४ असार २०८१ १८:४६
४ असार २०८१ १८:४६
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा निराशाजनक ब्याटिङ नेपालको पुरानै समस्या हो । अन्तिम समयमा ब्याटिङमा चिप्लिएकै कारण नेपालले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा अप्रत्याशित हार ब्यहोर्नु परेको छ । नेपाली क्रिकेटले विगतमा यस्ता नमिठा क्षण धेरैपटक ब्यहोरेको छ । यस्तै नियति नेपालले हाल वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी-२० विश्वकपको नवौँ संस्करणमा पनि भोग्नु पर्यो । यो विश्वकपमा नेपालले तीनवटा खेल खेल्यो । ती तीनवटै खेलमा कमजोर ब्याटिङ र खराब फिल्डिङ नै नेपाली टोलीको अप्रत्याशित हारको कारण बन्न पुग्यो । समूहगत चरणमा नेपाल र श्रीलंकाबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपाली टोली १० वर्ष लामो प्रतीक्षापछि दोस्रो पटक टी–२०…
