Karnali Aawaj

Advertisement
Advertisement

भेरी नगरपालिकामा स्थानीय रोजगार प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

भेरी नगरपालिकामा स्थानीय रोजगार प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

भेरी नगरपालिकामा स्थानीय रोजगार प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

जाजरकोट । भेरी नगरपालिकाले “श्रमको सम्मान, राष्ट्रको अभियान” अन्तरगत आफ्नै पौरख आफ्नै गौरव सम्बन्धी पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा रोजगार संयोजक भरत कुमार शर्माले “श्रमको सम्मान, राष्ट्रको अभियान” अन्तरगत आफ्नै पौरख आफ्नै गौरव सम्बन्धि कार्यक्रमको अवधारणा, उद्देश्य र आवश्यकताका बारेमा प्रस्तुति राखेका थिए । नगर उपप्रमुख सीता जैसीको अध्यक्षता तथा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधिहरू सहित सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा स्थानीय स्तरमा रोजगारी प्रवर्द्धनका विषयमा बृहत छलफल भएको थियो । स्थानीय सरकार र साझेदार संघ संस्थाहरूले गर्ने हरेक क्रियाकलापहरूमा रोजगारीको विषयलाई प्राथमिकता दिनु पर्ने सहभागीहरूको जोड रहेको थियो । साथै भेरी नगरपालिकामा…
Read More
पोषणमैत्री बन्दै भेरी नगरपालिका: वडा नं. १३ र ९ जिल्लाकै पहिलो र दोस्रो बन्न सफल

पोषणमैत्री बन्दै भेरी नगरपालिका: वडा नं. १३ र ९ जिल्लाकै पहिलो र दोस्रो बन्न सफल

जाजरकोट । भेरी नगरपालिका जिल्लाकै पोषणमैत्री नगरपालिका बन्ने भएको छ । पालिकालाई नै पोषणमैत्री बनाउने उद्देश्यका साथ वडा नं. १३ र ९ लाई औपचारिक रूपमा पोषणमैत्री वडा घोषणा गरिएको छ। नेपाल सरकारले तोकेको ४९ वटा पोषण सूचकहरू पूरा गरेपछि वडा नं. १३ लाई जिल्लाकै पहिलो तथा वडा नं. ९ लाई जिल्लाकै दोस्रो पोषणमैत्री वडाका रूपमा घोषणा गरिएको हो । जनप्रतिनिधि, स्वास्थ्य संस्थाहरू, महिला समूह, समुदायका अगुवा तथा विभिन्न संघसंस्थाको समन्वय र सक्रियताले यो उपलब्धि हासिल भएको नगरपालिकाले जनाएको छ । वडाध्यक्ष हिराप्रसाद शर्माका अनुसार पोषण क्षेत्रमा देखिएका कमजोरीहरू पहिचान गरी निरन्तर अनुगमन, सचेतना कार्यक्रम र सेवाको पहुँच विस्तारसँगै परिणाममुखी कार्यान्वयन…
Read More
एसईई नतिजा: जाजरकोटमा १ सय २२ जनाले ल्याए ‘ए प्लस’

एसईई नतिजा: जाजरकोटमा १ सय २२ जनाले ल्याए ‘ए प्लस’

जाजरकोट । जाजरकोटमा एसईई परीक्षा २०८१ को नतिजा उत्साहजनक देखिएको छ । यस वर्षको एसईई परीक्षामा जिल्लाभरका ४ हजार ३ सय विद्यार्थी सहभागी भएका थिए । जसमध्ये १२२ जनाले सबैभन्दा उच्च ग्रेड ‘ए प्लस’ हासिल गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटले दिएको विवरण अनुसार जिल्लाको एसईइको नतिजा अघिल्ला वर्षहरूको तुलनामा केही सुधारोन्मुख देखिएको हो । यस वर्ष ‘ए’ ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या १ हजार ७९ पुगेको छ भने ‘बी प्लस’ ल्याउने विद्यार्थी १ हजार ६ सय ३३ जना छन । त्यस्तै ‘बी’ ग्रेड प्राप्त गर्ने विद्यार्थी ६ सय ५८ जना रहेका छन् भने ‘सी प्लस’ ल्याउने…
Read More
भेरी नगरपालिका र स्वास्थ्य कार्यालय बिचको क्रिकेट प्रतियोगितामा नगरपालिका विजयी

