Karnali Aawaj

Advertisement
Advertisement

पर्यटन

ढल्ने अवस्था भएपछि जाजरकोट दरबारलाई पालले ढाकियो

ढल्ने अवस्था भएपछि जाजरकोट दरबारलाई पालले ढाकियो

जाजरकोट । ऐतिहासिक जाजरकोट दरबारलाई थप क्षति हुन नदिन पालले ढाकिएको छ । गत कार्तिक १७ गतेको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त र अत्यन्तै जीर्ण हुन पुगेको ऐतिहासिक जाजरकोट दरबारलाई मनसुनजन्य प्रकोप तथा बर्षादबाट थप क्षति हुन नदिन पालले ढाकिएको हो । डिभिजन वन कार्यालय जाजरकोटको सहयोगमा अत्यन्तै जोखिमका बाबजुद पालले ढाक्ने कार्य सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । १८५२ मा निर्माण गरिएको यो दरबारले गत कार्तिक १७ सहित ३ पटकको भूकम्पको धक्का झेलिसकेको छ ।  यसअघिका २ वटा भूकम्पले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुबै पटक दरबारलाई पुनःनिर्माण गरिएको थियो । यसपटकको भुकम्पले दरबार पुरै चर्किएर ढल्ने अवस्थामा…
Read More
रुकुमको सोलाबाङमा बन्यो कर्णालीकै पहिलो ‘सिसमहल’ मन्दिर

रुकुमको सोलाबाङमा बन्यो कर्णालीकै पहिलो ‘सिसमहल’ मन्दिर

रुकुम पश्चिम । मुसीकोट नगरपालिका - ४ सोलाबाङमा कलात्मक सिसमहल मन्दिर निर्माण भएको छ । शिवधाम क्षेत्र संरक्षण तथा सिसमहल मन्दिर निर्माण समितिले सिसैसिसाका कलात्मक आकृतिहरु सहितको मन्दिर निर्माण गरेको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जनार्दन शर्माका अनुसार यो मन्दिर एक रोपनी क्षेत्रफल जग्गामा निर्माण गरिएको छ । यो मन्दिर निर्माणका लागि आफू र बिमल शर्माले एक रोपनी जग्गा उपलब्ध गराएको उहाँले बताउनुभयो । मन्दिर परिसरमा विवाह मण्डपका साथै अन्य संरचनाहरु समेत बनाईएको छ । राप्ती राजमार्गबाट मन्दिरगेटसम्म पुग्नलाई सडक पक्कि बनाईएको छ । मन्दिरको भित्र सिसाका टुक्राहरु चप्काएर बुट्टा भरिएको छ भने सिसाका कलात्मक फूलहरु बनाईएको छ ।…
Read More
जाजरकोटका जंगलमा पहिलो पटक क्यामेरा ट्रयाप सर्वे सम्पन्न

जाजरकोटका जंगलमा पहिलो पटक क्यामेरा ट्रयाप सर्वे सम्पन्न

बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकाका सामुदायिक वनमा क्यामेरा जडानको काम सम्पन्न गरिएको छ । गाउँपालिका भित्रका वडा नं. ३ मा रहेको फुलवारी खाली सामुदायिक वन र वडा नं. ४ स्थित ढोटाचौर सामुदायिक वनमा क्यामेरा जडान गरिएको थियो । गत असार २० गते देखि जडान गरिएको क्यामेरामा रेडपाण्डाको वासस्थान रहेको ठाउँमा अन्य स्तानधारी वन्यजन्तुको पहिचान गर्न क्यामेरा जडान गरिएको थियो । रेडपाण्डा नेटवर्क र डाँफे यूवा क्लवको साझेदारीमा सञ्चालित पश्चिम नेपालमा सामुदायमा आधारित हाब्रे संरक्षण कार्यक्रम अन्तर्गत बारेकोट गाउँपालिका र डिभिजन वन कार्यालय जाजरकोटको सहकार्यमा क्यामेरा जडान गरिएको डाँफे यूवा क्लव जाजरकोटका कार्यक्रम संयोजक भुपलाल केसीले जानकारी दिए । पश्चिम नेपालको…
Read More
बुलबुले तालमा डुंगा चलाउने तयारी

