Karnali Aawaj

Advertisement
Advertisement

Breaking News 3

जाजरकोटमा अब घरमै पुग्नेभयो राहदानी

जाजरकोटमा अब घरमै पुग्नेभयो राहदानी

खलंगा । जाजरकोटमा अब राहदानी (पासपोर्ट) लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला हुलाक कार्यालयबीच राहदानी घर सम्म पुर्याउने सम्झौता भएपछि जिल्लामा घरदैलोमा राहदानी सेवा’ औपचारिक रूपमा सुरु गरिएको हो। पासपोर्ट तयार भएर आएपछि सम्बन्धित सेवाग्राहीको नाम, ठेगाना र सम्पर्क नम्बर सहितको विवरण जिल्ला हुलाक कार्यालयलाई उपलब्ध गराउने छ। जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने व्यवस्था लागू गरिएको बताए। उनले नयाँ व्यवस्थाअनुसार राहदानी विभागबाट पासपोर्ट तयार भएर आएपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सेवाग्राहीको नाम,…
Read More
निमित्तको भरमा जाजरकोटका ५ स्थानीय सरकार

निमित्तको भरमा जाजरकोटका ५ स्थानीय सरकार

जाजरकोट । जिल्लाका ७ मध्य ५ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । भेरी नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, कुसे गाउँपालिका र जुनीचाँदे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । स्थानीय तहले काम गर्न थालेको दुई कार्यकालमा एउटा पालिकाले १४ जना प्रमुख प्रशासकीय अधिकृत फेरेका छन् । गाउँ तथा नगरपालिकाका प्रमुखले नातागोता र आस्थाका आधारमा काम गर्दै आएपछि नेपाल सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतले आफू अनुकूल काम गर्न पाइँदैन भन्ने सोचले प्रमुख ल्याउन नमानेपछि निमित्तले काम चलाइरहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाए पनि स्थानीय तहका प्रमुखसहित जनप्रतिनिधिको मनोमानीका कारण समस्या भएको छ । जनप्रतिनिधि र निमित्त प्रमुख…
Read More
शिक्षकलेनै चिट चोराउने प्रवृत्तिले खस्कियो शैक्षिक गुणस्तर

शिक्षकलेनै चिट चोराउने प्रवृत्तिले खस्कियो शैक्षिक गुणस्तर

जाजरकोट l सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न भविष्यमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ शिक्षामा वर्षेनी अर्बौ बजेट छुट्याउँदै आएको छ भने गैरसरकारी निकायले पनि शिक्षकलाई तालिमदेखि विद्यालय शिक्षा सुधारका लागि करोडौ बजेट खर्चिंदै आएका छन् । तर जाजरकोटका सरकारी विद्यालयको शैक्षिक उपलब्धि अपेक्षित रूपमा आउन सकेको छैन । माध्यमिक तहको शिक्षा गुणस्तर, व्यावहारिक र सीपमूलक नभएकै कारण जाजरकोटका ब्याचलर गरेका जनशक्ति पनि बेरोजगार बसेका छन् भने अधिकांश प्लस टु पढेका युवा कालापहाड र खाडीमा गएका छन् । सरकारी विद्यालयको शिक्षा गुणस्तर नहुनु, सरकारको लगानी अनुसार शैक्षिक उपलब्धि नहुनुका विभिन्न चुनौतीमध्ये परीक्षामा चिट चोराएर पास गराउने प्रवृत्ति मुख्य…
Read More
शिवालय गाउँपालिकाको एम्बुलेन्स ४ महिनादेखि प्रयाेग विहीन

शिवालय गाउँपालिकाको एम्बुलेन्स ४ महिनादेखि प्रयाेग विहीन

जाजरकोट । विरामी बोक्नका लागि खरिद गरिएको शिवालय गाउँपालिकाको एम्बुलेन्स चार महिना देखि थन्किएको छ । इलाका प्रहरी कार्यालय सिमाको गेटभित्र विरामी अवस्थामा एम्बुलेन्स थन्किएको हो । गाउँपालिकाले मर्मतका लागि चासो नदिदा एम्बुलेन्स थन्किएपछि विरामीलाई उपचार गर्न समस्या भएको छ । गाउँमा विरामी हुँदा गाडी नै नपाइने र पाइएपनि निजी जीपमा महंगो भाडा तिरेर अस्पताल लैजानु पर्दा साह्रै दुःख खेप्नु परेको गाउँपालिका बासीको गुनासो छ । एम्बुलेन्स विग्रेको चार महिना सम्म मर्मत नगर्नु जनप्रतिनिधी र कर्मचारीले लाप्रवाही गरेको स्थानीय पूर्णसमिर महताराले बताए । एम्बुलेन्स अहिले मर्मत नगर्दा बिरामी स्टेचरमा वोक्न स्थानीय वाध्य भएका छन् । यता, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search