भेरी नगरपालिका र स्वास्थ्य कार्यालय बिचको क्रिकेट प्रतियोगितामा नगरपालिका विजयी

खलंगा । भेरी नगरपालिका र स्वास्थ्य कार्यालय जाजरकोट बिचको टि-२० क्रिकेट प्रतियोगितामा भेरी नगरपालिकाले जित हात परेको छ । सदरमुकाम स्थित त्रिभुवन माविको खेल मैदानमा शनिवार विहान भएको खेलमा स्वास्थ्य कार्यालयलाई ४१ रनले हराउँदै भेरी नगरपालिकाले जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नगरपालिकाको टिमले ७ विकेटको क्षेतीमा १ सय ८८ रनको लक्ष दिएको थियो । जवाफी ब्याटिङ गरेको स्वास्थ्य कार्यालय टिम १५ ओभरको समाप्तिमा १ सय ४६ रनमा अल आउट भएको हो । जितका लागि भेरी नगरपालिकाको  टिमबाट सर्वाधिक नविन वली र प्रकाश घर्तीले समान ४७ रनको साझेदारी गरे । त्यस्तै धर्म प्रकाश घर्तीले ३१ रन…
Read More
चीनको प्रारम्भिक प्रतिवेदन : दैलेखमा छ नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस

चीनको प्रारम्भिक प्रतिवेदन : दैलेखमा छ नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस

सुर्खेत । दैलेखको जलजलेमा गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्यअन्तर्गत गरिएको ड्रिलिङ कार्यबाट प्राप्त प्रारम्भिक प्रतिवेदन चीनको जिओलोजिकल सर्वे कम्पनीले नेपाल सरकारलाई बुझाएको छ । दैलेखको एउटा खण्ड जलजलेमा गरिएको अन्वेषणको प्रतिवेदन सँगै दैलेखका अन्य तीन स्थानमा पनि मिथेन ग्याँस रहेको र जुन ग्याँसले नेपाललाई ५० वर्षसम्म पुग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार २०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो कुवाको ड्रिलिङको काम चार हजार १३ मिटर गहिराइमा पुगेको थियो । उक्त स्थानमा एक अर्ब १२ करोड घन मिटर मिथेन ग्याँस भएको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ। चार स्थानमा रहेका भण्डारणबाट करिब ५० वर्ष नेपाललाई पुग्नेगरि ग्याँस हुन…
Read More
अनेरास्ववियुको कान्छी केन्द्रीय सदस्य बनिन जाजरकोटकी सन्जिता

अनेरास्ववियुको कान्छी केन्द्रीय सदस्य बनिन जाजरकोटकी सन्जिता

जाजरकोट । जाजरकोटकी सन्जिता साह अनेरास्ववियुको कान्छी केन्द्रीय सदस्यको रुपमा निर्वाचित भएकी छन । काठमाडौंमा सम्पन्न अनेरास्ववियुको महाधिवेशनबाट कर्णाली भूगोल तर्फ निर्वाचित साह देशकै कान्छी केन्द्रीय सदस्यको रुपमा निर्वाचित भएकी हुन । १७ वर्षिय साहले कर्णाली भूगोल महिला तर्फ सर्वाधिक ७९ मत प्राप्त गरेर निर्वाचित भएकी हुन । जाजरकोटको भेरी नगरपालिका १ कालेगाउँकी साह यस अघि अनेरास्ववियु कर्णाली प्रदेश कमिटीमा पनि सबै भन्दा कान्छी सदस्यका रुपमा निर्वाचित भएकी थिइन ।
Read More
कर्णालीका स्थानीय तहका कर्मचारीहरूको माग सम्बोधन गर्न सरकारी वार्ता समिति गठन

कर्णालीका स्थानीय तहका कर्मचारीहरूको माग सम्बोधन गर्न सरकारी वार्ता समिति गठन

सुर्खेत । स्थानीय तहका कर्मचारीहरूको माग सम्बोधन गर्न ३ सदस्यि वार्ता समिति गठन भएको छ । शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कानुन सचिब विरेन्द्र बहादुर केसिको संयोजकत्त्वमा उपसचिव कृष्ण प्रसाद खरेल र शाखा अधिकृत दिपेन्द्र कुमार सिंह सदस्य रहेको वार्ता समिती गठन भएको प्रेस विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा आन्दोलनरत पक्षका प्रतिनिधीसंग समितिका तर्फबाट छलफल गरिने हुँदा आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु स्थगीत गरी नियमित कामकाजमा फर्कन अपिल गरिएको छ। कर्मचारीहरुका ट्रेड युनियनहरुको पहलमा आन्देलनरत पक्ष र प्रदेश सरकारको द्धिपक्षीय छलफल पछी वार्ता समिती गठन गरिएको नेपाल निजामती कर्मचारी सगठन प्रदेश महासचिव प्रकाश शार्माले जानकारी दिए । प्रदेश सरकारले ‘स्थानीय सेवा…
Read More
अब प्रेम सम्बन्धको पनि बिमा, ५ वर्षसम्म टिक्यो भने १० गुणा पैसा पाइने

