Karnali Aawaj

Advertisement
Advertisement

साहित्य

‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा

‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा

युवा लेखक क्षितिज समर्पणको पहिलो उपन्यास ‘तोरकीन’ सार्वजनिक भएको छ । माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु–संस्कार, रहनसहन, बसाइँसराइ, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवम् भौगोलिक इतिहासको कथालाई खोज–अनुसन्धान गरी मिथकीय शैलीमा उपन्यासमा प्रस्तुत गरिएको छ । उपन्यासबारे लेखक समर्पण भन्छन्, ‘मैले रित्तिँदै गएका वस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको कथा लेखेको हुँ । यस उपन्यासमार्फत् पाठकलाई फेरि मानव सभ्यताको जरामा फर्काउने कोसिस गरेको छु ।’ उपन्यासमा छेवाङ र कुन्साङ मुख्य पात्रमार्फत तीन पुस्ताको कथाभित्र मानव जीवनमा आउने आरोह–अवरोह तथा सपना र सम्बन्धहरूको यथार्थपरक चित्रण गरिएको छ । स्थानीय ल्होवा भाषामा…
Read More
प्रगतिशील लेखक सघंको अध्यक्षमा डा. देवी दुलाल, केन्द्रीय सदस्यमा जाजरकोटका प्रकाश किरण सर्वसम्मत

प्रगतिशील लेखक सघंको अध्यक्षमा डा. देवी दुलाल, केन्द्रीय सदस्यमा जाजरकोटका प्रकाश किरण सर्वसम्मत

काठमाडौं । प्रगतिशील लेखकहरूको साझा संस्था प्रगतिशील लेखक सघं, नेपालको १३ औं राष्ट्रिय सम्मेलन राजधानी काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले डा. देवी क्षेत्री दुलालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको छ। नयाँ नेतृत्वमा डा. देवी क्षेत्री दुलाल अध्यक्ष, समीर सिंह र डा. अमृता शर्मा उपाध्यक्ष, पारस ढकाल महासचिव, बोधकुमार घिमिरे उपमहासचिव, डा. हरि तिमल्सिना र कुशल बोगटी सचिव, र डा. कृष्ण सुवेदी कोषाध्यक्ष चयन भएका छन । कार्यसमितिका सदस्यहरूमा जाजरकोटका प्रकाश किरण सहित कल्पना पौडेल ‘जिज्ञासु’, ऋतु केसी, प्रदीप प्रधान, तिला लेकाली, भउचप्रसाद यादव, अच्युत घिमिरे, निर्मल सापकोटा, रामप्रसाद अर्याल, गंगा रिजाल, डा. प्रतिभा पुन, मायामितु न्यौपाने,…
Read More
‘नखोज्नू’ – क्षितिज समर्पण

‘नखोज्नू’ – क्षितिज समर्पण

ए मान्छे - मलाई नखोज्नू ! भेटिने छैन म - कुनै अनाम देउरालीहरूमा जहाँ- उकालो उक्लिरहेका होऊन् मेरा पैतालाहरू जहाँ- ओरालो झरिरहेका होऊन् मेरा पैतालाहरू पर्खिरहेको हुनेछैन कसैलाई- कुनै चौतारीहरूमा हिंडिरहेको हुनेछैन- सपनाका राजमार्गहरूमा ओढेर बादलको बर्को छोपेर हावाको सर्को म नाँचिरहेको हुनेछैन कतै! हुनसक्छ- वेवास्ताको अक्करे पहाडले थिचेपछि म हिंडिरहेको हुनेछु- कुनै निर्जन डाँडाहरूमा हुनसक्छ- अकर्मण्यताले न्याँकेपछि- अनकन्टार प्रान्तहरूमा म घृणाको अँध्यारो निलेर हिंडिरहेको हुनेछु- चिसा पहाडहरूमा वा, हुनसक्छ- ग्लानीका अँध्यारा गल्लीहरूमा बाँचिरहेको हुनेछु- आँसुको घुटनसित! ओ! मान्छे! अब मलाई नखोज्नू नहेर्नू- तिम्रा आँखाहरूमा नछाम्नू- परेलीहरूमा नखोज्नू- ओठहरूमा म खसिरहेको हुने छैन- आँसु बनेर म बसिरहेको हुने छैन- खुशी…
Read More
मेयर घर्तीको आत्मकथा ‘जाजरकोटको एक अनन्त यात्री’ लोकार्पण

