Karnali Aawaj

Advertisement
Advertisement

यस्तो बन्यो एमाले जाजरकोटको नयाँ कमिटी (नामावली सहित)

यस्तो बन्यो एमाले जाजरकोटको नयाँ कमिटी (नामावली सहित)

यस्तो बन्यो एमाले जाजरकोटको नयाँ कमिटी (नामावली सहित)

जाजरकोट । नेकपा एमाले जाजरकोटको ७ औं जिल्ला अधिवेशनले नयाँ कमिटी निर्वाचित गरेको छ । जिल्ला सदरमुकाम खलंगामा २५ देखि २७ चैतमा सम्पन्न जिल्ला अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ कमिटी निर्वाचित गरेको हो । जिल्ला कमिटीमा पदाधिकारी सहित अधिकांश सदस्यहरु निर्वाचन मार्फत चयन भएका छन । नवनिर्वाचित कमिटीमा अध्यक्ष सहित पदाधिकारी र सदस्यहरु युवा पुस्ताका निर्वाचित भएका छन । यस्तो छ नवनिर्वाचित जिल्ला कमिटी  : अध्यक्ष - नरेन्द्र कुमार शाही उपाध्यक्ष - विश्वविक्रमशाह सचिव - गोपालबहादुर नेपाली उपसचिव - तप्तबहादुर हमाल पहिला उपसचिव - सुनिता बोहरा सदस्यहरु रामचन्द्र घर्ती इन्द्र बहादुर थापा कर्ण बहादुर खत्री गणेश बहादुर थापा लोकेन्द्र सिहँ…
Read More
अष्ट्रियामा बस्ने नेपालीले गरे दुर्गमको विद्यालयमा नगद सहयोग

अष्ट्रियामा बस्ने नेपालीले गरे दुर्गमको विद्यालयमा नगद सहयोग

जाजरकोट । भूकम्पले क्षति पुर्याएको बारेकोट गाउँपालिकाको भगवती माबिलाई अष्ट्रियामा बस्ने नेपालीहरुले नगद सहयोग गरेका छन् । गैर आवासिय नेपाली एसोसिएन एनसीसी अष्ट्रिया, नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रिया इनास अष्ट्रिया र नेसास अष्ट्रेलियामा आबद्ध नेपालीहरुले जाजरकोटका भूकम्प पीडित बालबालिकाहरुको लागि आफ्नो खाना तथा खाजा खर्च कटाएर ४ लाख ७७ हजार नगद सहयोग गरेका हुन् । पत्रकार सुरेन्द्र सुमनको समन्वयमा भूकम्प पीडित बालबालिकाहरुको पठन पाठन गर्ने वातावरण प्रभावकारी होस् हेतुले दुर्गम गाउँमा सहयोग गरेको एनआरएन अष्ट्रियाका अध्यक्ष ध्रुव पौडेलले बताए । गएको कार्तिक १७ गते जाजरकोटको बारेकोट रामीडाँडामा केन्द्र बनाई गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानीय तहमा व्यापक धनजनको क्षति…
Read More
एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्र कुमार शाही निर्वाचित

एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्र कुमार शाही निर्वाचित

जाजरकोट । नेकपा (एमाले) जाजरकोटको अध्यक्षमा नरेन्द्र कुमार शाही निर्वाचित भएका छन । निवर्तमान अध्यक्ष खिमबहादुर शाहीलाई ८ मत अन्तरले पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका हुन । निर्वाचित शाहीले १९४ प्राप्त गर्दा पराजित भएका शाहीले १८६ मत पाएका थिए । उपाध्यक्षमा विश्वविक्रम शाह विजयी भएका छन । शाहले १८२ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी मोतिलाल ओलीले १७५ मत प्राप्त गरेका गरे । त्यसैगरी सचिवमा १८८ मत प्राप्त गरी गोपाल बहादुर नेपाली निर्वाचित भएका छन । उनका प्रतिस्पर्धी नरबहादुर बस्नेत (एनबी) लाई १७ मत अन्तरले पछि पार्दै नेपाली विजयी भएका हुन । बस्नेतले १७१ मत प्राप्त गरेका छन…
Read More
एमाले जाजरकोटको अधिवेशन : केहिबेरमा मतदान सुरु हुँदै

