Karnali Aawaj

Advertisement
Advertisement

समाचार

भेरी नगरपालिका -८ बालमैत्री वडा घोषणा

भेरी नगरपालिका -८ बालमैत्री वडा घोषणा

जाजरकोट । जिल्लाको भेरी नगरपालिका –८ लाई बालमैत्री वडा घोषणा गरिएको छ । मंगलबार वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको छ । घोषणासँगै यो वडा भेरी नगरपालिकाको पहिलो तथा जिल्लाकै छैटौं बालमैत्री वडा बनेको छ । जिल्लाको पहिलो बालमैत्री वडा छेडागाड नगरपालिका–११ लाइ घोषणा गरिएको थियो भने, दोस्रो वडामा कुशे गाउँपालिकाको वडा नं. १ लाइ घोषणा गरिएको थियो । तेस्रोमा कुशे गाउँपालिकाको वडा नं. ९ लाइ घोषणा गरिएको थियो भने, चौथोमा छेडागाड नगरपालिका–४ लाइ घोषणा गरिएको थियो । पाँचौमा कुशे गाउँपालिकाको वडा…
Read More
तरुण दल जाजरकोटको अध्यक्षमा लोकेन्द्र चन्द

तरुण दल जाजरकोटको अध्यक्षमा लोकेन्द्र चन्द

जाजरकोट । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल जाजरकोटको अध्यक्षमा लोकेन्द्र चन्द चयन भएका छन । चन्दलाई बुधवार तरुण दलको जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको हो । नेपाल तरूण दलको विधान बमोजिम अर्को अधिवेशन नहुँदा सम्मको लागि चन्दलाई जिल्लाको अध्यक्ष पदमा पार्टीले जिम्मेवारी दिएको काँग्रेस पार्टीि कार्यवहाक सभापति सडक विसीले बताए । यसअघि तरुण दल, जाजरकोटको अध्यक्षमा पार्टी सचिव समेत रहेका कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत रहेका थिए । चन्द नेकपा एमाले निकट भातृ संगठन युवा संघ नेपालमा आवद्ध भएर लामो समय काम गरेका थिए । २०७९ सालको स्थानीय तहको निर्वाचनमा भेरी नगरपालिका ४ को वडा अध्यक्षमा एमालेबाट टिकट नपाए…
Read More
कर्णालीका आर्थिक मामिला मन्त्री शाहको प्रस्ताव : लुम्बिनी-रारा सडक छेडा-बाटुले हुँदै जुम्ला जोडौं

कर्णालीका आर्थिक मामिला मन्त्री शाहको प्रस्ताव : लुम्बिनी-रारा सडक छेडा-बाटुले हुँदै जुम्ला जोडौं

जाजरकोट । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले लुम्बिनी रारा सडकको जाजरकोट खण्डको रूट परिवर्तन गर्न प्रस्ताव गरेका छन । मन्त्री शाहले सो सडकको हालको रुटबाट निर्माणको काममा ढिलाइ भएकोले रुट परिवर्तन गरि छेडा बाटुले हुँदै जुम्ला जोड्नु पर्ने प्रस्ताव गरेका हुन । जिल्ला समन्वय समिति जाजरकोटले आयोजना गरेको १३ औं जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री शाहले विकासहरु एकैठाउँ केन्द्रीकृत गर्न नहुने भन्दै ठाउँको अवस्था र आवश्यक्ता अनुसार परिवर्तन गर्नुपर्ने बताए । लुम्बिनी रारा सडकको जाजरकोट खण्ड हाल जिल्ला सदरमुकाम खलंगा हुँदै राङ्सी, पाँचकाटिया, कुशेबाट जुम्ला जोडिने गरि रुट तय भएको छ । मन्त्री शाहले…
Read More
आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै

आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै छ । यस दिन वैदिक सनातन धर्मावलम्वीले भगवान श्रीकृष्णको श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् । आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लागेको छ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ । यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघ संस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यसैगरी राजधानी सहित देशका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरहरुमा पनि भक्तजनको भीड लाग्ने गर्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका…
Read More
जाजरकोट जीप दुर्घटना अपडेट : चालकको मृत्यु

जाजरकोट जीप दुर्घटना अपडेट : चालकको मृत्यु

जाजरकोट । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भेरी नगरपालिका-६ गंज भन्ने स्थानमा सदरमुकाम खलंगा देवि वडा नम्बर ६ नेटा जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । ग १ ज ७७११ नम्बरको जिप सडकदेखि ३००/४०० मिटर खस्दा भेरी-६ गंगटिया बस्ने ३४ वर्षीय मानबहादुर वलीको मृत्यु भएको हो। दुर्घटनामा परी १४ जना यात्रु घाइते भएका छन । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
Read More
जाजरकोटमा जीप दुर्घटना हुँदा १५ जना घाइते