मेयर घर्तीको आत्मकथा ‘जाजरकोटको एक अनन्त यात्री’ लोकार्पण

जाजरकोट । भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीको आत्मकथा ‘जाजरकोटको एक अनन्त यात्री’ शनिबार लोकार्पण गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि ओलीले घर्तीलाई आत्मकथा प्रकाशन गर्ने पहिलो मेयर भएकोमा अभिनन्दन गर्दै शुभकामना दिए । उनले असार १५ गते नेपालका धेरै प्रसिद्ध व्यक्तिहरूको जन्मदिन पनि परेको उल्लेख गर्दै, लेखकलाई पनि यस्तै प्रसिद्धि मिलोस् भन्ने कामना गरे । कार्यक्रममा लेखन कुञ्जका अध्यक्ष कमल ढकाल, विश्व उत्प्रेरणा प्रशिक्षक रमण भट्टराई र ब्लाइन्ड रक्सकी अध्यक्ष सृष्टि केसी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । लेखकका परिवारजनमा…
Read More
गजल – पुष्कर ‘पराग’ चन्द

गजल – पुष्कर ‘पराग’ चन्द

जब खुसी काफिया भएर बस्यो, दुःख झन रदिफमा बस्यो । त्यस पछि यहाँ मृत्यु आएर, बारम्बार मेरो समिपमा बस्यो । माथी उचाइ सम्म पुगे पनि, आफ्नो धरातल बिर्सनु हुदैन, ुचन्द्रमा खोज्दै हिडेको जुनकीरी आज लालटिनमा बस्यो । न च्यात्न मिल्छ, न त केरकार गर्न मिल्छ, दोधारमा परियो, एउटा मान्छे यो दिलमा बस्यो, अर्को हराम नसिबमा बस्यो । मुटुमा सिङ्गो कर्णाली राखेर खोजी रहे, तिम्रो धरहरा बाट, अक्सर राजधानी सम्म नजर पुग्यो, आँखा दुरबिनमा बस्यो । - पुष्कर पराग चन्द भेरी नगरपालिका ५, जाजरकोट
Read More
गजल – पुष्कर पराग चन्द

गजल – पुष्कर पराग चन्द

मेरो बस्तिमा सधै हुरी आउँछ, टहरा लिएर राजधानी सम्म जान्छ, तिमिलाइ यो भन्दा अरु के सुनाउ बेला(बेलामा पीडा थपेर भूकम्प जान्छ । नयाँ बर्ष फेरिनु अब तिमि फेरिनु मेरो लागि कुनै नौलो कुरा होइन, मैले खुसी मनाउनु पर्ने कुरा त जीन्दगी भर दुख हेर्दा हेर्दै उमङ्ग जान्छ । हरेक दिन, हरेक रात पासपोर्ट समाएर, झण्डा ओढेर बेरोजगार सन्तान, यहि आकाशको बाटो हुँदै गुलामी गर्न अर्काको देश सङ्ग जान्छ । जस्ले सरकारको विषयमा आलोचना गर्दै, आवाज उठाउँछ सडकमा, बरु बन्दुक चलाएर गोली फाल्दिनुहोस तपाईको लागि दुर्गन्ध जान्छ । - पुष्कर पराग चन्द भेरी नगरपालिका ५, जाजरकोट
Read More
गजल

गजल

छ न त उसँग मेरो बच्चै देखिको चिनजान छ, अथाह प्यार छ, अक्सर न कुनै नाता लाग्छ, न त मेरै हो भन्ने पनि अधिकार छ । अरे यार, यो दुनियाँमा बारम्बार सराब पिएर पागल हुनु भन्दा, बरु कस्तो हुदो रहेछ जहरको स्वाद, एकपटक चाख्ने बिचार छ । किन मरिहत्ते गर्छ्यौ मबाट छुटिनलाई, भोली पछुताउनु पर्ला, बिडम्बना तिम्रो अगाडी हेर्दा भिर छ, पछि फर्किदा जङ्घार छ । माथी सम्म पहुँचमा मेरा आफन्त छन, भनेर के गर्नु यो शहरमा, डिग्री पास गरेको एउटा सन्तान अझै पनि गाउँमा बेरोजगार छ ।। - पुष्कर पराग चन्द भेरी नगरपालिका ५, छिप्रेना जाजरकोट
Read More
कविता – शीर्षक बिनाको कविता

