उनीहरूको मुलुकअनुसारको जीवनस्तर अनुसारको सुविधा पाउने गरी । ती सहयोग गर्नेहरूले भनेअनुसार मुलुकबाट सामान पनि किन्नै पर्छ । यसो गर्दा प्राप्त सहयोगको ८५ प्रतिशतसम्मको रकम सहयोग दिने वा उनीहरूले भनेकै देशमा फर्कन्छ त्यो सहयोगको रकम । यसर्थ, आजको सहयोगको रकम प्रायः जताबाट आयो उतै फर्कन्छ । सहयोगको आजको प्रवृत्ति एवं स्वभाव यस्तो छ । उहिले सहयोग भनेको साँचै सहयोग नै हुन्थ्यो । कतिपय सहयोग नगदै हुन्थ्यो । पाउनेको आवश्यकता अनुसार किन्ने गरी ।
कति पत्याउने यो भ्रम ? 
सार्थक वैदेशिक सहयोगको एउटा उपमा प्रस्तुत गरौँ । यद्यपि, यो कुरा हो ६५ वर्ष पहिलेको । वि.सं. १९१३ मा टङ्कप्रसाद आचार्य प्रधानमन्त्री थिए नेपालको । त्यस बेला चीनसँग बल्ल दौत्य सम्बन्ध स्थापना भएको थियो । चीन सरकारको निमन्त्रणमा टङ्कप्रसाद चीनको औपचारिक भ्रमणमा गए । चीनले ६ करोड भारुको सहयोग दिने निर्णय गर्‍यो निः सर्त । सो ६ करोडमध्ये पनि भा.रु दुई करोड नगदै र ४ करोड बराबरको वस्तु । त्यो सहयोग वस्तुतः सहयोग थियो । भा.रु ४ करोड मूल्यका वस्तु पनि । तर, आज त्यो अवस्था छैन । त्यति बेला चीन कति टाढा थियो कति ! रसुवा सडक त कता कता ! अरनिको राजमार्ग निमार्ण पनि भएको थिएन । यसर्थ, अब प्रायः देश र संस्थाबाट प्राप्त हुने सहायता वा अनुदान निः सर्त हुँदैनन् । त्यसै विदेशी सहायता र अनुदानले संसारका कुनै देश पनि विकास भएका छैन यो हो आजको वैदेशिक सहायता र सहायता लिने देशको गति !! तर, हामी आजको विश्वलाई आजको आँखाले. हेर्दैनौँ । आजको युग एकतर्फी सहयोग कतैबाट प्राप्त हुँदैन । यो मिलेनियम च्यालेन्ज कर्पोरेसन नामको एउटा भ्रम छ ५० करोड अमेरिकी डलरको । त्यो पनि पाँच वर्षभित्र खर्च गर्ने । यो अमेरिकी सहयोग उसकै सर्तमा लिन्न भन्छ नेपाल । तर, अमेरिका सहयोग लिन नेपाललाई करकार गरिरहेको छ । कुरो अझै मिलेको छैन । हामीमध्ये कति जना त्यो ५० करोड डलरले नेपालको विकासको सपना देखिरहेका छौँ, कति त पत्याइ पनि रहेका छौँ । यो भ्रम कतिसम्म हो ?
साँच्चै घेरामा पार्ने दाउ हो ?
