Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

‘नखोज्नू’ – क्षितिज समर्पण

Advertisement
ए मान्छे –
मलाई नखोज्नू !
भेटिने छैन म –
कुनै अनाम देउरालीहरूमा
जहाँ-
उकालो उक्लिरहेका होऊन् मेरा पैतालाहरू
जहाँ-
ओरालो झरिरहेका होऊन् मेरा पैतालाहरू
पर्खिरहेको हुनेछैन कसैलाई- कुनै चौतारीहरूमा
हिंडिरहेको हुनेछैन- सपनाका राजमार्गहरूमा
ओढेर बादलको बर्को
छोपेर हावाको सर्को
म नाँचिरहेको हुनेछैन कतै!
हुनसक्छ-
वेवास्ताको अक्करे पहाडले थिचेपछि
म हिंडिरहेको हुनेछु- कुनै निर्जन डाँडाहरूमा
हुनसक्छ-
अकर्मण्यताले न्याँकेपछि- अनकन्टार प्रान्तहरूमा
म घृणाको अँध्यारो निलेर
हिंडिरहेको हुनेछु- चिसा पहाडहरूमा
वा, हुनसक्छ-
ग्लानीका अँध्यारा गल्लीहरूमा
बाँचिरहेको हुनेछु- आँसुको घुटनसित!
ओ! मान्छे!
अब मलाई नखोज्नू
नहेर्नू- तिम्रा आँखाहरूमा
नछाम्नू- परेलीहरूमा
नखोज्नू- ओठहरूमा
म खसिरहेको हुने छैन- आँसु बनेर
म बसिरहेको हुने छैन- खुशी बनेर ।
– क्षितिज समर्पण  
भेरी नगरपालिका ४, जाजरकोट (हाल काठमाडौं)

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search