९ आश्विन २०८१ १३:४२
९ आश्विन २०८१ १३:४२
जाजरकोट । कर्णाली प्रदेशभित्र रहेका खर्क (पाटन) हरुको संरक्षण गरिने भएको छ । प्रदेशको पहिचानको रुपमा रहेका पाटनहरुको अस्तित्व जोगाउनका लागि सो क्षेत्रको संरक्षणका कार्यक्रमहरु संचालन गरिने भएको हो । डिभिजन वन कार्यालयहरुको सहजिकरणमा 'ग्लोबल इन्सिच्युट फर इन्टरडिस्प्लिटी स्टडिज' नामक संस्थाले कर्णालीका पाटन क्षेत्रको अवस्थाको अधययन गरी संरक्षण तथा प्रवर्धनका कार्यक्रमहरु संचालन गर्न लागेको छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा खर्कहरु संरक्षणका लागि नीतिगत व्यवस्था नै गरेर योजना अघि सारेपछि यो कार्यले प्राथमिकता पाएको हो । कर्णालीका १० जिल्ला मध्य सबैभन्दा बढी डोल्पा जिल्लामा खर्कको क्षेत्रफल रहेको छ । त्यस्तै हुम्ला, मुगु, जुम्ला र कालिकोटमा पनि…
