Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

Day: १८ आश्विन २०८० २१:१८

स्तन क्यान्सर जनचेतना कार्यक्रम हुने

स्तन क्यान्सर जनचेतना कार्यक्रम हुने

आश्विन १८, काठमाडौँ । अक्टोबर महिनालाई अन्तर्राष्ट्रिय स्तरमा  नै स्तन क्यान्सर सम्बन्धी जनचेतनालाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रमहरूका साथ सम्पन्न गर्ने गरिन्छ । सोही विषयमाथि लक्षित हुँदै  असोज १९ गते, नेपाल क्यान्सर सरभाईबरस सोसाइटी तथा करुणा सिटी क्लिनिकद्वारा प्राइम कलेज, नयाँबजारमा क्यान्सर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने निकासकी सचिव प्रमिला के.सी.ले बताइन् । सिनीयर अन्को गाइनो सर्जन डा.अनु शाक्य र ब्रेष्ट अन्को सर्जन डा.प्रफुल्ल शाक्यले सहजीकरण गर्ने सो जनचेतना कार्यक्रममा विशेष गरेर कलेज पढ्ने विद्यार्थीहरूलाई लक्षित गरिने निकासकी अध्यक्ष प्रमिता खनालले बताइन, - ‘विशेष गरेर शिक्षित कलेज विद्यार्थीलाई स्तन क्यान्सरको बारेमा चेतना फैलाउन सकियो भने परिवार र समाजमा सन्देश पुर्‍याउन सहज हुनेछ ।’ संस्थाकी अध्यक्ष खनालले नेपाल क्यान्सर सवाईभरस सोसाइटीले अक्टोबर महिनाभरि विभिन्न…
Read More
कोइला खानीमा पानी पस्दा ज्यान गयो

कोइला खानीमा पानी पस्दा ज्यान गयो

आश्विन १८, सिलोङ । भारतको सिलोङस्थित कोइला खानीमा तीन नेपालीको ज्यान गएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ का भुवन घिमिरेसहित पाँचथरका एक र इलामका एक जना गरी तीन युवाले ज्यान गुमाएका हुन् । कोइला खानीभित्रै पानी पसेपछि ६ दिनदेखि बेपत्ता उनीहरूको शनिवार शव फेला परेको हो । खानीभित्र पसेको पानी निकालेर ६ दिनपछि उनीहरूको शव फेला पारिएको हो। उनीहरू कोइला खनिरहेको बेला एक्कासि पानी पसेपछि तीन जना बेपत्ता भएका थिए। खानीभित्रै रहेका भुवनका बुबा भने सकुशल बाहिर निस्कन सफल भएका त्यहाँ कार्यरत नेपालीले जानकारी दिएका छन् ।
Read More
मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र नरेन्द्र नायक सम्मानित हुने

मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र नरेन्द्र नायक सम्मानित हुने

काठमाडौँ, आश्विन १८ गते । वंश–रत्न स्मृति कोषले तीन जना मानववादी व्यक्तित्वहरूलाई सम्मानित गर्ने भएको छ । सम्मानित हुनेहरूमा दार्शनिक व्यक्तित्वहरू मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र भारतीय सामाजिक अभियन्ता प्रा.डा.नरेन्द्र नायक हुनुहुन्छ । कुरीति, कुसंस्कार, अन्धविश्वास र सबै खाले विभेदका विरुद्ध एवं मानववादको पक्षमा काम गर्ने विभिन्न क्षेत्रका एक जना व्यक्तित्व अथवा संस्थालाई हरेक वर्ष एक लाख नगद सहित सम्मान तथा पुरस्कार गर्ने कार्यक्रम अनुसार आश्विन २० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा विशेष समारोहका साथ सम्मान गर्न लागिएको ट्रस्टकी अध्यक्ष सुश्री सन्त कुमारी श्रेष्ठ(सन्तु श्रेष्ठ)ले जानकारी गराउनु भयो । पुरस्कार निर्णायक समितिको निर्णय अनुसार २०७८का लागि मोहनविक्रम सिंह, २०७९को लागि श्याम श्रेष्ठ…
Read More
चन्द्रमा र मङ्गल ग्रहसहित १२ वटा उल्का पिण्डका टुक्रा जोडेर बनाइयो घडी

चन्द्रमा र मङ्गल ग्रहसहित १२ वटा उल्का पिण्डका टुक्रा जोडेर बनाइयो घडी

जेनेभा, १३ असोज । आकाशबाट उल्का पिण्ड झर्नु सामान्य कुरा हो । तपाईँले पनि यस्ता धेरै घटना देख्नु भएको होला । तर के तपाईँलाई थाहा छ आकाशबाट खस्ने यी उल्का पिण्डलाई घडी बनाउन पनि प्रयोग गर्न सकिन्छ भनेर । आउनुहोस् हामी तपाईँलाई यो विशेष घडीको बारेमा बताउँछौँ र यसको मूल्य कति छ भनेर पनि बताउँछौँ। लेस एटेलियर्स लुइस मोइनेट एक स्विस कम्पनी हो। यो विशेष घडी बनाउनको लागि विश्व परिचित छ। अहिले यो कम्पनीले केही यस्ता घडी बनाएको छ, जसको चर्चा विश्वभर छ । वास्तवमा यी घडीहरू बनाउन उल्का पिण्डका टुक्राहरू प्रयोग गरिएको छ। यो घडी बनाउन १२ विभिन्न प्रकारका उल्का पिण्डका…
Read More
किन एमसीसीको घाँडो ?

