७ श्रावण २०८१ १५:४२
७ श्रावण २०८१ १५:४२
जाजरकोट । ऐतिहासिक जाजरकोट दरबारलाई थप क्षति हुन नदिन पालले ढाकिएको छ । गत कार्तिक १७ गतेको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त र अत्यन्तै जीर्ण हुन पुगेको ऐतिहासिक जाजरकोट दरबारलाई मनसुनजन्य प्रकोप तथा बर्षादबाट थप क्षति हुन नदिन पालले ढाकिएको हो । डिभिजन वन कार्यालय जाजरकोटको सहयोगमा अत्यन्तै जोखिमका बाबजुद पालले ढाक्ने कार्य सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । १८५२ मा निर्माण गरिएको यो दरबारले गत कार्तिक १७ सहित ३ पटकको भूकम्पको धक्का झेलिसकेको छ । यसअघिका २ वटा भूकम्पले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुबै पटक दरबारलाई पुनःनिर्माण गरिएको थियो । यसपटकको भुकम्पले दरबार पुरै चर्किएर ढल्ने अवस्थामा…
