१७ आश्विन २०८० १०:००
१७ आश्विन २०८० १०:००
भैरहवा, १७ असोज । विद्यार्थीहरूको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्दै सहकार्यको भावना मै रही आफैमा प्रतिस्पर्धात्मक बनाउन भैरहवामा आठौँ हब सम्मेलन भएको छ । क्वेस्ट नेपाल सिद्धार्थ हबको आयोजनामा स.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको ८ औँ सम्मेलन भैरहवाको श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा भएको हो । देशभर विभिन्न निजी क्षेत्रका विद्यालयहरूको सहभागितामा २५ वटा हब रहेकोमा नेपालकै एक मात्र सामुदायिक विद्यालयहरूको सक्रियतामा सिद्धार्थ हब गठन भएको छ । १० वटा सामुदायिक विद्यालय रहेको सिद्धार्थ हब अन्तर्गतका ६ वटा विद्यालयको विद्यार्थीको सहभागितामा सम्मेलन भएको छ । विद्यार्थीहरूको शैक्षिक महोत्सवको रूपमा रहेको एस.क्यु.सी.(विद्यार्थी गुणीय चक्र) सम्मेलनमा पर्यवेक्षकको रूपमा रुपन्देहीका ३ वटा विद्यालयको…