संसारमै आम रूपमा एउटा प्रचलन नै छ । त्यो प्रचलन हो सहायता माग्नु । यो आवश्यकता पर्नेले पनि माग्ने हुनेले आफ्नो अहितमा छैन भने दिने । तर, यो एमसीसीमा त्यसो भइरहेको छैन । सहयोग दिनेहरू सहयोग लेउ लेउ भनी कर गर्दै छन् । यता लिने नेपाल वर्तमान सर्तमा नलिने भन्दै छ । संसारभरकै ऋण वा सहयोग लिने र दिने दुई पक्षबिचको यथार्थभन्दा नितान्त अन्तर भएको छ एमसीसीमा । नेपालले मात्र होइन नेपाललाई स्नेह गर्ने हरेक देश, संस्था र व्यक्तिले यो के हो ? गम्भीर भइदिनुपर्‍यो । के साँच्चै एमसिसी हिन्द महासागरमा अमेरिकी सैनिक उपस्थिति र चीनलाई घेर्ने अमेरिकी चीन विरोधी रणनीतिसँग अन्तः सम्बन्धित छ, छैन । अमेरिकी प्रायः सरकारहरू कुनै पनि यस्ता कुरामा सधैँ साँचो बोल्दैनन् र नेपालजस्तो र अन्य विकासशील वा विकासोन्मुख मुलुक सधैँ विकसित र ठुला राष्ट्रको दाउपेच बुझ्दैन । त्यो बुझ्ने औकात पनि राख्दैन । अमेरिकी विदेश मामलामा बहुमुखी छ । हुन पनि अमेरिका विश्वको प्रथम स्थानबाट दोस्रोमा झर्दै छ । यो वेदना कत्रो होला हामी सुन्छौ मात्र तर, अनुभव गर्न भने सक्दैनौ । एउटा तथ्य भने तथ्य नै हो पहिलो स्थानबाट दोस्रोमा झर्नु भनेको सानो झट्का अवश्य होइन । त्यसमाथि पनि के चीन जसलाई संरा अमेरिकाले आफ्ना विदेश मन्त्री हेनरी किसिन्जर पाकिस्तानबाट सुटुक्क पेइचिङ उतारेको कति वर्ष भयो र ? यति थोरै वर्षमा संसारमा आफूलाई कुनै मुलुकले उछिन्छ भन्ने लागेको थिएन होला अमेरिकालाई । तर, त्यो शक्तिशाली अमेरिका एमसिसी जस्ता सञ्जाल रचेर चीनलाई घेराबन्दीमा पार्ने एउटा अर्को दाउ हो भन्छन् एमसिसी लाई ।
खाए खा नखाए घिच ?
संरा अमेरिकी जनता र स्वयं भारतले पनि आ–आफ्नो देशमा शासन गरेका साम्राज्यवाद एवं उपनिवेशवादको विरुद्ध लामो सङ्घर्ष गरेको तथ्यबारे इतिहासका ठेली पल्टायो भने पनि चाखलाग्दा घटनाहरू फेला पर्छन् । ती दुवै मुलुकले शिक्षालय एवं कलेज र विश्वविद्यालयमा प्रारम्भ हुनुअघि बेलायत सरकारविरुद्ध बेलायती साम्राज्यवाद मुर्दावादको गगन भेदी नारा लगाउँथे । त्यसपछि मात्र कक्षा प्रारम्भ गरिन्थ्यो । के त्यही सिको गरौँ हामी पनि एमसिसी मुर्दावादको तुमुल ध्वनिसहित नारा लगाऊँ ? अमेरिका र भारतले झैँ नेपाली सम्पूर्ण विद्यापीठसम्म पुर्याउँ एमसिसी विरुद्धको नारा ? के खोजेको हो अमेरिकाले ? गौतम बुद्ध जन्मेको देश नेपाललाई शान्तिपूर्ण रूपमा निर्माण र विकासमा लाग्न मार्ग प्रशस्त गर्न सहयोग गर्नुपर्नेमा किन एमसिसी जस्ता विकासको खास्टो ओढेको मुखमा ? अमृत पेटमा विष भएका जाली योजना रणनीतिक जालमा पार्न लागिएको हो, हमेसा प्रश्नको रूपमा उभिएको छ । नेपाल सानो मुलुक जनसङ्ख्या सानै, आवश्यकता पनि थोरै । तसर्थ हामी एमसीसीमा पस्न खोज्दैनौँ भन्दा सुख नपाउने ? अब नेपालले आफैँ गरिखान नपाउने । कथा गरेर एमसीसीको घाँडो नझुन्ड्याउन नेपाल हात जोड्छ । यसै खाए खा नखाए घिच् भन्ने मानसिकताबाट अमेरिका उत्रनै पर्‍यो अन्यथा नेपाल पनि अमेरिकी पोल्टाबाट बाहिरिने पक्का छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

खलंगा । जाजरकोटमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि बैशाख ४ गतेदेखि बारेकोट गाउँपालिका ६ ...
फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search