Karnali Aawaj

Advertisement
Advertisement

Day: ७ श्रावण २०८१ १७:०३

कर्णाली प्रदेश प्रमुखको परिवारमोह : छोरा बुहारीसहित परिवारका ९ जनालाई सचिवालयमा जागीर

कर्णाली प्रदेश प्रमुखको परिवारमोह : छोरा बुहारीसहित परिवारका ९ जनालाई सचिवालयमा जागीर

नेपालगञ्ज । कर्णाली प्रदेश प्रमुख तिलक परियारले आफ्नो सचिवालयमा १२ जनालाई नियुक्ति दिएकोमा अधिकांश आफ्नै परिवारका सदस्य रहेको खुलेको छ । ०७८ कार्तिकमा कर्णालीको प्रदेश प्रमुख नियुक्त भएका परियारले आफ्नो सचिवालयमा तीन छोरा, एक बुहारी, तीन नाति, एक भतिज र एक भान्जालाई नियुक्ति दिएका हुन् । बाँकेको कोहलपुर नगरपालिका–१२, निबुवा निवासी परियारले दुई जनालाई भने माओवादी केन्द्रको सिफारिस अनुसार नियुक्ति दिएका छन् । परियारको प्रमुख स्वकीय सचिवमा वीरेन्द्रनगर नगरपालिका–३ का दानसिंह सुनार छन् भने वीरेन्द्रनगर नगरपालिका–१०, का टेकेन्द्र विश्वकर्मा फोटोग्राफर अधिकृत छन् । उनीहरू दुवै जना माओवादी कर्णाली प्रदेश कमिटीले पठाएका व्यक्ति हुन् । सुनार सुर्खेत जिल्ला पार्टीमा क्रियाशील छन्…
Read More
कर्णाली सरकारबाट बाहिरियो माओवादी, समर्थन यथावत

कर्णाली सरकारबाट बाहिरियो माओवादी, समर्थन यथावत

सुर्खेत । कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा दिएका छन् । सोमबार नेकपा एमाले नेतृत्वको सरकारमा माओवादीबाट सहभागी ४ मन्त्रीले राजीनामा दिएका हुन् । केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेसँगै एमाले नेता यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा माओवादीबाट सहभागी आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्रबहादुर केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मुख्यमन्त्री यामलाल कँडेल समक्ष राजिनामा बुझाएका हुन् । मन्त्रीहरुले राजिनामा दिएपनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । माओवादी संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री राजकुमार…
Read More
आज साउनको पहिलो सोमबार, यस्तो छ महिमा

आज साउनको पहिलो सोमबार, यस्तो छ महिमा

काठमाडौं । आज यस वर्षको साउन महिनाको पहिलो सोमबार । हिन्दू नेपाली नारीहरुका लागि आजको दिनलाई विशेष रुपमा लिइन्छ । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गरेको छ । हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना हो । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ ।हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले…
Read More
ढल्ने अवस्था भएपछि जाजरकोट दरबारलाई पालले ढाकियो

ढल्ने अवस्था भएपछि जाजरकोट दरबारलाई पालले ढाकियो

जाजरकोट । ऐतिहासिक जाजरकोट दरबारलाई थप क्षति हुन नदिन पालले ढाकिएको छ । गत कार्तिक १७ गतेको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त र अत्यन्तै जीर्ण हुन पुगेको ऐतिहासिक जाजरकोट दरबारलाई मनसुनजन्य प्रकोप तथा बर्षादबाट थप क्षति हुन नदिन पालले ढाकिएको हो । डिभिजन वन कार्यालय जाजरकोटको सहयोगमा अत्यन्तै जोखिमका बाबजुद पालले ढाक्ने कार्य सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । १८५२ मा निर्माण गरिएको यो दरबारले गत कार्तिक १७ सहित ३ पटकको भूकम्पको धक्का झेलिसकेको छ ।  यसअघिका २ वटा भूकम्पले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुबै पटक दरबारलाई पुनःनिर्माण गरिएको थियो । यसपटकको भुकम्पले दरबार पुरै चर्किएर ढल्ने अवस्थामा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search