Karnali Aawaj

Advertisement
Advertisement

शिक्षकलेनै चिट चोराउने प्रवृत्तिले खस्कियो शैक्षिक गुणस्तर

शिक्षकलेनै चिट चोराउने प्रवृत्तिले खस्कियो शैक्षिक गुणस्तर

शिक्षकलेनै चिट चोराउने प्रवृत्तिले खस्कियो शैक्षिक गुणस्तर

जाजरकोट l सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न भविष्यमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ शिक्षामा वर्षेनी अर्बौ बजेट छुट्याउँदै आएको छ भने गैरसरकारी निकायले पनि शिक्षकलाई तालिमदेखि विद्यालय शिक्षा सुधारका लागि करोडौ बजेट खर्चिंदै आएका छन् । तर जाजरकोटका सरकारी विद्यालयको शैक्षिक उपलब्धि अपेक्षित रूपमा आउन सकेको छैन । माध्यमिक तहको शिक्षा गुणस्तर, व्यावहारिक र सीपमूलक नभएकै कारण जाजरकोटका ब्याचलर गरेका जनशक्ति पनि बेरोजगार बसेका छन् भने अधिकांश प्लस टु पढेका युवा कालापहाड र खाडीमा गएका छन् । सरकारी विद्यालयको शिक्षा गुणस्तर नहुनु, सरकारको लगानी अनुसार शैक्षिक उपलब्धि नहुनुका विभिन्न चुनौतीमध्ये परीक्षामा चिट चोराएर पास गराउने प्रवृत्ति मुख्य…
Read More
जाजरकोटमा अन्डर-१९ भलिबल कप सञ्चालन हुने

जाजरकोटमा अन्डर-१९ भलिबल कप सञ्चालन हुने

जाजरकोट । जाजरकोटमा अन्डर-१९ भलिबल कप सञ्चालन हुने भएको छ । आगामी चैत्र २४ गतेदेखि सदरमुकाम खलंगामा सहिद स्मृति यूवा क्लवको आयोजनामा कप सञ्चालन हुने भएको हो । सहिद स्मृति यूवा क्लवले प्रथम सहिद विदुर स्मृति यू-१९ भलिवल कप सञ्चालन गर्न लागेको आयोजक क्लवका अध्यक्ष प्रेमबहादुर विकले बताए । शनिवार खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी कप सञ्चालन बारे जानकारी गराईएको छ । जिल्लाको खेल क्षेत्रमा टेवा पुर्याउने हेतुले कपको आयोजना गरिएको विकको भनाई छ । कप सञ्चालनका लागि धेरै तयारी पुरा भएको सञ्चालन समितिका संयोजक विवश विक्रम शाहले बताए । कपमा प्रथम, द्धितीय र तृतीय हुनेलाइ क्रमस ५० हजार, ३५…
Read More
कारितास र यार्सनले बनाएका २ सय अस्थायी आवास हस्तान्तरण

कारितास र यार्सनले बनाएका २ सय अस्थायी आवास हस्तान्तरण

जाजरकोट । जाजरकोट र रुकुम पश्चिममा भुकम्प पीडितहरुका लागि निर्माण गरिएका २ सयवटा अस्थायी आवासहरु निर्माण गरि हस्तान्तरण गरिएको छ । नलगाड नगरपालिका वडा नं १ कल्पतमा ६३ वटा, भेरी नगरपालिका १ मैदे र कोल्चौरमा ७१ र आठबीसकोट नगरपालिकाको १३ र १४ मा गरि ६६ सहित जम्मा २ सयवटा अस्थायि आवास नगरपालिका र सम्वन्धित वडालाई लाई हस्तान्तरण गरिएको हो । कारितास अष्ट्रेलिया, कारितास अष्ट्रिया,मीजेरीयस नेपाल कारितास जर्मन र सीआरएस नेपाल सँगको आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको साझेदारिमा संचालित भूकम्प प्रभावितहरुका लागि तत्काल राहत तथा पुर्नलाभ कार्यक्रम अन्तरगत उक्त अस्थायी आवासहरु निर्माण सम्पन्न गरिएका…
Read More
विपद् जलवायु उत्थानशील पालिका बन्दै शिवालय