अब प्रेम सम्बन्धको पनि बिमा, ५ वर्षसम्म टिक्यो भने १० गुणा पैसा पाइने

एजेन्सी । अब प्रेम सम्बन्धको पनि बिमा गर्न पाइने भएको छ । जिकीलभ नामक एक वेबसाइटले यो योजना सार्वजनिक गरेको हो । यो योजनामा निकै आकर्षक अफरहरु प्रस्ताव गरिएको छ । यो योजनाको बारेमा जानकारी दिनका लागि गरिएको सामाजिक संजाल पोस्ट पनि भाइरल भएको छ । पोस्टमा भनिएको छ ‘यदि तपाइँले आफूले साँचो माया पाएँ भन्ने लाग्छ भने ५ वर्षसम्म हरेक वर्ष निश्चित रकम लगानी गर्नुहोस् । यदि तपाइँको सम्बन्ध विवाहमा पुगेर टुंगियो भने हामी तपाइँलाई लगानीको १० गुणा प्रतिफल दिनेछौं ।’ तर, यदि ५ वर्षको अवधिमा जोडीको सम्बन्ध टुट्यो भने उनीहरुले केही पनि पाउने छैनन् । कम्पनीका अनुसार जिकीलभ…
Read More
स्वास्थ्य क्षेत्र सुधारमा भेरी नगरपालिकाः स्वास्थ्य चौकी कुदु र भुर ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

स्वास्थ्य क्षेत्र सुधारमा भेरी नगरपालिकाः स्वास्थ्य चौकी कुदु र भुर ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

जाजरकोट । जिल्लाको भेरी नगरपालिका ९ मा रहेको भुर स्वास्थ्य चौकीलाई जिल्लाकै दोस्रो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । सोमबार १ औपचारिक कार्यक्रमको आयोजना गरी भुर स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको भेरी नगरपालिका ९ का वडाध्यक्ष हिराप्रसाद शर्माले जानकारी दिए । १० मापदण्ड र १६ वटा सुचक पुरा गरेपछि स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने निर्देशिकानुसार स्वास्थ्य चौकीको जनशक्ति व्यवस्थापन, उर्जा, खानेपानी, शौचालय तथा फोहर व्यवस्थापन, औषधीहरुको सुरक्षित प्रयोग, सामाजिक सचेतना, भौतिक संरचनाको व्यवस्थापन लगाएतका १० वटा मापदण्डलाई पुरा गरेको भुर स्वास्थ्य चौकी इन्चार्ज लाल बहादुर खड्काले जानकारी दिए…
Read More
वित्तिय सुशासन र कार्य सम्पादन मुल्याङ्कनमा भेरी नगरपालिका पहिलो

वित्तिय सुशासन र कार्य सम्पादन मुल्याङ्कनमा भेरी नगरपालिका पहिलो

जाजरकोट । वित्तिय सुशासन र कार्यसम्पादन मुल्याङ्कनमा भेरी नगरपालिका पहिलो भएको छ । जिल्ला समन्वय समितिले आर्थिक वर्ष २०८०।८१ मा गरेको मुल्याङ्कनमा जाजरकोटका ७ वटा स्थानीय तहहरु मध्ये भेरी नगरपालिकाको बेरुजू सबै भन्दा कम देखिएको हो । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन अनुसार भेरी नगरपालिका कर्णालीका उत्कृष्ट १० मध्ये ७ औ नम्बरमा रहेको छ । कर्णालीका उत्कृष्ट १० मध्ये पहिलो रहेको सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको बेरुजू ०.४४ प्रतिशत रहँदा भेरी नगरपालिकाको ०.९८ प्रतिशत रहेको छ । हालसम्म सम्परिक्षण गरेको तथ्याङ्कलाई आधार मान्ने हो भने आफुहरुको बेरुजू प्रतिशत घट्ने भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए । त्यसपछि आफ्नो नगरपालिका कर्णालीको उत्कृष्ट…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search