किन एमसीसीको घाँडो ?

* *  *  भैरव रिसाल नेपालमा हामी धेरैमा विदेशी सहायताबारे व्यापक भ्रम छ । त्यो भ्रम हो नेपालको विकासमा विदेशी सहायता जरुरी छ भन्ने । यो यथार्थ होइन । यसको मनसाय कदापि यो पनि होइन कि विदेशी सहायता जरुरी नै छैन । विदेशी सहायताको स्वरूप एवं प्रवृत्ति केही समयदेखि बदलिएको छ । आज वैज्ञानिक समुन्नति एवं व्यापकताले गर्दा अलिकति हुनेखाने भएपछि सानो राष्ट्र पनि बजार खोज्न थाल्छ । आफ्ना उत्पादनले सुरक्षित बजार पाओस् र पाओस् आफ्नो  नागरिकले रोजगारी पनि । ती विपन्न देशमा पुग्नुपर्दो । आजको विश्व वातावरण यस्तो भइसक्यो रित्तो हात आउनेलाई कोही पनि स्वागत गर्न उत्सुक देखा पर्दैन ।…
Read More
माथिल्लो मैलुङ खोलाको आइपिओ खुल्यो

माथिल्लो मैलुङ खोलाको आइपिओ खुल्यो

काठमाडौँ, १८ असोज । माथिल्लो मैलुङ खोलाको बिहीबारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपिओ जारी गरेको हो । यो मध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यस्तै, ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ । यसै गरी, आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयरसमेत थप गरेर अब सर्वसाधारणलाई आइपिओ ल्याइएको हो । अब १२ लाख ८४ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।…
Read More
जब आमाले आफ्नै छोरा मारेर टाउको पकाएर खाइन्

जब आमाले आफ्नै छोरा मारेर टाउको पकाएर खाइन्

  कायरो, १८ असोज । इजिप्टको राजधानी कायरोमा एक निर्दयी आमाले आफ्नै ५ वर्षीय निर्दोष छोराले मारेर खाएकी छिन । सुरुमा उनले चक्कुले काटेर छोराको हत्या गरिन र त्यसपछि उनको टाउको काटेर खाइन् । जुन घटना समाचार अहिले बाहिरिए पछि विश्व स्तब्ध भएको छ । पाँच वर्षीय छोराको टाउको काट्ने ती आमाले आफ्नो छोरो सधैँभरि साथमा रहोस् भन्ने चाहना राखेको र त्यही भएर यस्तो गरेको बताएकी छिन । प्रहरीका अनुसार कायरोमा हाना मोहम्मद हसन नामकी २९ वर्षीय महिलाले खाना खानु अघि छोराको चक्कुले टाउको काटेर हत्या गरेकी हुन । प्रहरीका अनुसार आमाले चक्कुले छोराको टाउको काटेर पानीमा तताएर खाएकी थिइन्…
Read More
जापानमा गयो भूकम्प, मौसम विभागले दियो सुनामीको चेतावनी

जापानमा गयो भूकम्प, मौसम विभागले दियो सुनामीको चेतावनी

टोकियो, १८ असोज । जापानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यस भूकम्पको तीव्रता ६ दशमलव ६ रहेको बताइएको छ । जापानी समय अनुसार अक्टोबर ५ मा बिहान १ बजे भूकम्प गएको थियो । यसपछि जापानी मौसम विज्ञान एजेन्सीले पनि सुनामीको चेतावनी दिएको छ । मौसम एजेन्सीले जापानको इजु टापुमा १ मिटर अग्लो छालको पूर्वानुमान गरेको छ भने पूर्वमा चिबा प्रिफेक्चरदेखि पश्चिममा कागोशिमा प्रिफेक्चरसम्म फैलिएको क्षेत्रमा ०.२ मिटरसम्म छाल आउने अनुमान गरिएको छ। सावधानीका रूपमा तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान सल्लाह दिइएको छ।
Read More
नियमित दूध लगाउँदा आउनेछ मुहारमा चमक

नियमित दूध लगाउँदा आउनेछ मुहारमा चमक

काठमाडौँ, । गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ । धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ। त्यसैले मौसमलाई बिर्सनु हुँदैन। यसका लागि घरेलु उपचार उत्तम हुन्छ। आज हामी यस लेखमा तपाईँलाई दूधको प्रयोगको बारेमा बताउन गइरहेका छौँ, जसले तपाईँको अनुहारलाई चम्किलो राख्छ। – यदि तपाईँले आफ्नो अनुहारमा दूध लगाउनुभयो भने, तपाईँ सन टेनिंगबाट छुटकारा पाउनुहुनेछ र घामबाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्दत पुग्नेछ । र, छालाको टोनिंगको लागि पनि दूध उपयुक्त हुन्छ । -  नियमित दूधको प्रयोगले मुहारको छालामा देखा परेका काला धब्बा हराउँदै जानेछ । र, साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम हुदैँजान्छ…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search