२३ जेष्ठ २०८१ १८:५०
२३ जेष्ठ २०८१ १८:५०
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ । बुधबार दिउँसो बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा अधिकांश योजना चालु आवकै दोहोरिएका छन् । सरकारले सीप सिकेका युवालाई सामूहिक रूपमा वस्तु विकास गर्न ‘वस्तु विकास प्रशिक्षण केन्द्र’को स्थापना गर्ने नयाँ कार्यक्रम घोषणा गरेको छ । नीति तथा कार्यक्रममा आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशीलता विकासलाई प्राथमिकता दिइएको छ । ‘समृद्ध कर्णाली : सुखारी कर्णालीबासी’को दीर्घकालीन परिकल्पना कार्यान्वयन गर्न प्रदेशको मार्गचित्रको रूपमा नीति तथा कार्यक्रम…