बुलबुले तालमा डुंगा चलाउने तयारी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित बुलबुले तालमा डुंगा चलाउने तयारी गरिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले ठेक्कामा बुलबुले तालमा डुंगा चलाउने सूचना आह्वान गरेपछि छनोट भएको कम्पनीले डुंगा सुर्खेत ल्याउने तयारी गरेको हो । समितिले सूचना जारी गरेपछि पाँच कम्पनीले डुंगा चलाउनका लागि टेण्डर हालेका थिए । तर नेपाल अल्टीमेट वटार एडभेन्चर प्रा।लि। प्रा.लि. चितवनले सबैभन्दा बढी एक लाख ३५ हजार मासिक भाडा बुझाउने कबोल गरेपछि छनोट भएको हो । समितिले डुंगा चलाउने कम्पनीसँग सम्झौता गर्ने अन्तिम तयारी गरेको छ । यद्यपी नेपाल अल्टीमेट वटार एडभेन्चर प्रा.लि. छनोट भएपछि १३ सिट क्षमताको स्ट्रिम बोट तयार गरेर…
Read More
संरक्षणको पर्खाइमा ‘गोल्मा दरबार’

संरक्षणको पर्खाइमा ‘गोल्मा दरबार’

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा रहेको शेनबंशीय राजा गोल्माको दरबार संरक्षणको पर्खाइमा छ । संरक्षणको पर्खाइमा रहेको तत्कालीन बाइसे र चौबिसे राज्यकालका शेनबंशीय राजा गोल्माको दरबार क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी अहिले गोल्मा राजा बौद्ध बिहार जुटेको छ । उक्त क्षेत्रको विकासका लागि थाइल्यान्डले सहयोग गर्ने भएको छ । यही १० मङ्सिरमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साढे ९ फिटको बैरीबिनाश भगवान् बुद्धको मूर्ति स्थापना गर्ने  तयारी छ ।   सो क्षेत्रलाई ध्यान केन्द्रको रूपमा समेत विकास गरिने भिक्षु मेधंकर स्थविरले जानकारी दिए । उनकै खोज अनुसन्धानबाट ३५० वर्ष पहिलेको सो दरबार गोल्मा…
Read More
विदेशी पर्यटकहरूको भावना समेटिएको पुस्तक, visitor views of Nepal विमोचन

विदेशी पर्यटकहरूको भावना समेटिएको पुस्तक, visitor views of Nepal विमोचन

कार्तिक १८, काठमाडौँ । काठमाडौँ–१६, नयाँबजार स्थित ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनामा विदेशी पर्यटकहरूको भावना समेटेको पुस्तक, visitor views of Nepal  विमोचन गरिएको छ । कार्यक्रममा विभिन्न पर्यटन व्यवसायी, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पर्यटक व्यवसायी नवराज दाहाल, माओवादी नेता लेखनाथ न्यौपाने, प्राज्ञ डा.कौशिला रिसाल, पत्रकार सुकदेव दाहाल र अधिवक्ता विमल पोख्रेलले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए । पुस्तकको लेखक द्वय, डा.चूडा ढकाल र ईश्वरीप्रसाद ढकाल हुन् । विमोचन कार्यक्रममा कसले के भने ?  डा.चूडा ढकाल(लेखक) आजभन्दा १९ वर्ष पहिले देखि किताब लेख्न सुरु गरिएको हो । यो किताबलाई यहाँसम्म पुर्‍याउन धेरै सङ्घर्ष गर्नुपर्‍यो ।  ४४…
Read More
प्रधानमन्त्रीले गरे कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन

प्रधानमन्त्रीले गरे कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन

जोमसोम, १ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लाको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन् । बुधवार बिहान जलवायु संवादका लागि मुस्ताङ आइपुगेका प्रधानमन्त्री प्रचण्डले उक्त क्षेत्रको अवलोकन गरेका हुन । सो भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन गर्ने र स्थानीय जनतासँग अन्तरक्रिया गर्ने उनको सचिवालयले जनाएको छ ।
Read More
बुबाको चिया पसललाई चार तारे होटेल बनाउने एउटा कर्मठ छोराको कथा

