Karnali Aawaj

Advertisement
Advertisement

स्वास्थ्य

स्वास्थ्यचौकी भुर बन्यो उत्कृष्ट स्वास्थ्य संस्था

स्वास्थ्यचौकी भुर बन्यो उत्कृष्ट स्वास्थ्य संस्था

खलंगा । भेरी नगरपालिका ९ स्थित स्वास्थ्यचौकी भुर उत्कृष्ट स्वास्थ्य संस्था बन्न सफल भएको छ । नगरपालिका अन्तरगतका १२ वटा स्वास्थ्य संस्थाहरु मध्ये स्वास्थ्यचौकी भुर पालिकाकै उत्कृष्ट बन्न सफल भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सम्पन्न आर्थिक वर्ष २०८१।८२ को पालिका स्तरिय वार्षिक समिक्षा गोष्ठीमा स्वास्थ्य चौकी भुरलाई उत्कृष्ट स्वास्थ्यचौकीका रुपमा सम्मान गरिएको छ । स्वास्थ्य क्षेत्रका विभिन्न सूचकहरुका आधारमा स्वास्थ्य चौकी तर्फ भुरले ८१.५५ प्रतिशत अंक प्राप्त गरेर प्रथम भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डा. लक्ष्मण विक्रम जिसीले बताए । त्यसैगरी आधारभूत स्वास्थ्य केन्द्र तर्फ भेरी नगरपालिका १ स्थित पिपे आधारभूत स्वास्थ्य केन्द्र उत्कृष्ट भएको छ ।…
Read More
जे कुरामा पनि  रिस उठ्छ, अपनाउनुस् यी उपाय

जे कुरामा पनि रिस उठ्छ, अपनाउनुस् यी उपाय

काठमाडौँ । जति बेला पनि रिस तपाईँको नाकको टुप्पामा हुन्छ ? कुराकानी गरिरहेको समयमा पनि एक्कासि रिसउठ्छ ? कार्यालयमा साथीभाइ वा हाकिमसँग कुरा गर्दा अनियन्त्रित बन्नु हुन्छ ? यी सबैलाई सामान्य लक्षण नसम्झिनुस् । किनकि यस्तो खालको रिसले बेचैनी र घबराहट उत्पन्न गर्छ, जसले डिप्रेसन पनि निम्त्याउन सक्छ । यति मात्र कहाँ हो र ? यस्ता व्यक्तिहरू आफ्नो लक्ष्यमा पुग्न सफल पनि हुँदैनन् । त्यसैले समयमै यस्तो रिसलाई नियन्त्रण गर्नुस् ताकि गम्भीर समस्याबाट बच्न सकियोस् । रिसाएर केही लाभ हुन्न । यसले उल्टै निश्चित दिशामा जानबाट तपाईँलाई रोक्छ । तपाईँ आफ्नो उद्देश्यबाट भड्किनु हुन्छ । कोर्टिसोल हर्माेनको सन्तुलन पनि बिग्रन…
Read More
खाना खाएको कति समय पछि पानी पिउने ?

खाना खाएको कति समय पछि पानी पिउने ?

पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थ्यको पनि गहिरो सम्बन्ध छ । हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानिको निर्धारण गर्दछ । हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरू बताउँछन् ।खाना खाने बित्तिकै पानी नखान चिकित्सकहरू सुझाव दिन्छन् । खाना खाने बित्तिकै पानी पिउनाले एसिडिटी, ब्लोटिङजस्ता समस्या हुन सक्छ। खाना खाएको कति समयपछि पानी पिउने ? हामीले खाएको खाना पचाउन करिब २ घण्टाको अवधि लाग्ने चिकित्सकहरू बताउँछन् । यहीबिच पानी पिउनुको असर पाचन प्रक्रियामा पर्छ । त्यसैले…
Read More
दिनको सुरुवात कसरी गर्ने ?

दिनको सुरुवात कसरी गर्ने ?

पानी पिउनुस् : बिहान उठ्नासाथ एक वा दुई गिलास मनतातो पानी पिउनुपर्छ । यसले शरीर र दिमाग हाइड्रेट गर्छ र ऊर्जाशील बनाउँछ । व्यायाम : बिहान कम्तीमा एक घन्टा व्यायाम गर्नु राम्रो हुन्छ । व्यायाम गर्दा शरीर तन्कन्छ र दिमाग पनि तेजसँग चल्न थाल्छ । गर्मीको समयमा बिहानै मर्निङ वाकमा जानु राम्रो हुन्छ । कोठाभित्रै योग गर्न पनि सकिन्छ । डान्स गर्न पनि सक्नुहुन्छ । यसले पनि मुड फ्रेस गराउँछ । ध्यान : बिहान व्यायाम गरिसकेपछि कम्तीमा १० मिनेट ध्यान गर्नुस् । १० मिनेट नियमित ध्यान गर्दा तनाव, चिन्ता, एन्जाइटीलगायत समस्याबाट बच्न सकिन्छ । डायरीमा लेख्नुस् : हामी धेरै प्लान बनाउँछौँ, तर हतारोका कारण भोलिपल्टै बिर्सन्छौँ । बिहान उठेर नित्यकर्म गरिसकेपछि डायरी लेख्ने र योजना…
Read More
भूकम्प प्रभावित बालबालिकामा जन्डिसको समस्या

