१२ चैत्र २०८० २०:३०
१२ चैत्र २०८० २०:३०
जाजरकोट । भेरी नगरपालिका ५ सालटाकुरा स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई स्कुले झोला प्रदान गरिएको छ । भेरी नगरपालिकाले उपहार स्वरुप नेरा आविमा अध्ययन गर्ने गरिब तथा विपन्न १ सय बालबालिकालाई स्कुले झोला प्रदान गरेको हो । नगरपालिकाले उपलब्ध गराएको झोला बालबालिकालाई हस्तान्तरण गरिएको प्रधानाध्यापक प्रकाश चन्दले बताए । बालबालिकालाई पढाई प्रति आकर्षण गर्नको लागि उक्त सहयोग प्रदान गरेको प्रधानाध्यापक चन्दको भनाई छ । सोही ठाँउमा जन्मिएका चन्दले विद्यालय प्रशासनको नेतृत्व सम्हालेपछि नेरा आविको शैक्षिक एवम् भौतिक क्षेत्र सुधारोन्मुख छ । पछिल्लो समय नगरपालिकाले पनि नगरभित्रको शैक्षिक सुधारको क्षेत्रमा लगानी बढाएको छ । शिक्षा क्षेत्रको सुधार नभई…
