Karnali Aawaj

Advertisement
Advertisement

समाचार

दैलेखको दुल्लुमा बिहे गर्न वडाको अनुमति लिनुपर्ने

दैलेखको दुल्लुमा बिहे गर्न वडाको अनुमति लिनुपर्ने

दैलेख । दैलेखको दुल्लु नगरपालिकाको १२ नं. वडाले बिहे गर्न वडाबाट अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । बाल विवाह न्यूनीकरण गर्न भन्दै वडाले उक्त क्षेत्र बिहे गर्ने युवा वा युवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने बनाएको हो । वडाले असार २६ गते एक सूचना जारी गरी साउन १ गतेबाट बिहेका लागि वडाको सिफारिस अनिवार्य रुपमा लिन जानकारी दिएको हो । असार २१ गते बसेको वडा समितिको बैठकले विहेका लागि वडाको सिफारिस चाहिने निर्णय गरेको थियो । वडामा ५० प्रतिशतभन्दा बढीले बाल विवाह गर्दै आएको र न्यूनीकरणका लागि जनचेतनामूलक विभिन्न कार्यक्रम गर्दा पनि कमी नभएपछि अनुमति सिफारिस लिनुपर्ने व्यवस्था गरेको…
Read More
जाजरकोटमा करेन्ट लागेर ३ जना घाइते

जाजरकोटमा करेन्ट लागेर ३ जना घाइते

जाजरकोट । जाजरकोटमा करेन्ट लागेर ३ जना घाइते भएका छन । भेरी नगरपालिका–४ स्थित गणेश वलीको घर निर्माणका क्रममा गिट्टी पेल्ने मिक्सर मेसिनमा विद्युत् सर्ट भई लागेको करेन्टले ३ जना घाइते भएका हुन । घाइते हुनेहरुमा भेरी नगरपालिका ७ का २६ वर्षिय चन्द्रप्रकाश घर्ती, सल्यान जिल्ला कुमाख गाउँपालिका ६ का २६ वर्षीय गोपाल डिसी, र ३२ वर्षीय दिपक रावत रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक माधब विश्वकर्माले जानकारी दिए । घाइतेहरुको जिल्ला अस्पतालमा जाजरकोटमा उपचार भइरहेको र उनिहरुको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाई छ ।
Read More
जाजरकोटमा पहिरोको जोखिममा रहेका २ गाउँका १३ परिवारलाई अन्यत्र सारियो

जाजरकोटमा पहिरोको जोखिममा रहेका २ गाउँका १३ परिवारलाई अन्यत्र सारियो

जाजरकोट । जाजरकोटमा पहिरोको जोखिममा रहेका २ गाउँका १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको हो । गत कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले सो स्थानलाई बस्न जोखिम बनाएको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा सो गाउँका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको हो । भेरी नगरपालिका –१ च्याउपानीका पहिराको उच्च जोखिममा रहेका ११ घरपरिवारलाई अन्यत्र सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । ती मध्ये ६ परिवारलाई भेरी–१ मैदेगाउँको खुला चौर र अन्यलाई तत्कालका लागि आफन्तकहाँ बस्ने व्यवस्था…
Read More
महिलाहरुको बाँझोपन निको पार्छु भन्दै ठगी गर्ने महिला पक्राउ

महिलाहरुको बाँझोपन निको पार्छु भन्दै ठगी गर्ने महिला पक्राउ

सुर्खेत । आफूलाई दुर्गामाता बताउदै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । कालिकोटको तिलागुफा नगरपालिका क्षेत्रमा माता हुँ र बाँझोपना हटाइदिन्छु भन्दै ठगी गर्ने महिलालाई सुर्खेतबाट पक्राउ गरिएको हो । गाउँका सोझा महिलाहरुलाई बाँझोपना हटाइदिन्छु भनेर झुक्याई ठगी गरेको उजूरीको आधारमा हजरुन खातुनलाई कालिकोट प्रहरीले सुर्खेत प्रहरीको समन्वयमा वीरेन्द्रनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।
Read More
कर्णालीको विद्युत सेवा अवरुद्ध

कर्णालीको विद्युत सेवा अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशमा आइतबार बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको छ । सुर्खेतको लेकबेशी नगरपालिका-६, हिलेशोतामा रुख ढलेर विद्युत तारमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध भएको हो । कोहलपुर-सुर्खेत ३३ केभी अन्तर्गतको मुख्य लाइन अवरुद्ध भएपछि सुर्खेत, दैलेख, कालिकोट हुँदै माथिल्लो कर्णालीका जिल्लाहरू समेत विद्युत विहीन बनेका हुन् । विद्युत तार बनाउन अझै केही समय लाग्ने विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका सूचना अधिकारी बेनी नेपालीले बताए ।
Read More
बाढी, पहिरो र डुबानबाट ३ दिनमा १४ जनाको मृत्यु

