Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

मलाई फेरि प्रेम भएको छ (कविता)

Advertisement

– विद्याश्री सिंह, जाजरकोट  ।

अब हेर्दैहेर्दिन भनेको थिए, हेरिरहने आँखाहरुलाई
अब सुन्दै सुन्दिन भनेको थिए, बासुरीको धुन
तिम्रो नभएपछि त, हुदैहुदिन भनेको थिए। कसैको पनि!
तर मलाई फेरि प्रेम भएको छ।
असरल्ल बिस्तारामा पल्टिएर
समासित सपनाहरु देख्न थालेको छु
घामको उज्यालो संग नडराउने भएको छु
चिसो रातमा चिसो भुइँमा बसेर,
म फेरि गन्न थालेको छु ताराहरु
मलाई लाग्छ, मलाई फेरि प्रेम भएको छ।
भुइफुलहरु बटुलेर सजाउन थालेको छु शिरमा
भिडहरुमा अलिक धेरैबेरसम्म उभिनसक्ने भएको छु
आफै संग साउती गरेर मुस्कुराउन थालेको छु।
एक झुल्को घाम,
एक चौथाई चिसो भुइँ
भुइँमा पोखिएका पातहरु
फुलहरुमा पोखिएका रङ्गहरु
आकाशमा दौडिएका बादलका टुत्राहरु हेरेर
फेरि मग्न हुन थालेको छु म
मलाई अनौठो लाग्दैछ,मलाई फेरि प्रेम भएको छ ।
म संग भर्खरै दुखेको हृदय छ
भर्खरै दुख्न छाडेका घाउहरु छन
बर्सिएर ओभाउनै नपाएका आँखा हरु छन ।
मलाई नरमाइलो लाग्दैछ,यस्तो बेलामा
मलाई फेरि प्रेम भएको छ ।
तिमी संगै लिएर जाउ भनेको होइन ?
मेरा सबै अनुभुतिहरु !
पहिलो पाइलाले कुल्चिनु भनेको होइन? मेरो हृदय!
जानेहरूले त सबथोक लिएर जानू नि!
तिमी त फगत आफुलाई मात्रै लिएर गएछौ आफूसंग
प्रेममा लुटिएर पनि ‘हृदय’ नगुमाएको कस्तो प्रेमी भएछु म?
अब मैले बन्द गर्नुपर्नेछ, कोठाका झ्यालढोका
र हेर्नू हुनेछैन घाम’जून
हिड्नु हुनेछैन बगैंचाको छेउ भएर
बोल्नुहुनेछैन बच्चाहरु संग
मलाई डर लागिरहेको छ आफ्नै अनुभुतिहरु संग
यतिबेला,
म आत्तिएको छु,त्रसित छु, बेचैन छु, रोइरहेको छु ।
किनकि मलाई लाग्दैछ,मलाई फेरि प्रेम भएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search