Karnali Aawaj

Advertisement
Advertisement

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्माणका कार्यले नाङ्गिदै गएका वन पाखाहरू पछिल्लो समय हरियालीमा रूपान्तरण हुन थालेका छन । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा स्थानीय पाँचतारा युवा संरक्षक मञ्च अन्तरगत संचालित 'माई फरेष्ट चाइल्ड' परियोजना मार्फत सुरु गरिएको वृक्षरोपण, विद्यालय सुधार र समुदाय सशक्तीकरण अभियानले सुख्खा डाँडा पाखाहरूको पहिचान बदलिन थालेको छ । परियोजना मार्फत वनको पहिचान मात्र होइन स्थानीय उपभोक्ताहरूको सोच, जीवनशैली र दैनिकी समेत बदलिदिएको छ । परियोजनाले जिल्लाको छेडागाड नगरपालिका १, ४, र १२ नं. वडाका विभिन्न १२ सामुदायिक वनमा आफ्नो कार्यक्षेत्र…
Read More
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस गर्नेमा भेरी नगरपालिका पहिलो स्थानीय तह बनेको छ । भेरी नगरपालिकाका सबै वडा र जिल्लाका अन्य स्थानीय तहका अधिकांश वडाहरूमा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस गर्न सुरू भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने हुँदा यो सेवा प्रभावकारी हुने विश्वास लिइएको छ । नगरपालिकाले वडा नं ६ बाट जिल्लामा पहिलो पटक अनलाईन प्रणालीबाट नागरिकताको…
Read More
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभ्ने गरी मन्त्रालयको संख्या घटाएको हो । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ८ वटा मन्त्रालय रहेकोमा अब ७ सदस्य प्रदेश मन्त्रिपरिषद् हुनेछ । प्रशासनिक पुनर्संरचनाअनुसार पहिलो चरणमा कानुन मन्त्रालयलाई मुख्यमन्त्री कार्यालयमा गाभिएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद शाहले जानकारी दिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेलले आफैंसँग राखेका थिए । प्रवक्ता शाहका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कार्यक्षेत्र रहेका कामहरू अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेगरी कार्यविभाजन…
Read More
कर्णालीमा २० लाख कमका आयोजना नबन्ने

कर्णालीमा २० लाख कमका आयोजना नबन्ने

सुर्खेत । कर्णाली प्रदेशको विकास प्रक्रियालाई थप पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले प्रदेश सरकारले ‘आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१’ लाई संशोधन गरेर कार्यान्वयनमा ल्याएको छ । यो कार्यविधि गत फागुनमा ल्याइएको थियो । पहुँचका भरमा झ्यालबाट योजना हाल्ने विकृत अवस्था अन्त्य गर्न, कर्णालीमा विकास गर्नेभन्दा पनि खाने परम्परालाई अन्त्य गर्न आवश्यक भएको भन्दै मुख्यमन्त्री यामलाल कँडेलले कानुनै बनाएर लागु गरेका हुन् । तर ढिलो गरी कार्यविधि ल्याउँदा बजेट निर्माणदेखि योजना छनोटका बेला उद्देश्य अनुरुप कार्यान्वयनमा जान सकेन । यसअघिको कमजोरीलाई सच्याउँदै सरकारले उक्त कार्यविधि संशोधन गरेको प्रदेश योजना आयोगले जनाएको छ । मन्त्रिपरिषद्बाट असोज २८ गते…
Read More
लोक तथा दोहोरी गीत प्रतिष्ठान जाजरकोटको अध्यक्षमा आर.सी

लोक तथा दोहोरी गीत प्रतिष्ठान जाजरकोटको अध्यक्षमा आर.सी

जाजरकोट । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमित जाजरकोटको अध्यक्षमा बल बहादुर आर.सी (बलु) चयन भएका छन । आज सम्पन्न प्रतिष्ठानको २० औ साधारण सभा तथा ७ औ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा आर.सी सर्वसम्मत चयन भएका हुन । जाजरकोटको छेडागाड नगरपालिका १२ आलमा जन्मेका आर.सी लामो समय देखि गीत संगितको क्षेत्रमा सक्रिय रहेका छन ।
Read More
भेरी नगरपालिका र स्वास्थ्य कार्यालय बिचको क्रिकेट प्रतियोगितामा नगरपालिका विजयी

भेरी नगरपालिका र स्वास्थ्य कार्यालय बिचको क्रिकेट प्रतियोगितामा नगरपालिका विजयी

खलंगा । भेरी नगरपालिका र स्वास्थ्य कार्यालय जाजरकोट बिचको क्रिकेट प्रतियोगितामा नगरपालिकाले जित हात परेको छ । सदरमुकाम स्थित त्रिभुवन माविको खेल मैदानमा शनिवार विहान भएको खेलमा स्वास्थ्य कार्यालयलाई ७ विकेटले हराउँदै नगरपालिकाले जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको स्वास्थ्य कार्यालयको टिमले ५ विकेटको क्षतिमा १ सय ३८ रनको लक्ष दिएको थियो । जवाफी ब्याटिङ गरेको नगरपालिकाको टिमले १० ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटाएको टिम क्याप्टेन सुर्य लम्सालले बताए । यी दुई टिमबिच यसअघि सम्पन्न प्रतियोगिताहरुमा नगरपालिका र स्वास्थ्य कार्यालयले समान १।१ खेलमा जित हासिल गरेका थिए । जित संगै आफ्नो टिमले ११ हजार नगद…
Read More
कर्णाली याक्सको जर्सी ४ हजार उचाइको नदाइ डाबमा सार्वजनिक