बाढी, पहिरो र डुबानबाट ३ दिनमा १४ जनाको मृत्यु

काठमाडौं । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य ३ जना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाडौँमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा एक जना गरी १४ जनाको मृत्यु भएको छ । काठमाडौँस्थित नागार्जुन नगरपालिका–३ को पहिरोमा पुरिएर गोरखा लखन थापा गाउँपालिका–६ का मनोज बिकको मृत्यु भएको थियो । पहिरोमा परी…
Read More
विपन्न समुदाय संलग्न सहकारीहरुलाई लेखा तथा व्यवस्थापन तालिम

विपन्न समुदाय संलग्न सहकारीहरुलाई लेखा तथा व्यवस्थापन तालिम

जाजरकोट । जिल्लाका विपन्न तथा सिमान्तकृत समुदाय संलग्न सहकारीहरुलाई लेखा तथा व्यवस्थापन तालिम दिइएको छ । सामाजिक विकास कार्यालयको लोपोन्मुख तथा सीमान्तकृत समुदायको लागि सचेतना अभिबृद्धि तथा अभिमूखिकरण तालिम कार्यक्रम अन्तरगत भिभिन्न १२ वटा सहकारीका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई ३ दिने लेखा तथा व्यवस्थापन तालिम दिइएको हो । लक्षित वर्ग विषेश कार्यक्रम अन्तरगत कार्यालयबाट विउपुँजी प्राप्त गरेका सहकारीहरुका पदाधिकारीहरुलाई ३ दिने तालिम प्रादन गरिएको कार्यालय प्रमुख यज्ञश्वर खत्रीले बताए । प्रमुख खत्रीका अनुसार सहकारीहरुको उद्देश्य अनुरुप लेखा प्रणालीको अवलम्बनका साथै अन्य व्यवस्थापकीय पक्षको सुधारका लागि तालिमको आयोजना गरिएको हो । सहकारी अभियान्ता राजु केसी, प्रकाश कुमार चन्द लगायतले तालिमको सहजिकरण…
Read More
भेरीको आगामी वर्षको बजेट १ अर्व ७ करोड

भेरीको आगामी वर्षको बजेट १ अर्व ७ करोड

जाजरकोट । भेरी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्व बढिको बजेट पारित गरेको छ । अषाढ १० र ११ गते सम्पन्न नगरसभाबाट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्व ७ करोड ६७ लाख १३ हजार ३८३ रुपैयाँको बजेट पारित गरेको हो । नगरको आन्तरिक आम्दानी र सरकारी अनुदान गरि ८८ करोड ५३ लाख १५ हजार ३८१ र विकास साझेदार निकायहरुबाट १९ करोड १४ लाखको अनुमान गरि उक्त बजेट ल्याइएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए । नगरप्रमुख घर्तीका अनुसार बजेटमा भूकम्प पछिको पुनसर््थापनासहित शिक्षा, स्वास्थ्य, कृषि रोजगारी र विकास निर्माणका अन्य पक्षहरुलाई प्राथमिकता दिइएको छ । बजेटले नगरपालिकाले संचालन…
Read More
मेयर घर्तीको आत्मकथा ‘जाजरकोटको एक अनन्त यात्री’ लोकार्पण

मेयर घर्तीको आत्मकथा ‘जाजरकोटको एक अनन्त यात्री’ लोकार्पण

जाजरकोट । भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीको आत्मकथा ‘जाजरकोटको एक अनन्त यात्री’ शनिबार लोकार्पण गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि ओलीले घर्तीलाई आत्मकथा प्रकाशन गर्ने पहिलो मेयर भएकोमा अभिनन्दन गर्दै शुभकामना दिए । उनले असार १५ गते नेपालका धेरै प्रसिद्ध व्यक्तिहरूको जन्मदिन पनि परेको उल्लेख गर्दै, लेखकलाई पनि यस्तै प्रसिद्धि मिलोस् भन्ने कामना गरे । कार्यक्रममा लेखन कुञ्जका अध्यक्ष कमल ढकाल, विश्व उत्प्रेरणा प्रशिक्षक रमण भट्टराई र ब्लाइन्ड रक्सकी अध्यक्ष सृष्टि केसी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । लेखकका परिवारजनमा…
Read More
जाजरकोटको सिडिओको जिम्मेवारी अधिकारीलाई

जाजरकोटको सिडिओको जिम्मेवारी अधिकारीलाई

जाजरकोट । जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा उपसचिव उमाकान्त अधिकारीलाई सरुवा गरिएको छ । गृह मन्त्रालयले आइतबार जाजरकोटको सिडिओको जिम्मेवारीमा अधिकारीलाई पठाउने निर्णय गरेको हो । यसअघि जाजरकोटको सिडिओको जिम्मेवारीमा रहेका सहसचिव ऋषिराज आचार्य स्वास्थ मन्त्रालयमा सरुवा भएपछि नयाँ सिडियो पठाइएको हो । अधिकारी लमजुङको प्रजिअ हुँदा ६० केजी सुन प्रकरणमा जोडिएपछि गृह मन्त्रालयमा तानिएका थिए । उक्त प्रकरणको छानबिनबाट निर्दोष देखिएपछि उनलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालय श्रोतले जनाएको छ । अधिकारी माघ ३ बाट चैत ४ सम्म लमजुङको प्रमुख जिल्ला अधिकारी थिए ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search