२४ असार २०८१ १५:४५
२४ असार २०८१ १५:४५
जाजरकोट । शुक्रबारदेखिको अविरल वर्षाले जाजरकोट र रुकुम पश्चिममा अस्थायी टहरामा बस्दै आएका भूकम्पपीडितको बेहाल भएको छ । गत कार्तिक १७ गते राति आएको भूकम्पले बस्ने घर भत्किएपछि अधिकांश भूकम्प पीडितहरु अस्थायी टहरामा बस्दै आएका थिए । ३ दिन देखि भारी वर्षाभएपछि टहराले छेक्न नसक्दा उनिहरुको भूकम्पले चर्काएकै घरमा सर्न बाध्य भएका छन । भूकम्पले चर्काएको घरहरुपनि लगातारको वर्षाले भत्किना थालेपनि उनिहरुको बिचल्ली भएको हो । ‘टहराभरि पानी चुहिएको छ, यहॉ त बस्नै समस्या भयो,’ जाजरकोटको भेरी नगरपालिका-१ का लालबहादुर महरले भने, ‘त्यसैले चर्किएको घरमा फेरि फर्कनुपर्यो, घरमा पनि भित्ताहरु चर्किएकै ठाउॅमा पानी परेर रसाउन थालेको छ, कुन दिन भत्किने…