कर्णाली याक्सको जर्सी ४ हजार उचाइको नदाइ डाबमा सार्वजनिक

सुर्खेत । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सले आफ्नो जर्सी हिम क्षेत्रमा सार्वजनिक गरेको छ । जाजरकोट र जुम्लाको सीमा क्षेत्रको कुशेपाटनमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल नदाइ डाबमा जर्सी सार्वजनिक गरिएको हो । यसले नदाइ डाबको प्रचार हुनुका साथै कर्णाली याक्सप्रति स्थानीयको अपनत्व हुने विश्वास गरिएको छ । जर्सी सार्वजनिक गरिएको नदाइ डाबको उचाइ ४ हजार मिटरभन्दा माथि छ । यो क्षेत्रमा अहिले अत्यधिक हिमपात भएको छ । हिउँ जमेकै क्षेत्रमा जर्सी सार्वजनिक गरिएको हो । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्समा विदेशी खेलाडीहरु अष्ट्रेलियाका अलराउण्डर विलियम बसिस्टो, नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ’डाउड, स्कटल्याण्डका अलराउण्डर मार्कवाट अनुबन्ध भएका छन…
Read More
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा

‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा

युवा लेखक क्षितिज समर्पणको पहिलो उपन्यास ‘तोरकीन’ सार्वजनिक भएको छ । माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु–संस्कार, रहनसहन, बसाइँसराइ, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवम् भौगोलिक इतिहासको कथालाई खोज–अनुसन्धान गरी मिथकीय शैलीमा उपन्यासमा प्रस्तुत गरिएको छ । उपन्यासबारे लेखक समर्पण भन्छन्, ‘मैले रित्तिँदै गएका वस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको कथा लेखेको हुँ । यस उपन्यासमार्फत् पाठकलाई फेरि मानव सभ्यताको जरामा फर्काउने कोसिस गरेको छु ।’ उपन्यासमा छेवाङ र कुन्साङ मुख्य पात्रमार्फत तीन पुस्ताको कथाभित्र मानव जीवनमा आउने आरोह–अवरोह तथा सपना र सम्बन्धहरूको यथार्थपरक चित्रण गरिएको छ । स्थानीय ल्होवा भाषामा…
Read More
स्वास्थ्यचौकी भुर बन्यो उत्कृष्ट स्वास्थ्य संस्था

स्वास्थ्यचौकी भुर बन्यो उत्कृष्ट स्वास्थ्य संस्था

खलंगा । भेरी नगरपालिका ९ स्थित स्वास्थ्यचौकी भुर उत्कृष्ट स्वास्थ्य संस्था बन्न सफल भएको छ । नगरपालिका अन्तरगतका १२ वटा स्वास्थ्य संस्थाहरु मध्ये स्वास्थ्यचौकी भुर पालिकाकै उत्कृष्ट बन्न सफल भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सम्पन्न आर्थिक वर्ष २०८१।८२ को पालिका स्तरिय वार्षिक समिक्षा गोष्ठीमा स्वास्थ्य चौकी भुरलाई उत्कृष्ट स्वास्थ्यचौकीका रुपमा सम्मान गरिएको छ । स्वास्थ्य क्षेत्रका विभिन्न सूचकहरुका आधारमा स्वास्थ्य चौकी तर्फ भुरले ८१.५५ प्रतिशत अंक प्राप्त गरेर प्रथम भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डा. लक्ष्मण विक्रम जिसीले बताए । त्यसैगरी आधारभूत स्वास्थ्य केन्द्र तर्फ भेरी नगरपालिका १ स्थित पिपे आधारभूत स्वास्थ्य केन्द्र उत्कृष्ट भएको छ ।…
Read More
जाजरकोटमा ट्याक्टर दुर्घटना र करेन्ट लागेर २ जनाको मृत्यु

जाजरकोटमा ट्याक्टर दुर्घटना र करेन्ट लागेर २ जनाको मृत्यु

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१० आलि स्थित छिन्चु–जाजरकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । सोमबार बिहान करिब ७ ४५ बजे फेराबजारबाट छेडा बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–००२ त ०६०७ नम्बरको ट्याक्टर सडकबाट करिब १०० मिटर तल भेरी नदीको किनारमा खसेको हो । दुर्घटनामा परेर भेरी नगरपालिका ९ का १९ वर्षीय चालक धन बहादुर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीले जानकारी दिए । ट्याक्टरमा सवार भेरी नगरपालिका ७ निवासी १५ वर्षीय विरेन्द्र परियार घाइते भएका छन । उनलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट ल्याइएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search