१५ माघ २०८० १८:१७
१५ माघ २०८० १८:१७
नेपालगञ्ज । श्री एयरलाइन्सले नेपालगञ्जबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवरमा उडान गरेको छ । नेपालको इतिहासमै पहिलोपटक एयरलाइन्सको सिआरजे नाइनएन एमबी विमानले नेपालगञ्ज विमानस्थलबाट मानसरोवर दर्शनका लागि पर्वतीय उडान गरेको हो । एयरलाइन्सले सोमबार प्रेस नोट नारी गर्दै नेपाली भू(भागबाट कैलाश पर्वत तथा मानसरोवर उडान गरेको यो नै पहिलो रहेको जनाएको छ । श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्जको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको हो । क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना समेत उडान गरिएको हो । नेपालगञ्जबाट…
