Karnali Aawaj

Advertisement
Advertisement

कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८०

डक्टरी पढ्न कर्णाली आउँछन भारतीय विद्यार्थी

डक्टरी पढ्न कर्णाली आउँछन भारतीय विद्यार्थी

सुर्खेत । कनकासुन्दरी गाउँपालिका–२ का जंगबहादुर रोकाया दस बर्ष अघिको कर्णालीको स्वास्थ्य अवस्था सम्झिँदा निकै भक्कानिन्छन् । कार्यालय सहयोगीले चलाइराखेको स्वास्थ्य संस्थाबाट उनी आफैँले सेवा लिएका छन् भने औषधि अभावले सामान्य बिरामीले समेत अकालमा ज्यान गुमाएको देखेका छन् । सुत्केरीलाई समयमै अस्पतालसम्म पुर्‍याउन नसक्दा आमा र बच्चाको ज्यान जोखिममा पर्नु त कर्णालीको व्यथा नै थियो ।यतिसम्म कि मरेको शव पोर्ष्टमार्टमका लागि समेत दोहोरो भाडा तिरिदिएर नेपालगञ्जबाट डाक्टर झिकाउनुपर्थ्यो । स्वास्थ्य शिक्षा त झन् परको विषय थियो । आफ्नै गाउँका दर्जन बढी सामान्य चोटपटक लागेका बिरामी महँगो खर्च जुटाएर सुर्खेत, नेपालगञ्ज र काठमाडौं पठाउनु परेको तितो यथार्थ उनले भोगेका छन् ।…
Read More
भ्रष्टाचारको अभियोगमा १३ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचारको अभियोगमा १३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा १३ जना विरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले डोल्पाको मुड्केचुला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, डोल्पाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब-इन्जिनियर दिप नारायण यादवसहित आठ जनाविरुद्ध सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतलमा आज आरोपपत्र दायर गरेको हो । आयोगले सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका ललिताकुमारी साहसमेत पाँच जनाविरुद्ध आजै आरोपपत्र दायर गरेको छ । अभियुक्तहरूले खुद्रा मूल्यभन्दा दुई गुणा…
Read More
दीपेन्द्र माविले मनायो ६१ औं वार्षिकोत्सव

दीपेन्द्र माविले मनायो ६१ औं वार्षिकोत्सव

जाजरकोट । भेरी नगरपालिका ९ मा रहेको दिपेन्द्र माध्यमिक विद्यालयले आफ्नो ६१ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरेर १० माघमा आफ्नो वार्षिकोत्सव भव्य रुपमा मनाएको हो । वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित भएका भेरी नगरपालिका मेयर चन्द्रप्रकाश घर्तीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर घर्तीले विद्यालयको शैक्षिक एवम् भौतिक क्षेत्रको विकास र विस्तारका लागि नगरपालिका प्रतिवद्ध रहेको बताए । दीपेन्द्र मावि पछिल्लो समय नमुना विद्यालयको रुपमा विकसित हुँदै गएको भन्दै आगामी दिनमा थप उत्साहका साथ भौतिक क्षेत्र संगै शैक्षिक क्षेत्रको विकास हुनेमा मेयर घर्तीको विश्वास छ । विद्यालय व्यवस्थापन…
Read More
अनेरास्ववियुकी कान्छी सदस्य बनिन् जाजरकोटकी संगीता

