Karnali Aawaj

Advertisement
Advertisement

मुगुमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृ*त्यु

मुगुमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृ*त्यु

मुगुमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृ*त्यु

सुर्खेत । मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जीप चालक सोरु गाउँपालिका–७, कविराज नेपाली र एक जना महिला रहेकी छिन् । महिलाको पहिचान भने खुल्न नसकेको मुगु प्रहरीले जनाएको छ । यस्तै उक्त घटनामा चार जना घाइते भएका छन । घाइतेमध्ये एक जना गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बुधबार दिउँसो साढे दुई बजे कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको जीप सदरमुकाम गमगढीबाट सोरु गाउँपालिकाको तारापानी भन्ने ठाउँतर्फ जाँदै गरेको थियो । सोरु गाउँपालिका–८, कटिया भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनाको…
Read More
भोलिदेखि एसईई परीक्षा, कर्णालीबाट ३५ हजार ८०८ विद्यार्थी सहभागी हुँदै

भोलिदेखि एसईई परीक्षा, कर्णालीबाट ३५ हजार ८०८ विद्यार्थी सहभागी हुँदै

सुर्खेत । बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरू हुँदैछ । कर्णालीबाट यो वर्ष ३५ हजार ८०८ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले कर्णालीमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बताइन । कर्णालीमा हरेक वर्ष एसईई दिने परीक्षार्थीको सङ्ख्या घट्दै गइरहेको छ । गत वर्ष कर्णालीबाट ३८ हजार ९७० जना विद्यार्थी एसईईमा सहभागी बनेका थिए । गत वर्षको तुलनामा यो वर्ष ३ हजार १६२ जना विद्यार्थी घटेको देखिन्छ । प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार यो वर्ष एसईईमा सहभागी हुने परीक्षार्थीमध्ये १७ हजार ६२३ छात्र र १८ हजार १५८ छात्रा छन् । परीक्षाका लागि प्रदेशभर…
Read More
भूकम्प पीडितबाट लिएको रकम फिर्ता गर्न स्थानीय प्रशासनको आग्रह

भूकम्प पीडितबाट लिएको रकम फिर्ता गर्न स्थानीय प्रशासनको आग्रह

जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडा समितिले भूकम्प पीडितबाट पैसा लिनु कानून विपरीत भएको भन्दै तत्काल फिर्ता गर्न आग्रह गरेको छ । प्रशासनले एक विज्ञप्ती जारी गर्दै यहाँका केही स्थानीय तहका वडाहरुले विभिन्न बहाना गरी भूकम्प पीडितबाट पैसा लिईरहेको भन्दै प्रशासनले उक्त कार्य बन्द गर्न आग्रह गरेको हो । नलगाड नगरपालिकाको ३ नं. वडाले स्वास्थ्य चौकी र शिक्षाको भवन बनाउने भन्दै भूकम्प पीडित बाट एक हजार पैसा लिईरहेको प्रति प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालेद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ, ‘अस्थायी आवास अनुदान रकम वितरण गर्ने सन्दर्भमा पुर्याउनु पर्ने विधि र प्रक्रिया…
Read More
जिल्ला सदरमुकामै छैन बसपार्क

जिल्ला सदरमुकामै छैन बसपार्क

जाजरकोट । सदरमुकाम खलंगामा बसपार्क नहुदाँ गाडी पार्किङ्ग गर्नलाई समस्या भएको छ । साँघुरो बस पार्कमा गाडी पार्किङ्ग गर्नुपर्ने समस्या भएको हो । जिल्लामा मोटरबाटो पुगेको १७ बर्ष पुगेको छ तर यातायातका साधन राख्ने ठाउँ समेत छैन । सदरमुकाम खलंगाको शान्तिचौतारामा साघुरो बसपार्क छ, त्यसमा बस खचाखच कोच्ने गरिएको छ । जाजरकोट डोल्पा सडकको जीरो प्वाइन्ट शान्तिचौतारा र तल्लोथाप्ले सडकमै यातायात पार्किङ्ग गरिदै आएको छ । फराकिलो तथा व्यवस्थित बसपार्क नहुँदा गाडी पार्किङ्ग गर्नलाई ठुलो समस्या भएको यातायात व्यवसायीको भनाई छ । गाडी राख्ने र मोड्नलाई फराकिलो ठाउँ नहुँदा गाडी चालकलाई समस्या परेको देखिन्छ । बसपार्क साँघुरो हुदाँ मोटर साइकल,…
Read More
तीस बर्षपछि भयो बाबु छोराको भेट

तीस बर्षपछि भयो बाबु छोराको भेट

जाजरकोट । भेरी नगरपालिका‒१ रावतगाउँका एक बाबुछोराको तीस बर्षपछि भेट भएको छ । रावतका ८५ बर्षिय नदे कामी र उनका ५५ बर्षका छोरा हर्कबहादुर कामी वीच तीन दशकपछि घरमा भेटघाट भएको हो । तीस बर्ष पहिले वेपत्ता भएका हर्कबहादुर परिवारको सम्पर्कमा आएपछि आफन्त भारतमा लिन गएका थिए । भारतको कोलकताको एउटा अस्पतालमा उपचाररक्त रहेका हर्कलाई भारत प्रहरी मार्फत नेपाल प्रहरीको सहयोगमा फेला पार्न सफल भएको उनका भान्ज गणेश महरले बताए । ‘मामा कोलकतामा उपचार गराईरहनुभएको रहेछ, २०१५ देखि मामा अस्पपालमा भर्ना हुनुभएको रहेछ, उनले भने, ‘अहिले मामाको होस आएपछि अस्पतालले जानकारी गराएपछि हामीलाई थाहा भयो ।’ गणेश हर्कलाई लिन भारतको…
Read More
सुप्रियाले गरिन क्यान्सर पीडितको लागि कपाल दान

