११ कार्तिक २०८३ ०९:४७
११ कार्तिक २०८३ ०९:४७
सुर्खेत । हिजो (कार्तिक ९) देखि सुरू भएको प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन। त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ बजे पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर विराटनगर किंग्समा आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकाजस्ता विदेशी खेलाडी छन्। अघिल्लो सिजनमा विराटनगर किंग्स दोस्रो क्वालिफायरसम्म पुगेको थियो। पहिलो क्वालिफायरलमा सुदूरपश्चिम र दोस्रो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि फाइनल खेल्न पाएन। चितवन राइनोज अघिल्लो सिजनमा प्लेअफ नपुगी बाहिरिएको थियो। यसपालि चितवनमा सिकन्दर राजा र रवि बोपाराजस्ता अनुभवी विदेशी खेलाडी छन्। त्यसैगरी अपराह्न साढे ४ बजे हुने दोश्रो खेलमा कर्णाली याक्सले…