बुबाको चिया पसललाई चार तारे होटेल बनाउने एउटा कर्मठ छोराको कथा

  विशाल बस्नेत महोत्तरी, २८  असोज । नरहरि  गौतमले सुरु गरेको सानो चिया पसलबाट जीविकोपार्जन होला कि नहोला भन्ने विषयमा उनका छोरा हिरा गौतम आफैँलाई विश्वास थिएन । करिब चार दशकअघि  बसमा यात्रारत यात्रुहरूलाई खाना खुवाउने, चिया पकाउने जस्ता काम गर्दागर्दै उनी आफैँलाई अनौठो लाग्थ्यो । बुबाले व्यापार नै जिन्दगीको सब थोक भएको सुनाएपछि हिराले जिन्दगीको परीक्षण होटेलबाट नै प्रारम्भ गर्ने निधो गरे । त्यसपछि २०५२ सालबाट सुरु भएको गौतमको होटेल व्यवसायको यात्रा बुबा नरहरिले भनेजस्तो जिन्दगीको सब थोक मात्र बनेन गौतम होटेल पहिचान र प्रतिष्ठाको राष्ट्रिय ब्रान्ड नै बन्यो । हुन त  हरेक सफलताको पछाडि असफलता, सङ्घर्ष, आत्मविश्वास, निराशा…
Read More
मध्य पाषाण युगको बस्तीसमेत रहेको मधेसको एक प्राकृतिक ‘भ्यु टावर’ ओझेलमा

मध्य पाषाण युगको बस्तीसमेत रहेको मधेसको एक प्राकृतिक ‘भ्यु टावर’ ओझेलमा

३१ भदौ, महोत्तरी । पहाडको फेदीमा खयरले छाएका फुसका घरहरू छन् । आकाशमा बाक्लै लोपोन्मुख जातको चरा गिद्ध र चिलहरू घुमिरहेका छन्  । पाखाहरूमा बाख्राहरू चरिरहेको छन् । गोठालाहरू सुस्केरा हालेर स्थानीय गीत गाई रहेको सुनिन्छ । त्यस माथि चराचुरुङ्गीहरूको सङ्गीतमय चिरबिरले यहाँ पुगेपछि जो कोहीले छुट्टै आनन्द लिन सक्छन् । प्राकृतिक छट्टाले अनेकौँ तरहले सिङारिएको यो  मनमोहक दृश्य हो, महोत्तरीको उत्तर वर्ती क्षेत्र राई मण्डलको । बर्दिबास नगरपालिकाको समथर भू-भाग छाडेर झन्डै ७ किलोमिटर माथि उक्लेपछि राईमन्डल पुगिन्छ । यही राईमन्डलमा रहेका भीम डाँडा र सोली घोप्टे नामक अजङ पहाडका दुई टाकुरालाई देखेपछि मधेसको समथर भू-भाग नियालिरहेको जस्तो महसुस हुन्छ । समुन्द्री…
Read More
अन्पाको तेस्रो साहित्यिक पदयात्रा सम्पन्न

अन्पाको तेस्रो साहित्यिक पदयात्रा सम्पन्न

काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले नियमित रूपमा गर्दै आएको साहित्यिक पदयात्रा–३ सम्पन्न गरेको छ । आश्विन १३ गतेका दिन काठमाडौँ नागार्जुन डाँडाको जामाचोसम्मको पदयात्रा, विभिन्न स्रष्टाहरूको सहभागितामा सम्पन्न भएको हो । ‘साहित्य तथा सिर्जनालाई अझ प्रस्फुटित गर्न तथा त्यसमा ऊर्जा थप्न विभिन्न रचनात्मक गतिविधिहरूको आवश्यकता पर्ने हुँदा साहित्यिक पदयात्रालाई निरन्तरता दिइएको’ अन्पाका महासचिव भीष्म जोशीले बताउनु भयो –‘यस प्रकारको गतिविधिलाई अझ व्यवस्थित तथा आकर्षक बनाउँदै नियमित गरिनेछ ।’ ककनी जाने बाटोमा रहेको फूलबारी गेटबाट ४ किमी उकालो पदयात्रा सुरु गरेर जामाचोसम्म पुगिएको अन्पाले ज्ञानघरलाई जानकारी गराएको छ । कार्यक्रममा स्रष्टाहरूले पदयात्राका साथै विभिन्न कविता, गीत, यात्रा अनुभूति, नृत्य…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search