Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोट

नलगाड उपनिर्वाचन : आफु निर्वाचित भए कुनै सुविधा नलिने एमाले उम्मेदवार बोहराको घोषणा

नलगाड उपनिर्वाचन : आफु निर्वाचित भए कुनै सुविधा नलिने एमाले उम्मेदवार बोहराको घोषणा

जाजरकोट । नेकपा एमालेको तर्फबाट नलगाड नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार सुनिता बोहराले आफु निर्वाचित भए कुनै सेवा सुविधा नलिने घोषणा गरेकी छन । यहि मंसिर १६ गते हुने उपनिर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनेकी बोहराले उपप्रमुखमा निर्वाचित भए उपप्रमुखले राज्यबाट पाउने कुनैपनि सेवा सुविधा नलिई नगर भित्रका गरिब तथा विपन्न नागरिकलाई प्रदान गर्ने बताइन । आफ्नो उम्मेदवारी नलगाडबासीको सेवाका लागि भएको भन्दै बोहराले त्यो बाहेकको अन्य कुनै स्वार्थ नरहेको बताइन । 'मेरो उम्मेदवारी दुइचार पैसा कामाउनका लागि होइन, गाडीमा बसौला भनेर पनि होइन, बोहरा भन्छिन, म संग आफुलाइ चाहिने सम्पत्ति छदँैछ । म विशुद्ध नगरवासीको सेवा गर्न चाहान्छु ।' आफु यसअघि…
Read More
कुदु गाडी दुर्घटना अपडेट : घाइते मध्य १ जनाको मृत्यु

कुदु गाडी दुर्घटना अपडेट : घाइते मध्य १ जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा सोमबार भएको गाडी दुर्घटनामा घाइते भएका मध्य १ जनाको मृत्यु भएको छ । भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटनामा भेरी नगरपालिका ५ का ६६ वर्षका धर्म चन्दको मृत्यु भएको हो । सुर्खेतबाट थप उपचारका लागि नेपालगन्ज लिने क्रममा उनको बाकेको चिसापानी नजिक उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । डिएसपी पाण्डेका अनुसार मृतक चन्द दुर्घटनामा परेको गाडीका चालकको बुवा हुन । दुर्घटनामा २५ जना घाइते भएका थिए । घाइते मध्य ११ जनालाई हेलिकप्टर मार्फत र अन्य ४ जनालाई गाडी…
Read More
जाजरकोटमा भएको छुट्टाछुट्टै गाडी दुर्घटनामा २० जना घाइते

जाजरकोटमा भएको छुट्टाछुट्टै गाडी दुर्घटनामा २० जना घाइते

जाजरकोट । जाजरकोटमा भएको छुट्टाछुट्टै गाडी दुर्घटनामा २० जना यात्रु घाइते भएका छन । भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी आज विहान साढे ११ बजेतिर दुर्घटना भएको हो । गाडी मध्यपहाडी राजमार्ग अन्तरगत कुदुको जिरो प्वाइट नजिक सडकबाट करीब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा १० बालबालिका सहित १७ जना घाइते भएका छन । दुर्घटनामा गम्भिर घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । डिएसपी पाण्डेका अनुसार सामान्य घाइतेहरुको कुदु स्थित स्वास्थ्य चौकीमा उपचार…
Read More
जाजरकोटमा खानेपानी परिक्षण प्रयोगशाला स्थापना

जाजरकोटमा खानेपानी परिक्षण प्रयोगशाला स्थापना

जाजरकोट । जिल्लामा पहिलोपटक खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला स्थापना भएको छ । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थान विभाग र जाजरकोट खलंगा सहलगानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आर्थिक सहयोगमा उक्त प्रयोगशाला सन्चालनमा ल्याइएको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्राविधिक सहयोगमा सन्चालन गरिएको प्रयोगशालामा विभिन्न १२ वटा प्यारामिटरमा पानीको गुणस्तर जाँच गर्न सकिने उपभोक्ता समितिका अध्यक्ष किरण कुमार भण्डारीले बताए । उक्त प्रयोगशालामा डिस्टिल वाटर समेत उत्पादन गरिने अध्यक्ष भण्डारीको भनाई छ । प्रयोगशालाको उद्घाटन गर्दै भेरी नगरपालिकाका मेयर चन्दप्रकाश घर्तीले खानेपानीको जाँचले उपभोक्ताहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए । दुषित खानेपानीका कारण विभिन्न रोग लाग्ने र त्यसले…
Read More
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अध्यक्षमा पुनः केसी

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अध्यक्षमा पुनः केसी

खलंगा । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको तेस्रो साधारण सभा विहिवार खलंगामा सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन र विभिन्न समसामयिक निर्णयहरु गर्दै प्रतिष्ठानको साधारण सभा सम्पन्न भएको हो । संस्थाको सांगठनिक तथा आर्थिक प्रस्तावलाइ सर्वसम्मत रुपमा पारित गरेको साधारण सभाले जनक केसीलाइ पुन अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । साधारण सभाको वन्दसत्रले प्रतिष्ठानको उपाध्यक्षमा खम्वजंग शाह, रीता पुन, सचिवमा दलवहादुर सिंह, कोषाध्यक्षमा शोभा सिंह, सहसचिवमा हेमन्तकुमार खत्री, सदस्यहरुमा साधना केसी, सहदेवजंग शाह, नारायणी शाह, मीना शाह, टवीन कार्की, कालीबहादुर नेपाली, मोहन खड्कालाई चयन गरेको छ । साधारण सभाले भूकम्पपछि जाजरकोटका सातै स्थानीय तहमा क्षतिग्रस्त ऐतिहासिक, धार्मिक, साँस्कृतिक सम्पदाहरुका…
Read More
भेरी नगरपालिका -८ बालमैत्री वडा घोषणा