कविता – शीर्षक बिनाको कविता

बर्सौ पहिला फलामे ढोका पार गरेर, उच्च शिक्षा हासिल गर्न बृद्ध बा-आमाको सपना बोकेर सयकडा पाँचले साहुको ऋण काढेर खाइ नखाइ भएपनि घुडा धसेर हातका औंलाहरुमा कलम च्यापेर आखाँहरुलाई हरेक रात बिउझै राखेर त्यो शहरबाट उदाउन सकेन एउटा छोरा । अरुकै लहलहिमा लागेर, किताब बोकेर हिड्ने उमेरमा पार्टी भनौदाको झन्डा समाएर मौन देखीने कयौं ती भित्ताहरुमा नाथे पार्टीकै पर्चा र पम्पिलेट टाँस्दै कागजी पानाहरुमा सिमित रहेका दुईचार थान एजेन्डा लिएर दुरदराजका गाउँ अनि बस्तिहरुमा भर्खरै अक्षरहरुमा बामे सर्दै गरेका ससाना नानी बाबुहरुलाई चक्लेट जस्तै मिठा कुरा सुनाउँदै अनि बुढा बाजे बज्यैहरुलाई दुखाई कम गर्ने ओखती जस्ता आश्वासन बाँड्दा बाँड्दै उतै…
Read More
मलाई फेरि प्रेम भएको छ (कविता)

मलाई फेरि प्रेम भएको छ (कविता)

- विद्याश्री सिंह, जाजरकोट  । अब हेर्दैहेर्दिन भनेको थिए, हेरिरहने आँखाहरुलाई अब सुन्दै सुन्दिन भनेको थिए, बासुरीको धुन तिम्रो नभएपछि त, हुदैहुदिन भनेको थिए। कसैको पनि! तर मलाई फेरि प्रेम भएको छ। असरल्ल बिस्तारामा पल्टिएर समासित सपनाहरु देख्न थालेको छु घामको उज्यालो संग नडराउने भएको छु चिसो रातमा चिसो भुइँमा बसेर, म फेरि गन्न थालेको छु ताराहरु मलाई लाग्छ, मलाई फेरि प्रेम भएको छ। भुइफुलहरु बटुलेर सजाउन थालेको छु शिरमा भिडहरुमा अलिक धेरैबेरसम्म उभिनसक्ने भएको छु आफै संग साउती गरेर मुस्कुराउन थालेको छु। एक झुल्को घाम, एक चौथाई चिसो भुइँ भुइँमा पोखिएका पातहरु फुलहरुमा पोखिएका रङ्गहरु आकाशमा दौडिएका बादलका टुत्राहरु…
Read More
सिद्धान्तको अतिशय दबाबले सिर्जना कुण्ठित हुन्छ – विष्णु भण्डारी

सिद्धान्तको अतिशय दबाबले सिर्जना कुण्ठित हुन्छ – विष्णु भण्डारी

(१) पढ, फेरि पनि पढ विधासिद्धान्त पढेर लेखक भइँदैन भन्ने मत छ मेरो । म पनि विधासिद्धान्त पढेर लेखक भएको हैन । मैले विधासिद्धान्त धेरैपछि पढेको हुँ, जतिखेर म कविमा दरिइसकेको थिएँ । यसको अर्थ म जन्मजात कवि गुण लिएर आएको थिएँ भन्न खोजेको हैन । म त कविता पढेर कवि भएको मान्छे हुँ । यस्तो कुराले म अराजक ठहरिन सक्छु । कतिपयले यति पढेपछि नाक खुम्च्याउने छन् । विधासिद्धान्तलाई नै लेखन र अध्ययनको मूल आधार मान्नेहरूका लागि यस्ता कुराले गम्भीर बनाउनु स्वभाविकै हो । उनलाई लाग्नसक्छ यो सबै उत्तरआधुनिकतावादी विभ्रम हो । उत्तरसंरचनावादी वा यस्तैयस्तै । अहिले म आख्यानको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search