जाजरकोटमा जीप दुर्घटना हुँदा १५ जना घाइते

जाजरकोट । जाजरकोटमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन । मङ्गलबार दिउँसो सदरमुकाम खलङ्गाबाट भेरी नगरपालिका ६ भेरे जान लागेको ग १ ज ७७११ नम्बरको बोलेरो जीप वडा नम्बर ६ को गंज जङ्गलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बोलेरो जीप दुर्घटना भए लगत्तै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी गए पनि क्षतिको विवरण आइनसकेको जानकारी दिए । दुर्घटनास्थलमा खटिएका प्रहरी निरीक्षक तथा सूचना अधिकारी माधव विश्वकर्माका अनुसार १५ जना यात्रु सवार उक्त जीपमा सबै घाइते भएका छन भने ती मध्य केहीको अवस्था गम्भीर छ । जीपका चालक भेरी नगरपालिका ६…
Read More
बाढीले घर बगाउँदा रूकुम पश्चिममा ३ बालिकाकाे मृत्यु

बाढीले घर बगाउँदा रूकुम पश्चिममा ३ बालिकाकाे मृत्यु

रुकुम पश्चिम । अविरलवर्षासँगै आएको बाढिमा परी रुकुम पश्चिममा ३ बालिकाको मृत्यु भएकाे छ । गए रातिको अबिरल वर्षाका कारण जिल्लाको आठविसकोट नगरपालिका १२ स्थित तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढिले घर भत्काउदा तीन बालबालिकाको मुत्यु भएको छ भने एक जना वेपत्ता छन । बाढीमा परेर ६ जना घाइते भएको आठविसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीले जानकारी दिए । नगर प्रमुख केसीका अनुसार घाइतेहरुको उपचार भइरहेको छ भने मृतकहरुको शव निकाल्ने प्रयास जारी छ । गएराति साढे ११ बजेको समयमा उक्त घटना घटेको केसीले जानकारी दिए । मृत्यु हुनेहरूमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४…
Read More
जाजरकोटमा भीरबाट लडेर १ जनाको मृत्यु

जाजरकोटमा भीरबाट लडेर १ जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा भीरबाट लडेर १ जना पुरुषको मृत्यु भएको छ । भेरी नगरपालिका ९ खालिपाखा निवासी ५६ वर्षिय चाम्रो थापाको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको हो । थापाको खालिपाखा स्थित घर नजिकैको भीरबाट लडेर ज्यान गएको उनको पारिवारिक श्रोतले जनाएको छ ।
Read More
साउदीमा गाडीको ठक्करबाट जाजरकोटका युवकको मृत्यु

साउदीमा गाडीको ठक्करबाट जाजरकोटका युवकको मृत्यु

जाजरकोट । साउदी अरबमा गाडीको ठक्करबाट जाजरकोटका एक युवकको मृत्यु भएको छ । बैदेशिक रोजगारीका लागि ३ महिना अघि साउदी अरब गएका जाजरकोट भेरी नगरपालिका ५ सालटाकुराका ३१ वर्षका विश्वास चन्दको मृत्यु भएको हो । कामको शिलशिलामा सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको खवर आएको उनका दाई नाता पर्ने नरबहादुर चन्दले बताए । मृतक चन्दका ३ भाई छोरा छन ।
Read More
जाजरकोटमा सर्पको टोकाइबाट अस्थायी आवासमा बसेकी बालिका घाइते

जाजरकोटमा सर्पको टोकाइबाट अस्थायी आवासमा बसेकी बालिका घाइते

जाजरकोट । सर्पको टोकाइबाट भेरी नगरपालिका ३ की एक बालिका घाइते भएकी छन । भेरी नगरपालिका ३ स्थित त्रिभुवन माविको चौरमा अस्थायी रुपमा बसोबास गरिरहेकी सुरेन्द्र नेपालीकी ८ वर्षकी छोरी सृष्टि नेपाली चौरमा खेल्ने क्रममा दायाँ खुट्टामा सर्पले डस्दा घाइते भएकी हुन । घाइते बालिकालाई उपचारको लागि जिल्ला अस्पताल पुर्याइएकोमा त्यहाँ सर्पदंश सम्बन्धि उपचार नभएकोले सुर्खेत पठाइएके प्रहरीले जनाएको छ । भेरी नगरपालिका ३ चंखेलीडाँ घर भएको सुरेन्द्रको परिवारलाई सो ठाउँ पहिरोको उच्च जोखिममा रहेकोले त्रिभुवन माविको चौरमा स्थानान्तरण गरि अस्थायी रुपमा बसालिएको छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search