विपद् जलवायु उत्थानशील पालिका बन्दै शिवालय

जाजरकोट । शिवालय गाउँपालिकालाई विपद् जलवायु उत्थानशील पालिका घोषणा गरिने भएको छ । सहयोगी हातहरुको समुह (सहास) नेपाल अन्तरगत पाइला परियोजनाको सहयोगमा पालिकालाई विपद् जलवायु उत्थानशील पालिका घोषणा गरिने भएको हो । विपदका दृष्टिकोणले संकटासन्न अवस्थामा रहेको शिवालय गाउँपालिकामा जलवायू परिवर्तन न्युनीकरणका लागि विभिन्न अनुकुलित कार्यक्रमहरु सञ्चालन भईरहेका छन । जलवायु परिवर्तनका कारण हुने असरहरुका विषयमा गाउँपालिका बासीहरुलाई सचेत गराउँदै जलवायू अनुकुलनमैत्री सूचकहरु पुरा गरेपछि विपद् जलवायू उत्थानशील पालिका घोषणा गरिने गाउँपालिका प्रवक्ता दिपक खड्काले बताए । उनले भने, ‘सरकार प्रतिबद्ध छ, जनताले दुःख पाउनु हुँदैन, जलवायू परिवर्तन न्यूनीकरणका लागि पालिकाले छिट्टै कार्यविधी बनाएर अघि बढ्नेछ ।’ जलवायु परिवर्तनले पार्ने…
Read More
हावाहुरीले अस्थायी आवास उडाइदिएपछि भूकम्प पीडितको बिचल्ली

हावाहुरीले अस्थायी आवास उडाइदिएपछि भूकम्प पीडितको बिचल्ली

जाजरकोट । हावाहुरीले अस्थायी आवास उडाइदिएपछि जाजरकोट भूकम्प पीडितहरु बिचल्लीमा परेका छन । शनिबार आएको ठुलो हावाहुरीले अस्थायी आवास उडाइदिएपछि भूकम्प पीडितहरु थप समस्थामा गरेका हुन । बारेकोट गाउँपालिका वडा नं. ०६ ताँसीका हरिश्चन्द्र विक गत कार्तिक १७ गतेको भूकम्पले घर चिराचिरा पारेपछि अस्थायी आवासमा बस्दै आएका थिए । विकको घरमा १७ जनाको परिवार छ । ठूलो संख्यामा रहेको परिवारलाई जसोतसो अस्थायी आवासमा सारेका थिए । तर शनिवार दिउँसोतिर चलेको हावाहुरीले उनको अस्थायी आवास उडाईदियो । ‘घर भूकम्पले चर्किएको थियो, बस्न लायक छैन्, उनले भने, ‘अहिले कहाँ बस्ने विचल्ली भएको छ, हावाहु्रीले अस्थायी आवासको छाना उडाईदियो, ठूलो संख्यामा रहेको परिवारलाई…
Read More
मुगुमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृ*त्यु

मुगुमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृ*त्यु

सुर्खेत । मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जीप चालक सोरु गाउँपालिका–७, कविराज नेपाली र एक जना महिला रहेकी छिन् । महिलाको पहिचान भने खुल्न नसकेको मुगु प्रहरीले जनाएको छ । यस्तै उक्त घटनामा चार जना घाइते भएका छन । घाइतेमध्ये एक जना गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बुधबार दिउँसो साढे दुई बजे कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको जीप सदरमुकाम गमगढीबाट सोरु गाउँपालिकाको तारापानी भन्ने ठाउँतर्फ जाँदै गरेको थियो । सोरु गाउँपालिका–८, कटिया भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनाको…
Read More
भोलिदेखि एसईई परीक्षा, कर्णालीबाट ३५ हजार ८०८ विद्यार्थी सहभागी हुँदै

