१३ बैशाख २०८१ १७:३१
१३ बैशाख २०८१ १७:३१
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन । बिहिबारको प्रदेश सभामा मुख्यमन्त्री कँडेलले २३ मत प्राप्त गरेका छन । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र १ मत तटस्थमा परेको छ । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन । यसैगरी राप्रपा, एकीकृत समाजवादीका एकएक र स्वतन्त्र एक सांसद छन् । कँडेल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
