Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

Day: १० कार्तिक २०८३ १०:२०

कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

सुर्खेत । कर्णाली प्रदेशका आठ स्थानीय तहका केन्द्रसम्म अझै मोटर गुड्ने सडक पुगेको छैन। सडक नहुँदा नागरिकले सामान्य प्रशासनिक कामदेखि स्वास्थ्य उपचार र खाद्यान्न ढुवानीसम्म सास्ती भोग्नुपरेको छ। भौगोलिक विकटता, नदीमा पुल नबन्नु र निर्माणाधीन सडकको सुस्त गतिका कारण दुर्गम बस्तीका नागरिकको दैनिकी कष्टकर बनेको छ। सडक नहुँदा मानिस र खच्चडबाट खाद्यान्नलगायत सामग्री ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङका अनुसार पालिका केन्द्र धोबाट सदरमुकाम दुनै पुग्न तीनदेखि पाँच दिनसम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। भेरी करिडोरको काम सुस्त, सेनाले थाल्यो निर्माण डोल्पोबुद्धलाई सदरमुकाम दुनै र राष्ट्रिय सडक सञ्जालसँग जोड्न भेरी करिडोरअन्तर्गत सडक निर्माण…
Read More
रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिम । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ मा ६ वर्षीय बालकलाई हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन । बल बहादुर नाथको छोरा ६ वर्षीय रमेश नाथको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय भक्त बहादुर नाथलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । भक्त बहादुरले शुक्रबार साँझ ढुङ्गा प्रहार गर्दा रमेश गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको थियो । गम्भीर घाइते भएका रमेशको जिल्ला अस्पताल सल्ले रूकुम पश्चिममा थप उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search