भोलिदेखि एसईई परीक्षा, कर्णालीबाट ३५ हजार ८०८ विद्यार्थी सहभागी हुँदै

सुर्खेत । बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरू हुँदैछ । कर्णालीबाट यो वर्ष ३५ हजार ८०८ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले कर्णालीमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बताइन । कर्णालीमा हरेक वर्ष एसईई दिने परीक्षार्थीको सङ्ख्या घट्दै गइरहेको छ । गत वर्ष कर्णालीबाट ३८ हजार ९७० जना विद्यार्थी एसईईमा सहभागी बनेका थिए । गत वर्षको तुलनामा यो वर्ष ३ हजार १६२ जना विद्यार्थी घटेको देखिन्छ । प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार यो वर्ष एसईईमा सहभागी हुने परीक्षार्थीमध्ये १७ हजार ६२३ छात्र र १८ हजार १५८ छात्रा छन् । परीक्षाका लागि प्रदेशभर…
Read More
भूकम्प पीडितबाट लिएको रकम फिर्ता गर्न स्थानीय प्रशासनको आग्रह

भूकम्प पीडितबाट लिएको रकम फिर्ता गर्न स्थानीय प्रशासनको आग्रह

जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडा समितिले भूकम्प पीडितबाट पैसा लिनु कानून विपरीत भएको भन्दै तत्काल फिर्ता गर्न आग्रह गरेको छ । प्रशासनले एक विज्ञप्ती जारी गर्दै यहाँका केही स्थानीय तहका वडाहरुले विभिन्न बहाना गरी भूकम्प पीडितबाट पैसा लिईरहेको भन्दै प्रशासनले उक्त कार्य बन्द गर्न आग्रह गरेको हो । नलगाड नगरपालिकाको ३ नं. वडाले स्वास्थ्य चौकी र शिक्षाको भवन बनाउने भन्दै भूकम्प पीडित बाट एक हजार पैसा लिईरहेको प्रति प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालेद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ, ‘अस्थायी आवास अनुदान रकम वितरण गर्ने सन्दर्भमा पुर्याउनु पर्ने विधि र प्रक्रिया…
Read More
जिल्ला सदरमुकामै छैन बसपार्क

जिल्ला सदरमुकामै छैन बसपार्क

जाजरकोट । सदरमुकाम खलंगामा बसपार्क नहुदाँ गाडी पार्किङ्ग गर्नलाई समस्या भएको छ । साँघुरो बस पार्कमा गाडी पार्किङ्ग गर्नुपर्ने समस्या भएको हो । जिल्लामा मोटरबाटो पुगेको १७ बर्ष पुगेको छ तर यातायातका साधन राख्ने ठाउँ समेत छैन । सदरमुकाम खलंगाको शान्तिचौतारामा साघुरो बसपार्क छ, त्यसमा बस खचाखच कोच्ने गरिएको छ । जाजरकोट डोल्पा सडकको जीरो प्वाइन्ट शान्तिचौतारा र तल्लोथाप्ले सडकमै यातायात पार्किङ्ग गरिदै आएको छ । फराकिलो तथा व्यवस्थित बसपार्क नहुँदा गाडी पार्किङ्ग गर्नलाई ठुलो समस्या भएको यातायात व्यवसायीको भनाई छ । गाडी राख्ने र मोड्नलाई फराकिलो ठाउँ नहुँदा गाडी चालकलाई समस्या परेको देखिन्छ । बसपार्क साँघुरो हुदाँ मोटर साइकल,…
Read More
तीस बर्षपछि भयो बाबु छोराको भेट

तीस बर्षपछि भयो बाबु छोराको भेट

जाजरकोट । भेरी नगरपालिका‒१ रावतगाउँका एक बाबुछोराको तीस बर्षपछि भेट भएको छ । रावतका ८५ बर्षिय नदे कामी र उनका ५५ बर्षका छोरा हर्कबहादुर कामी वीच तीन दशकपछि घरमा भेटघाट भएको हो । तीस बर्ष पहिले वेपत्ता भएका हर्कबहादुर परिवारको सम्पर्कमा आएपछि आफन्त भारतमा लिन गएका थिए । भारतको कोलकताको एउटा अस्पतालमा उपचाररक्त रहेका हर्कलाई भारत प्रहरी मार्फत नेपाल प्रहरीको सहयोगमा फेला पार्न सफल भएको उनका भान्ज गणेश महरले बताए । ‘मामा कोलकतामा उपचार गराईरहनुभएको रहेछ, २०१५ देखि मामा अस्पपालमा भर्ना हुनुभएको रहेछ, उनले भने, ‘अहिले मामाको होस आएपछि अस्पतालले जानकारी गराएपछि हामीलाई थाहा भयो ।’ गणेश हर्कलाई लिन भारतको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search