Karnali Aawaj

Advertisement
Advertisement

शिक्षा

एसईई नतिजा: जाजरकोटमा १ सय २२ जनाले ल्याए ‘ए प्लस’

एसईई नतिजा: जाजरकोटमा १ सय २२ जनाले ल्याए ‘ए प्लस’

जाजरकोट । जाजरकोटमा एसईई परीक्षा २०८१ को नतिजा उत्साहजनक देखिएको छ । यस वर्षको एसईई परीक्षामा जिल्लाभरका ४ हजार ३ सय विद्यार्थी सहभागी भएका थिए । जसमध्ये १२२ जनाले सबैभन्दा उच्च ग्रेड ‘ए प्लस’ हासिल गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटले दिएको विवरण अनुसार जिल्लाको एसईइको नतिजा अघिल्ला वर्षहरूको तुलनामा केही सुधारोन्मुख देखिएको हो । यस वर्ष ‘ए’ ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या १ हजार ७९ पुगेको छ भने ‘बी प्लस’ ल्याउने विद्यार्थी १ हजार ६ सय ३३ जना छन । त्यस्तै ‘बी’ ग्रेड प्राप्त गर्ने विद्यार्थी ६ सय ५८ जना रहेका छन् भने ‘सी प्लस’ ल्याउने…
Read More
कर्णालीका १३ पालिकामा ‘मुख्यमन्त्री डिजिटल शिक्षा’ लागु हुने

कर्णालीका १३ पालिकामा ‘मुख्यमन्त्री डिजिटल शिक्षा’ लागु हुने

सुर्खेत । कर्णाली प्रदेश सरकारले शैक्षिक गुणस्तर सुधार गर्न नयाँ कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । सार्वजनिक विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन ‘मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम’ कार्यान्वयन गर्न लागिएको हो । पुस १९ गते बसेको मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री डिजिटल शिक्षा र नमुना विद्यालय कार्यक्रम कार्यविधि–२०८१ स्वीकृत गरेको छ । कार्यविधि स्वीकृत भएसँगै कार्यक्रम कार्यान्वयन गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो वर्ष प्रदेशका १३ वटा पालिकामा कार्यक्रम कार्यान्वयन गर्न लागिएको मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख सुवर्णकुमार खड्काले जानकारी दिए । प्रदेशका १३ वटा पालिकामा ‘पाइलट प्रोजेक्ट’ का रूपमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको उनको भनाइ छ । गत वर्ष सरकारले नमुना विद्यालय कार्यक्रमको अवधारणा अघि…
Read More
कर्णालीका २३ प्रतिशत नागरिक अझै निरक्षर

कर्णालीका २३ प्रतिशत नागरिक अझै निरक्षर

सुर्खेत । कर्णाली प्रदेशका २३.९ प्रतिशत नागरिकहरू अझै निरक्षर रहेको पाइएको छ । नेपालमा साक्षरता अभियान थालेको तीन दशक पुग्नै लाग्दा पनि कर्णालीमा उक्त अभियान प्रभावकारी रूपमा लागु नभएको हो । कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयको तथ्याङ्क अनुसार १६ लाख ८८ हजार ४१२ जनसङ्ख्या रहेको कर्णालीका ७६।१ प्रतिशत नागरिक मात्रै साक्षर छन् । उक्त साक्षरता दर राष्ट्रिय साक्षरता दरकै हाराहारीमा छ । राष्ट्रिय साक्षरता दर ७६।२ प्रतिशत रहेको छ । निर्देशनालयका अनुसार कर्णालीको पुरुष साक्षरता दर ८३.३ प्रतिशत रहेको छ भने महिला साक्षरता दर ६९.४ रहेको छ । जिल्लागत रूपमा सबैभन्दा बढी साक्षर दर सुर्खेतको रहेको छ । सुर्खेत जिल्लाको…
Read More
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलोपटक दिक्षान्त समारोह गर्दै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलोपटक दिक्षान्त समारोह गर्दै

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रथम दिक्षान्त समारोह भदौ २३ गते हुने भएको छ । दिक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली समेत उक्त दिन जुम्ला आउने भएका छन । स्थापनाको १३ वर्षपछि हुन लागेको दिक्षान्त समारोह प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षितका लागि योग्य छन् । शिक्षाध्यक्ष डा। डबलबहादुर धामीले जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तह गरी ५६ विद्यार्थी पास आउट भएको बताए । प्रतिष्ठानका उपकुलपति डा। मंगल रावले प्रथम दिक्षान्त समारोह स्वीकृतीका लागि कुलपति ओली समक्ष पत्र पठाएका थिए । सोही पत्रको…
Read More
पदपूर्तिको माग गर्दै सीटीईभिटीका कर्मचारी अनसनमा

पदपूर्तिको माग गर्दै सीटीईभिटीका कर्मचारी अनसनमा

काठमाडौं । पदपूर्तिको माग गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का कर्मचारीहरुले कार्यालयमा रिले अनसन सुरू गरेका छन । परिषद्ले पटक पटक सम्झौता गरे पनि लागू नगरेको भन्दै आइतबारदेखि रिले अनसन शुरु गरेको परिषद् कर्मचारी संगठनका महासचिव गोपाल बस्नेतले बताए । उनीहरुले विगत पाँच वर्षदेखि पदपूर्ति नभएको र २०७६ सालमा परिषदले गरेको ओ एन्ड एम सर्भे प्रतिवेदन अनुसार तत्काल पदपूर्ति हुनुपर्ने माग राखेर २६ पुस २०८० सालदेखि आन्लोलनरत रहेको महासचिव बस्नेतले बताए । प्रशासनले आफू अनुकुलका मान्छेहरुको बढुवा सुनिश्चित नभएको कारण पदपूर्ति नगरेको महासचिव बस्नेतले आरोप लगाए । उनले भने, ‘केही समय रोकेपछि अनिवार्य अवकासमा गएका व्यक्तिहरुको ठाउँमा आफ्ना मान्छेहरु…
Read More
शिक्षकलेनै चिट चोराउने प्रवृत्तिले खस्कियो शैक्षिक गुणस्तर

