३१ बैशाख २०८३ ११:०८
३१ बैशाख २०८३ ११:०८
खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशाख ३० गतेसम्म सञ्चालन गरेको अभियानअन्तर्गत १ हजार ७ सय ९८ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती फडानी गरी नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्तकुमार शर्माका अनुसार भेरी नगरपालिकाको वडा नम्बर १ र ६ मा ७३ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । त्यस्तै, नलगाड नगरपालिकाका १० वटा वडामा १५७ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती फडानी गरिएको प्रहरीले जनाएको छ । यस्तै, छेडागाड नगरपालिकामा ८० रोपनी, जुनीचाँदे गाउँपालिकामा ५७…