अनेरास्ववियुकी कान्छी सदस्य बनिन् जाजरकोटकी संगीता

सुर्खेत । जाजरकोटकी संगीता शाह अनेरास्ववियुको कान्छी प्रदेश कमिटी सदस्य बनेकी छन । ७ र ८ माघमा दैलेखमा सम्पन्न अनेरास्ववियुको कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट उनी प्रदेश कमिटी सदस्यमा सर्वसम्मत निर्वाचित भएकी हुन । १६ वर्षीया संगीता देशकै कान्छी प्रदेश कमिटी सदस्य भएको अनेरास्ववियुका केन्द्रीय सचिव सन्जिव धितालले जानकारी दिए । संगठनका कर्णाली प्रदेश इन्चार्ज समेत रहेका धितालले उनको क्षमता र सक्रियताले उमेर सानो भएपनि उक्त जिम्मेवारी दिइएको बताए । उनि यसअघि अनेरास्ववियु भेरी नगर कमिटी उपाध्यक्षको जिम्मेवारीमा रहेकी थिइन ।
Read More
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा सत्ता गठबन्धनका तीनै उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा सत्ता गठबन्धनका तीनै उम्मेदवार विजयी

सुर्खेत । कर्णालीबाट राष्ट्रिय सभाका लागि गठवन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस रुकुमका कृष्णबहादुर रोकाया, नेकपा माओवादी केन्द्रबाट कालिकोटका विष्णु विक र नेकपा एकिकृत समाजवादीबाट दैलेखकी सावित्री मल्ल विजयी भएका हुन् । कर्णालीमा रिक्त हुने तीन सिटका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच १–१ सिट लिने गरी भागबण्डा भएको थियो । जसमा महिलातर्फ गठबन्धनबाट सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ १ सय १५ मतभार प्राप्त गरी विजयी हुँदा एमालेकी विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन । यस्तै, दलिततर्फ गठबन्धनका विष्णु विकले प्रदेश…
Read More
कर्णाली सहितका पहाडी भू–भागमा हिमपातको सम्भावना

कर्णाली सहितका पहाडी भू–भागमा हिमपातको सम्भावना

सुर्खेत । आज बिहानैदेखि तराईका भू–भागमा वाक्लो हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाले अघि बिहान ६ बजे सार्वजनिक गरेको मौसम सम्बन्धी जानकारी अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको तथा तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ। यस्तै कोशी गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी…
Read More
पहिचानवादीसँग वार्ताकालागि कोशी प्रदेश सरकारले बनायो वार्ता समिति

पहिचानवादीसँग वार्ताकालागि कोशी प्रदेश सरकारले बनायो वार्ता समिति

६ माघ, विराटनगर - कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षधर पहिचानवादीसँग वार्ताकालागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषदको शनिबार बसेको बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको हो । सदस्यहरुमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रती र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहेका छन् । गत फागुन १७ गतेको प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचानवादी पक्षले पुन: नामाकरणको माग गर्दै आन्दोलन गर्दै आएका छन् । त्यसक्रममा पहिचानवादी पक्षधर पदम लिम्बुको मृत्यु भएपछि आन्दोलन झन् सशक्त हुँदै आएको छ । उनीहरुले संघीय र प्रदेश मन्त्री तथा सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा आउजाउ…
Read More
प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलङ्काका राष्ट्रपतिबीच द्विपक्षीय भेटावार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलङ्काका राष्ट्रपतिबीच द्विपक्षीय भेटावार्ता

६ माघ, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच द्विपक्षीय भेटावार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरुबीच शनिबार द्विपक्षीय भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलङ्का एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र आपसी हितमा दुवै देशको सहकार्य आवश्यक रहेकामा जोड दिए । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकामा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताए । सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा…
Read More
१२ लाख स्मार्ट लाइसेन्समध्ये छ लाख नेपाल आइपुग्यो

१२ लाख स्मार्ट लाइसेन्समध्ये छ लाख नेपाल आइपुग्यो

५ माघ, काठमाण्डौं - यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुले दिएको जानकारीअनुसार  बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । पनेरुका अनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो । सम्झौताअनुरुप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा ६ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उनले जानकारी दिए । प्रवक्ता पनेरुका अनुसार ती कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैंकले ‘डेलिभरी अर्डर’ दिनुपर्ने हुन्छ । बैंकको सबै प्रक्रिया पुर्‍याएपछि आएको कार्डको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search