शिक्षकलेनै चिट चोराउने प्रवृत्तिले खस्कियो शैक्षिक गुणस्तर

जाजरकोट l सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न भविष्यमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ शिक्षामा वर्षेनी अर्बौ बजेट छुट्याउँदै आएको छ भने गैरसरकारी निकायले पनि शिक्षकलाई तालिमदेखि विद्यालय शिक्षा सुधारका लागि करोडौ बजेट खर्चिंदै आएका छन् । तर जाजरकोटका सरकारी विद्यालयको शैक्षिक उपलब्धि अपेक्षित रूपमा आउन सकेको छैन । माध्यमिक तहको शिक्षा गुणस्तर, व्यावहारिक र सीपमूलक नभएकै कारण जाजरकोटका ब्याचलर गरेका जनशक्ति पनि बेरोजगार बसेका छन् भने अधिकांश प्लस टु पढेका युवा कालापहाड र खाडीमा गएका छन् । सरकारी विद्यालयको शिक्षा गुणस्तर नहुनु, सरकारको लगानी अनुसार शैक्षिक उपलब्धि नहुनुका विभिन्न चुनौतीमध्ये परीक्षामा चिट चोराएर पास गराउने प्रवृत्ति मुख्य…
Read More
भोलिदेखि एसईई परीक्षा, कर्णालीबाट ३५ हजार ८०८ विद्यार्थी सहभागी हुँदै

भोलिदेखि एसईई परीक्षा, कर्णालीबाट ३५ हजार ८०८ विद्यार्थी सहभागी हुँदै

सुर्खेत । बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरू हुँदैछ । कर्णालीबाट यो वर्ष ३५ हजार ८०८ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले कर्णालीमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बताइन । कर्णालीमा हरेक वर्ष एसईई दिने परीक्षार्थीको सङ्ख्या घट्दै गइरहेको छ । गत वर्ष कर्णालीबाट ३८ हजार ९७० जना विद्यार्थी एसईईमा सहभागी बनेका थिए । गत वर्षको तुलनामा यो वर्ष ३ हजार १६२ जना विद्यार्थी घटेको देखिन्छ । प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार यो वर्ष एसईईमा सहभागी हुने परीक्षार्थीमध्ये १७ हजार ६२३ छात्र र १८ हजार १५८ छात्रा छन् । परीक्षाका लागि प्रदेशभर…
Read More
नेरा आविका विपन्न बालबालिकालाई झोला उपहार

नेरा आविका विपन्न बालबालिकालाई झोला उपहार

जाजरकोट ।  भेरी नगरपालिका ५ सालटाकुरा स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई स्कुले झोला प्रदान गरिएको छ । भेरी नगरपालिकाले उपहार स्वरुप नेरा आविमा अध्ययन गर्ने गरिब तथा विपन्न १ सय बालबालिकालाई स्कुले झोला प्रदान गरेको हो । नगरपालिकाले उपलब्ध गराएको झोला बालबालिकालाई हस्तान्तरण गरिएको प्रधानाध्यापक प्रकाश चन्दले बताए । बालबालिकालाई पढाई प्रति आकर्षण गर्नको लागि उक्त सहयोग प्रदान गरेको प्रधानाध्यापक चन्दको भनाई छ । सोही ठाँउमा जन्मिएका चन्दले विद्यालय प्रशासनको नेतृत्व सम्हालेपछि नेरा आविको शैक्षिक एवम् भौतिक क्षेत्र सुधारोन्मुख छ । पछिल्लो समय नगरपालिकाले पनि नगरभित्रको शैक्षिक सुधारको क्षेत्रमा लगानी बढाएको छ । शिक्षा क्षेत्रको सुधार नभई…
Read More
सामुदायिक विद्यालयका शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

सामुदायिक विद्यालयका शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्मका लागि अन्तरजिल्ला सरुवा रोक्का गरिएको मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए । हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको राष्ट्रिय समाचार समिति ९रासस०ले जनाएको छ ।
Read More
त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्य, दक्ष र क्षमतावान व्यक्तिलाई बनाउन नेविसंघको माग

त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्य, दक्ष र क्षमतावान व्यक्तिलाई बनाउन नेविसंघको माग

११ पौष, काठमाण्डौं - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्य, दक्ष र क्षमतावान व्यक्तिलाई बनाउन माग गरेको छ। त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै नेविसंघले उपकुलपति राजनीतिक भागबन्डाका आधारमा नगर्न आग्रह गर्दै खुला प्रतिस्पर्धाबाट योग्यलाई उपकुलपति नियुक्त गर्न माग गरेको हो । त्रिवि केन्द्रीय क्याम्पस र उपत्यकाभित्रका आंगिक तथा सम्बन्धनप्राप्त ५१ क्‍याम्पसबाट पत्र अभियान सञ्चालन गरिएको र यो अभियानबाट १२ हजार चार सय १५ विद्यार्थीको हस्ताक्षरसहितको पत्र प्रधानमन्त्रीलाई बुझाउने तयारी रहेको नेविसंघ ले जनाएको छ ।विश्वविद्यालयलाई दलीयकरण र राजनीतिक भागबन्डाको अन्त्यका लागि पत्र अभियानमा जोडिन पनि नेविसंघले आग्रह गरेको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search