एमाले जाजरकोटको अधिवेशन : केहिबेरमा मतदान सुरु हुँदै

जाजरकोट । नेकपा एमाले जाजरकोटको नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुने भएको छ । जिल्ला सदरमुकाम खलंगामा आइतबारदेखि सुरु भएको ७ औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि गरिएको सहमतिको प्रयास सफल नभएपछि निर्वाचन हुने भएको हो । नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष खिमबहादुर शाही र युवा नेता नरेन्द्र कुमार शाहीले छुट्टाछुट्टै प्यानल खडा गरेर निर्वाचन लड्ने भएका छन । खिमबहादुर शाही नेतृत्वको प्यानलबाट उपाध्यक्षमा विश्वविक्रम शाह, सचिवमा गोपाल नेपाली, उपसचिवमा भक्तबहादुर बस्नेत र सुनिता बोहरा रहेका छन भने नरेन्द्र कुमार शाही नेतृत्वको प्यानलमा उपाध्यक्षमा मोति ओली, सचिवमा नरबाहदुर बस्नेत (एनवि), उपसचिवमा तप्त बहादुर हमाल र हरिकला जैसी चुवानी मैदानमा…
Read More
कार्यकर्ताको माग बमोजिम उम्मेदवारी दिएको छु : बस्नेत

कार्यकर्ताको माग बमोजिम उम्मेदवारी दिएको छु : बस्नेत

जाजरकोट । नेकपा एमाले जाजरकोटको सचिव पदमा युवा नेता नरबहादुर बस्नेत (एनबि) ले उम्मेदवारी दिएका छन । सदरमुकाम खलंगामा जारी ७ औं अधिवेशनमा युवानेता बस्नेतले सचिव पदमा उम्मेदवारी दिएका हुन । आइतबार उद्घाटन भएको जिल्ला अधिवेशनको बन्दशत्रमा आगामी नेतृत्वका लागि मनोनयन दर्ताको काम सकिएको छ । अनेरास्ववियुको अध्यक्ष हुँदै सानै उमेरदेखि एमालेको राजनीतिमा होमिएका बस्नेतले माओवादीको सशस्त्र द्धन्दको समयमा पार्टी बचाउन उल्लेखनिय भूमिका निर्वाह गरेका थिए । 'अप्ठ्यारो समयमा पार्टी जोगउन आफ्नो ज्यानको प्रवाह नगरी पार्टीकाममा लागियो, नेता बस्नेत भन्छन, तीनै कामको मूलयांकन गर्दै पार्टीका आम नेता कार्यकर्तामा माग बमोजिम सचिवमा उम्मेदवारी दिएको छु ।' हाल पार्टीको उपसचिवको जिम्मेवारीमा रहेका…
Read More
पुस्तान्तरणका लागि मेरो उम्मेदवारी : शाही

पुस्तान्तरणका लागि मेरो उम्मेदवारी : शाही

जाजरकोट । नेकपा एमाले जाजरकोटको ७ औं जिल्ला अधिवेशन जारी छ । जिल्ला सदरमुकाम खलंगमा आइतबारदेखि सुरु भएको अधिवेशनको बन्दशत्रमा आगामी नेतृत्वका लागि मनोनयन दर्ताको काम सकिएको छ । एमाले जाजरकोटको अध्यक्षका लागि वर्तमान अध्यक्ष खिमबहादुर शाही संगै युवा नेता नरेन्द्र शाहीले उम्मेदवारी दर्ता गराएका छन । शिक्षण पेशा छोडेर राजनीतिमा लागेका युवानेता शाही २०७४ सालको स्थानीय तहको निर्वाचनमा शिवालय गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । स्थानीय सरकारको सफल कार्यकाल पूरा गरेका शाही हाल पार्टीको जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा थिए । उनले अध्यक्षमा उम्मेदवारी दिएपछि एमालेभित्र नयाँ बहस सुरु भएको छ । आफ्नो उम्मेदवारी नेतृत्व परिवर्तनका लागि मात्र नभई…
Read More
माओवादीका कारण कर्णाली सरकार गठनमा ढिलाई : उपमहासचिव ज्ञवाली