भूकम्प प्रभावित बालबालिकामा जन्डिसको समस्या

सल्यान । अत्यधिक गर्मी र दूषित पानीले भूकम्प प्रभावित क्षेत्र दार्मा गाउँपालिकाका बालबालिकामा दुई सातादेखि जन्डिस फैलिएको छ । प्रभावित बालबालिकामा ज्वरो आउने, बान्ता गर्ने, खाना नखाने समस्या देखिरहेको स्थानीय बताउँछन् । जन्डिसका कारण पछिल्लो समयमा बालबालिका मात्र नभई बयस्क, बूढापाका, महिला सबै प्रभावित भइरहेका छन् । अहिले एकै घरमा दुईरतीन जनासम्म जन्डिसका बिरामी देखिएका छन् । दार्माका सबैजसो बस्तीमा विद्यालय उमेरका बालबालिका जन्डिसबाट बढी प्रभावित भएका छन् । जन्डिसका बिरामी बढ्न थालेपछि पालिकाको ६ वडाका ८ स्वास्थ्य संस्थामा बिरामीको घुइँचो लाग्न थालेको छ । ती स्वास्थ्य संस्थामा जन्डिस परीक्षणको सुविधा नहुँदा बिरामीले जिल्ला अस्पताल सल्यान तथा रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पताल धाउनुपरेको छ । पालिकाले बारम्बार…
Read More
कोभिड-१९ र यसको नयाँ भेरियन्ट बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सतर्कता अपनाउन आग्रह

कोभिड-१९ र यसको नयाँ भेरियन्ट बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सतर्कता अपनाउन आग्रह

८ पौष, काठमाण्डौं - कोभिड-१९ र यसको नयाँ भेरियन्ट 'जेएन.१' तथा इन्फ्लुयन्जाको संक्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ ।  दक्षिण पूर्वी एसियाली देशहरुमा यसको संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरु बढिरहेको भन्दै डब्लूएचओले त्यस्तो संक्रमणबारे सजग रहन र सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेको हो ।  'कोभिड-१९ भाइरस विश्वव्यापी रुपमा फैलिइरहेको छ । अध्ययन अनुसार यसको नयाँ भेरियन्टको 'जेएन.१'बाट जोखिम कम हुने आंकलन छ । तर संक्रमणबाट बच्नका लागि नियमित निगरानी र सतर्कता अपनाउन आवश्यक छ,' डब्लूएचओका दक्षिण-पूर्वी एसिया क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले भनेका छन् । उनका अनुसार डब्लुएचओले प्राप्त गरेको तथ्यांकमा 'जेएन.१' फैलिने दर उच्च छ, र विश्वव्यापी बढ्दो…
Read More
डा. गोविन्द केसीले तोडे अनसन

डा. गोविन्द केसीले तोडे अनसन

२ पुस, काठमाण्डौं - डा. गोबिन्द केसीले आफ्नो तीन दिने अनसन तोडेका छन् । गत शुक्रबार बेलुकाबाट धनगढी पुगेर स्थानीय लक्ष्मीनारायण मन्दिरको धर्मशालामा आफ्नो २१ औँ अनसन सुरु गरेका डा. केसीले ७२ घण्टापछि  आज अनसन तोडेका हुन् । उनले धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।
Read More
ललितपुर महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम

ललितपुर महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम

२ पुस, ललितपुर - ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसर पारेर आज देखि महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो । कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको प्रारम्भ गरेका छन् । महानगरका प्रवक्ता राजु महर्जनका अनुसार आजबाट नाम दर्ता गर्ने काम भएको भन्दै आगामी फागुन देखि उनीहरुले उपचार सेवा प्राप्त गर्ने बताए । उनले अब लगत्तै दर्ता सहयोगी नियुक्ति गरेर तालीम दिई नगरबासीलाई स्वास्थ्य बीमामा आवद्ध गराउनका लागि ‘फिल्ड’मा खटाउने बताए । ‘आज हामीले दिनको शुभारम्भ गरेका हौँ…
Read More
औषधीय गुण भएका सुन्तलाका बोक्रा

औषधीय गुण भएका सुन्तलाका बोक्रा

आजभोली सुन्तला पाउने समय हो। सुन्तलामा अत्याधिक मात्रामा  भिटामिन सि तथा अन्य पोषण तत्व पाइन्छन्। हामीले सुन्तला खाएर त्यसको बोक्रा फल्ने गरेका छौ। सुन्तलाको गुदी मात्र नभई बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ। युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा लगाउने गरेको भने कहीँकतै देखिन्छ। तर यसका औषधीय गुणहरु पनि छन्। यदि कपाल एकदम खस्रो  छ भने कपाललाई सुन्दर, चम्किलो ,स्ट्रेट बनाउका लागि सुन्तलाको बोक्रा लाभदायी हुन्छ। सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्छ। केहीबेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ। यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ। अनुहारमा दाग, धब्बा छ भने सुन्तलाको बोक्रालाई पिँध्नुहोस् र त्यसको लेदोमा गुलाव…
Read More
तुलसीको प्रयोगले स्वास्थ्यमा हुने फाइदाहरु

तुलसीको प्रयोगले स्वास्थ्यमा हुने फाइदाहरु

तुलसीप्रायसबैकोघरघरमारोपिएकोदेख्नसकिन्छ।सबैकोघरघरमाहिन्दुधर्ममातुलसीकोप्रयोगलाईपवित्रमानिन्छ।पुजाआजाहोस्, वाव्रतहरेकपर्वमाहामीयसकोप्रयोगलाईनिकैमहत्वपूर्णमानिन्छ।यसकोप्रयोगस्वास्थ्यकालागिनिकैलाभदायकमानिन्छ। आउनुहोस तुलसीको प्रयोगले स्वास्थ्यमा हुने फाइदाको विषयमा चर्चा गरौ: तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस ५–१० मिलि मा मह मिसाएर दिनको २ देखि ३ पटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ । बच्चाहरूको साधारण पेटदुखाइमा, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ । मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ । विषम ज्वर वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा हुन्छ । केही रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search