Karnali Aawaj

Advertisement
Advertisement

समाचार

गृह मन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयाघात

गृह मन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयाघात

काठमाडौँ, २ कार्तिक । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ । चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयाघात भएको हो ।   परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको  बेइजिङ स्थित अस्पतालमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा छन् ।
Read More
एनआरएनएको भावी नेतृत्वका लागि आज निर्वाचन हुँदै

एनआरएनएको भावी नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौँ, २ कार्तिक ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भावी नेतृत्वका लागि आज निर्वाचन हुदैँछ । आजबाट सुरु हुने मतदानले भावी अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्मा मध्य एकलाई नेतृत्वमा चयन गर्नेछ । अध्यक्षका प्रत्याशी यी तीनै जना उम्मेदवारले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । जसका कारण नयाँ नेतृत्व चयनका लागि नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ । विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन् । निर्वाचन समितिका अनुसार अनलाइनबाट मतदान गर्नका लागि चौबीस घण्टाको समय सीमा…
Read More
कोसी प्रदेशका मुख्यमन्त्री कार्कीलाई दुई तिहाइ बढी विश्वासको मत प्राप्त

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीलाई दुई तिहाइ बढी विश्वासको मत प्राप्त

विराटनगर, १ कात्तिक । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाइ बढी विश्वासको मत पाएका छन् । बुधवार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी मत परेको  हो । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ८६ मत पर्दा विपक्षमा ५ मत मात्रै परेको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ सिट भएको राप्रपाबाहेक सबै दलले उनलाई विश्वासको मत दिएको हो । राप्रपाका एक सांसद अनुपस्थित रहे ।
Read More
एमालेद्वारा गाजामा अस्पतालमाथि भएको आक्रमणको निन्दा र भर्त्सना

एमालेद्वारा गाजामा अस्पतालमाथि भएको आक्रमणको निन्दा र भर्त्सना

काठमाडौँ, १ कात्तिक । नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा/आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले स्तब्ध भएको बताए । उनले उक्त आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गरेको बताउँदै एमाले शान्तिको पक्षमा रहेको बताए । ‘रकेट आक्रमणबाट ठुलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौँको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ । हामी…
Read More
एमाले पूर्व मधेस प्रदेश कमिटी सदस्य भन्छन् `न प्रतिवेदन प्रस्तुत गरिएको छ, न आन्तरिक छलफलमा नेताहरूलाई सहभागी गराइएको छ,´

एमाले पूर्व मधेस प्रदेश कमिटी सदस्य भन्छन् `न प्रतिवेदन प्रस्तुत गरिएको छ, न आन्तरिक छलफलमा नेताहरूलाई सहभागी गराइएको छ,´

विशाल बस्नेत/ न्युज कारखाना महोत्तरी, १ कार्तिक । नेकपा एमाले मधेस प्रदेश अधिवेशनको वैधतामाथि प्रश्न नै प्रश्न उठ्न थालेको छ । गत असोज २५ र २६ गते भएको अधिवेशनलाई लिएर पाटीभित्रका जिम्मेवार नेताहरूले विधि र प्रक्रियाको विषयमा प्रश्न उठाएका हुन । घोषणापत्र तयार गरेर गुपचुप राखेको, अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिवबाहेक अन्य सदस्यहरूमा आफूखुसी गरेको जस्ता आरोप अहिले सतहमा देखिए पछि सो अधिवेशनको वैधानिकतामाथि प्रश्न उठाइएको हो । जिम्मेवार नेता र सदस्यहरूले वैधतामाथि प्रश्न उठाएपछि मदेसमा एमालेभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ । `न प्रतिवेदन प्रस्तुत गरिएको छ, न आन्तरिक छलफलमा नेताहरूलाई सहभागी गराइएको छ,´ एक जना पूर्व मधेस प्रदेश कमिटी सदस्यले भने,…
Read More
प्रधानमन्त्रीले गरे कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन

प्रधानमन्त्रीले गरे कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन

जोमसोम, १ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लाको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन् । बुधवार बिहान जलवायु संवादका लागि मुस्ताङ आइपुगेका प्रधानमन्त्री प्रचण्डले उक्त क्षेत्रको अवलोकन गरेका हुन । सो भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन गर्ने र स्थानीय जनतासँग अन्तरक्रिया गर्ने उनको सचिवालयले जनाएको छ ।
Read More
काठमाडौँको गैरीगाउँ स्थित पेट्रोल पम्प सिल

काठमाडौँको गैरीगाउँ स्थित पेट्रोल पम्प सिल

काठमाडौँ, ३० असोज । काठमाडौँको गैरीगाउँस्थित भ्याली बाबा सप्लायर्स सिल गरिएको छ। काठमाडौँ उपत्यकाका पेट्रोल पम्पहरूमा सरकारी टोलीले अनुगमन गर्दा उक्त पेट्रोल पम्पले नाममा ठगी गरेको पाइएको हो। प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेको थियो। अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि सिल गरिएको बताइएको छ।
Read More
डोटी जाँदै गरेको बस कैलालीमा दुर्घटना

डोटी जाँदै गरेको बस कैलालीमा दुर्घटना

  धनगढी, ३० असोज । कैलालीबाट डोटीको बड्डीकेदार जाँदै गरेको बस दुर्घटना भएको छ। जोशीपुरदेखि डोटीको बडिकेदार जाँदै गरेको सु.प.प्र.०१००१ख २३४५ नम्बरको बस सहजपुर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ। सुपर गुराँस यातायातको बस चुरे गाउँपालिका ३ सहजपुरमा दुर्घटना प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। प्रहरीका अनुसार बस अनियन्त्रित भएर सडकको नालामा खसेको हो । बसमा सामान्य क्षति भए पनि सवार यात्रु सकुशल रहेको बताइएको छ।
Read More
इजरायलबाट थप १९ नेपालीको उद्धार (नामावलीसहित)

इजरायलबाट थप १९ नेपालीको उद्धार (नामावलीसहित)

  काठमाडौँ, ३० असोज । नेपाल सरकारले युद्धग्रस्त देश इजरायलबाट थप १९ नेपालीको उद्धार गरेको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेसँगै स्वदेश फर्किन अनलाइन आवेदन दिएका थप १९ नेपालीलाई भारतीय विमानमार्फत उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री एनपी साउदले मङ्गलवार इजरायलको तेल अभिभबाट भारतको विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डङ्गोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, सङ्गीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सरिता गुरुङ  र उर्मिला श्रेष्ठलाई उद्धार गरिएको…
Read More
एमाले त्यागेकी प्रभु साहकी पत्नी रिनाको मेयर पद गुम्यो

एमाले त्यागेकी प्रभु साहकी पत्नी रिनाको मेयर पद गुम्यो

काठमाडौँ, ३० असोज । रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारीको पद गुमेको छ । एमाले त्यागेर अन्य दलको गएको भन्दै निर्वाचन आयोगले रिनाको मौलापुर नगर प्रमुखको पद गुमेको सूचना जारी गरेर जानकारी दिएको हो । आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहेकी उनको नगरप्रमुखको पद गुमेको हो । एमालेबाट मौलापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी उनी सो पार्टी त्यागेपछि पद पनि गुमेको हो । एमालेको केन्द्रीय समितिको निर्णयसहित रिनाले एमाले त्यागेको जानकारी गराएकाले राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार उनको पद गुमेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।   आयोगले जारी गरेको सूचना दल त्याग तथा पद रिक्त सम्बन्धी…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search