५ आश्विन २०८३ १०:३४
५ आश्विन २०८३ १०:३४
खलंगा । भेरी नगरपालिकाको वडा नं. ९ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अन्तर्गत राष्ट्रिय तथा स्थानीय सबै सूचक पूरा गरेपछि आइतबार एक समारोहबीच उक्त वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । वडा नं. ९ लाई भेरी नगरपालिकाको दोश्रो तथा जाजरकोट जिल्लाको नवौं बालमैत्री वडाको रूपमा घोषणा गरिएको छ । यसअघि भेरी नगरपालिकाको ८ नं. वडालाई बालमैत्री घोषणा भइसकेको छ भने छेडागाड नगरपालिकाका वडा नं. ४, ११, १२ र १३, तथा कुशे गाउँपालिकाका वडा नं. १, ५ र ९ बालमैत्री घोषणा भइसकेका छन । बालमैत्री वडा घोषणा समारोहमा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बालबालिकाको अधिकार सुनिश्चित…