सुप्रियाले गरिन क्यान्सर पीडितको लागि कपाल दान

जाजरकोट । कुशे गाउँपालिका–४ कि सुप्रिया शाहीले क्यान्सर पीडितका लागि कपाल दान गरेकी छन् । शाहीले सोमबार क्यान्सर पीडितका लागि आफ्नो कपाल दान गरेकी हुन् । उनले कपाल दान गर्न पाउनुमा आफू निकै खुसी भएको समेत बताएकी छन् । कपाल दानपछि शाहीले फेसबुकमा लेखेकी छन्‘ “यो निर्णयसम्म पुग्न त्यति सजिलो बिलकुलै भएन । सामाजिक प्राणीका रूपमा जन्म लिएपछि यो निर्णयका लागि धेरै आफै भित्रको प्रश्नको सामना आफैले गर्नु पर्‍यो । मैले मेरो मनलाई जिते । म मेरो यो निर्णयबाट एकदमै खुसी छु । विभिन्न रोग र हिंसा, विशेष गरी क्यान्सरबाट पीडित आमा–बुबा, दाजु–भाइ,र दिदीबहिनीहरूले आफ्नो कपाल गुमाउनु भएको छ । उनी…
Read More
नेरा आविका विपन्न बालबालिकालाई झोला उपहार

नेरा आविका विपन्न बालबालिकालाई झोला उपहार

जाजरकोट ।  भेरी नगरपालिका ५ सालटाकुरा स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई स्कुले झोला प्रदान गरिएको छ । भेरी नगरपालिकाले उपहार स्वरुप नेरा आविमा अध्ययन गर्ने गरिब तथा विपन्न १ सय बालबालिकालाई स्कुले झोला प्रदान गरेको हो । नगरपालिकाले उपलब्ध गराएको झोला बालबालिकालाई हस्तान्तरण गरिएको प्रधानाध्यापक प्रकाश चन्दले बताए । बालबालिकालाई पढाई प्रति आकर्षण गर्नको लागि उक्त सहयोग प्रदान गरेको प्रधानाध्यापक चन्दको भनाई छ । सोही ठाँउमा जन्मिएका चन्दले विद्यालय प्रशासनको नेतृत्व सम्हालेपछि नेरा आविको शैक्षिक एवम् भौतिक क्षेत्र सुधारोन्मुख छ । पछिल्लो समय नगरपालिकाले पनि नगरभित्रको शैक्षिक सुधारको क्षेत्रमा लगानी बढाएको छ । शिक्षा क्षेत्रको सुधार नभई…
Read More
भूकम्प पीडित मारमा : प्रत्येक टहराको १ हजार रुपैयाँ नबुझाए दोस्रो किस्ता नपाउने वडाको निर्णय

भूकम्प पीडित मारमा : प्रत्येक टहराको १ हजार रुपैयाँ नबुझाए दोस्रो किस्ता नपाउने वडाको निर्णय

जाजरकोट । नलगाड नगरपालिकाको ३ नम्बर वडा कार्यालयले भूकम्प पीडितबाट एउटा टहरा बराबर १ हजार रुपैयाँ वडामा बुझाउनु पर्ने निर्णय गरेपछि लाभग्राही मारमा परेका छन । गत कार्तिक १७ गते गएको विनाशकारी भूकम्पको पहिलो किस्ता बल्लतल्ल पाएका पीडितले दोस्रो किस्ता पाउनका लागि वडालाई १ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । अस्थायी आवासको लागि टहरा निर्माण गर्न भनेर सरकारले ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । दुई किस्तामा दिइने उक्त रकम मध्य दोस्रो किस्ता प्राप्त गर्न वडामा १ हजार रुपैयाँ तिर्नुपर्ने भएपछी आफूहरु मारमा परेको भूकम्प पीडितले गुनासो गरेका छन । वडालाई १ हजार रुपैयाँ दिएमात्र दोस्रो किस्ता भुक्तानीका लागि…
Read More
एमालेले चैतभित्र कर्णालीका १० वटै जिल्ला अधिवेशन सक्ने

एमालेले चैतभित्र कर्णालीका १० वटै जिल्ला अधिवेशन सक्ने

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश अन्तरगतका जिल्लाहरुको अधिवेशन चैत महिनाभित्रै सम्पन्न गर्ने भएको छ । गत असोजमा प्रदेशको अधिवेशन सम्पन्न गरेको एमालेले चैत महिनाभित्र १० वटै जिल्लाका अधिवेशनहरु सम्पन्न गर्ने भएको हो । मुगु र दैलेख जिल्लाले अधिवेशन सम्पन्न गरिसकेको र जुम्लाले चैत ६ गतेको बैठकबाट अधिवेशनको मिति तय गर्ने केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए । केन्द्रीय सदस्य आचार्यका अनुसार एमाले सुर्खेतले यहि चैत्र ८,९ र १० जिल्ला अधिवेशन गर्ने भएको छ । त्यसैगरी रुकुमपश्चिमले चैत्र १६ र १७ जिल्ला अधिवेशन गर्ने छ भने सल्यानले चैत १८, १९ र २० तथा कालिकोटले चैत्र २१, २२ र २३ अधिवेशनको…
Read More
सामुदायिक विद्यालयका शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

सामुदायिक विद्यालयका शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्मका लागि अन्तरजिल्ला सरुवा रोक्का गरिएको मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए । हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको राष्ट्रिय समाचार समिति ९रासस०ले जनाएको छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search