१२ माघ २०८० ०८:०८
१२ माघ २०८० ०८:०८
सुर्खेत । कर्णालीबाट राष्ट्रिय सभाका लागि गठवन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस रुकुमका कृष्णबहादुर रोकाया, नेकपा माओवादी केन्द्रबाट कालिकोटका विष्णु विक र नेकपा एकिकृत समाजवादीबाट दैलेखकी सावित्री मल्ल विजयी भएका हुन् । कर्णालीमा रिक्त हुने तीन सिटका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच १–१ सिट लिने गरी भागबण्डा भएको थियो । जसमा महिलातर्फ गठबन्धनबाट सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ १ सय १५ मतभार प्राप्त गरी विजयी हुँदा एमालेकी विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन । यस्तै, दलिततर्फ गठबन्धनका विष्णु विकले प्रदेश…