माओवादीका कारण कर्णाली सरकार गठनमा ढिलाई : उपमहासचिव ज्ञवाली

जाजरकोट । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कर्णाली सरकार गठनमा माओवादी केन्द्रको अनावश्यक बखेडा झिकेको बताएका छन । वर्तमान सत्ता गठबन्धनको शिर्ष नेतृत्वमा कर्णाली प्रदेश सरकाको नेतृत्व एमालेले गर्ने र मन्त्रालयको भागबण्डा आपसी समझदारीमा टुंगो लगाउने सहमति भएपनि कर्णालीमा माओवादीले अनावश्यक रुपमा सभामुखको विषयलाई समेत जोडेर बखेडा झिकेकोले सरकार गठनमा ढिलाई भएको उपमहासचिव ज्ञवालीले बताए । एमाले जाजरकोटको ७ औं जिल्ला अधिवेशनलाई आइतबार सदरमुकाम खलंगामा सम्बोधन गर्दै नेता ज्ञवालीले वर्तमान सत्ता गठबन्धन राष्ट्रको हितमा बनेको भन्दै आवद्ध दलहरु भने सच्चिन आवश्यक भएको बताए । पूर्वमन्त्री समेत रहेका ज्ञवालीले नेपाललाई अल्पविकसित राष्ट्रको सूचिबाट विकासशिल राष्ट्रको सूचिमा एमाले नेतृत्वको सरकारले पुर्याएको दावि…
Read More
जाजरकोटमा अतिक्रमण गरी बनाईएका घरटहरा नहटाउन उच्च अदालतको आदेश

जाजरकोटमा अतिक्रमण गरी बनाईएका घरटहरा नहटाउन उच्च अदालतको आदेश

जाजरकोट । सदरमुकाम खलंगाभित्र सरकारी र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाईएका घर टहरा तत्काल नहटाउन उच्च अदालत सुर्खेतले संक्षिप्त अन्तरिम आदेश जारी गरेको छ । मंगलबार भएको बहसमा उक्त मुद्दामा तत्काल घरहरु नहटाउन अन्तरिम आदेश जारी भएको हो । निर्माण भएका घरहरु नभत्काउन यथास्थितिमा राख्न उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) तथा मुलुकी देवानी कार्यविधी संहिता २०७४ को दफा १५८ (१) (क) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीश सागर विष्टको एकल इजलासले जिल्लामा अतिक्रमण गरी निर्माण गरिएका संरचना नभत्काउन जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई आदेश गरेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले गत…
Read More
यी हुन् पत्रकारसँग डेट गर्नुपर्ने ११ कारणहरू

यी हुन् पत्रकारसँग डेट गर्नुपर्ने ११ कारणहरू

उसो त पत्रकारहरूलाई डेट गर्न सहज छैन । सटिक, विश्लेषणात्मक, सीधा हुने भएकोले उनीहरू सीतिमिति कसैसँग प्रभावित भइहाल्दैनन् । त्यस्तै, उनीहरू ‘वर्कहोलिक’ प्रकृतिका समेत हुने हुनाले समय नदिएको महसुस पनि हुनसक्छ । यस्तोमा पत्रकारलाई डेट गर्न पक्कै पनि सहज नहुने निश्चितजस्तै छ तर, यदि तपाईं उनीहरूसँग सम्बन्धमा हुनुहुन्छ भने यस्ता कतिपय कुरा छन्, जसले पत्रकारसँग डेट वा सम्बन्धमा हुनु तपाईंका लागि निकै रमणीय ठहरिनसक्छ । १. उनीहरूलाई राम्रा ठाउँहरूबारे ज्ञात हुन्छ पप कल्चरअनुसार पत्रकार असामाजिक र आत्मवादी एवं पूर्वाग्रही देखिन सक्छन् तर वास्तवमा भने पत्रकारहरूलाई विभिन्न कार्यक्रम तथा समारोहमा गइरहनुपर्ने भएकाले उनीहरूलाई त्यस्ता अनेक ठाउँहरूबारे ज्ञात हुन्छ र उनीहरू घुम्न…
Read More
शुक्रबार किन हुन्छ धेरै कण्डम बिक्री ?

शुक्रबार किन हुन्छ धेरै कण्डम बिक्री ?

काठमाडौं । धेरै जसो मानिसहरू शुक्रबारलाई गुड फ्राइडेको रुपमा मान्छन । शनिबार विदा हुने भएकाले खानपिन गर्ने र मज्जाले सुत्न पाइने हुनाले पनि नेपालमा शुक्रबारको अझ ठूलो अर्थ छ । काठमाडौंका ठुला मेडिकल हल र कण्डम हाउसहरुमा अरु दिनको तुलनामा शुक्रबार कण्डमको बिक्री झण्डै दोब्बर हुने गरेकोले पनि शुक्रबार अधिकांश दम्पती र युवायुवतीले यौन सम्पर्क गर्ने गरेको तथ्यले देखाउछ । शुक्रबार हप्ताको अन्तिम दिन र भोली पल्ट बिदा हुने भएकाले दम्पती र युवायुवती शुक्रबार यौन सम्पर्क गर्ने भएकाले कण्डमको बिक्री दोब्बर हुने गरेको मेडिकल हल र कण्डम हाउस सञ्चालक बताउछन् । राजधानीका अधिकांश होटेल, लज, गेष्टहाउस, भिलेज रिसोट पनि अरु…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search