भेरी नगरपालिका -८ बालमैत्री वडा घोषणा

जाजरकोट । जिल्लाको भेरी नगरपालिका –८ लाई बालमैत्री वडा घोषणा गरिएको छ । मंगलबार वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको छ । घोषणासँगै यो वडा भेरी नगरपालिकाको पहिलो तथा जिल्लाकै छैटौं बालमैत्री वडा बनेको छ । जिल्लाको पहिलो बालमैत्री वडा छेडागाड नगरपालिका–११ लाइ घोषणा गरिएको थियो भने, दोस्रो वडामा कुशे गाउँपालिकाको वडा नं. १ लाइ घोषणा गरिएको थियो । तेस्रोमा कुशे गाउँपालिकाको वडा नं. ९ लाइ घोषणा गरिएको थियो भने, चौथोमा छेडागाड नगरपालिका–४ लाइ घोषणा गरिएको थियो । पाँचौमा कुशे गाउँपालिकाको वडा…
Read More
मन्त्री शाहलाई भेरी नगरपालिकाले बुझायो ज्ञापनपत्र

मन्त्री शाहलाई भेरी नगरपालिकाले बुझायो ज्ञापनपत्र

जाजरकोट । भेरी नगरपालिकाले कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीब विक्रम शाहलाई ज्ञापनपत्र बुझाएको छ । नगर क्षेत्रभित्रका पालिकाको बजेटले नभ्याउने दिर्घकालिन महत्वका आयोजनाहरु निर्माणका लागि नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले मन्त्री शाहलाई ज्ञापनपत्र बुझाएका हुन । नगरपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी श्रोत अभावका कारण निर्माण गर्न नसकेका आयोजनाको निर्माण कार्यका लागि प्रदेश सरकारसंग आवश्यक बजेट माग गरिएको नगर प्रमुख घर्तीले बताए । नगर प्रमुख घर्तीका अनुसार वडा नं. ३ र ४ अन्तरगत बजार क्षेत्र भित्रको ढल निकास, तल्लो थाप्ले बसपार्क निर्माण तथा पहिरो नियन्त्रण, रानागाउँ र काफलचौर डाप्का कबर्डहल निर्माण, मछाइना मालिका र सिद्धपाइला पर्यटन क्षेत्र…
Read More
तरुण दल जाजरकोटको अध्यक्षमा लोकेन्द्र चन्द

तरुण दल जाजरकोटको अध्यक्षमा लोकेन्द्र चन्द

जाजरकोट । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल जाजरकोटको अध्यक्षमा लोकेन्द्र चन्द चयन भएका छन । चन्दलाई बुधवार तरुण दलको जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको हो । नेपाल तरूण दलको विधान बमोजिम अर्को अधिवेशन नहुँदा सम्मको लागि चन्दलाई जिल्लाको अध्यक्ष पदमा पार्टीले जिम्मेवारी दिएको काँग्रेस पार्टीि कार्यवहाक सभापति सडक विसीले बताए । यसअघि तरुण दल, जाजरकोटको अध्यक्षमा पार्टी सचिव समेत रहेका कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत रहेका थिए । चन्द नेकपा एमाले निकट भातृ संगठन युवा संघ नेपालमा आवद्ध भएर लामो समय काम गरेका थिए । २०७९ सालको स्थानीय तहको निर्वाचनमा भेरी नगरपालिका ४ को वडा अध्यक्षमा एमालेबाट टिकट नपाए…
Read More
जाजरकोट जीप दुर्घटना अपडेट : चालकको मृत्यु

जाजरकोट जीप दुर्घटना अपडेट : चालकको मृत्यु

जाजरकोट । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भेरी नगरपालिका-६ गंज भन्ने स्थानमा सदरमुकाम खलंगा देवि वडा नम्बर ६ नेटा जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । ग १ ज ७७११ नम्बरको जिप सडकदेखि ३००/४०० मिटर खस्दा भेरी-६ गंगटिया बस्ने ३४ वर्षीय मानबहादुर वलीको मृत्यु भएको हो। दुर्घटनामा परी १४ जना यात्रु घाइते भएका छन । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
Read More
जाजरकोटमा जीप दुर्घटना हुँदा १५ जना घाइते

जाजरकोटमा जीप दुर्घटना हुँदा १५ जना घाइते

जाजरकोट । जाजरकोटमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन । मङ्गलबार दिउँसो सदरमुकाम खलङ्गाबाट भेरी नगरपालिका ६ भेरे जान लागेको ग १ ज ७७११ नम्बरको बोलेरो जीप वडा नम्बर ६ को गंज जङ्गलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बोलेरो जीप दुर्घटना भए लगत्तै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी गए पनि क्षतिको विवरण आइनसकेको जानकारी दिए । दुर्घटनास्थलमा खटिएका प्रहरी निरीक्षक तथा सूचना अधिकारी माधव विश्वकर्माका अनुसार १५ जना यात्रु सवार उक्त जीपमा सबै घाइते भएका छन भने ती मध्य केहीको अवस्था गम्भीर छ । जीपका चालक भेरी नगरपालिका ६…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search