२८ कार्तिक २०८१ १६:५०
२८ कार्तिक २०८१ १६:५०
जाजरकोट । जाजरकोटमा सोमबार भएको गाडी दुर्घटनामा घाइते भएका मध्य १ जनाको मृत्यु भएको छ । भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटनामा भेरी नगरपालिका ५ का ६६ वर्षका धर्म चन्दको मृत्यु भएको हो । सुर्खेतबाट थप उपचारका लागि नेपालगन्ज लिने क्रममा उनको बाकेको चिसापानी नजिक उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । डिएसपी पाण्डेका अनुसार मृतक चन्द दुर्घटनामा परेको गाडीका चालकको बुवा हुन । दुर्घटनामा २५ जना घाइते भएका थिए । घाइते मध्य ११ जनालाई हेलिकप्टर मार्फत र अन्य ४ जनालाई गाडी…
