Karnali Aawaj

Advertisement
Advertisement

धरापमा कर्णालीका झोलुंगे पुल

धरापमा कर्णालीका झोलुंगे पुल

धरापमा कर्णालीका झोलुंगे पुल

कालीकोट । गत जेठ २७ गते अछामको पञ्चदेवल विनायक-५ र दैलेखको आठवीस नगरपालिका-४ जोड्ने खिड्कीज्यूलास्थित कर्णाली नदी माथिको झोलुंगे पुलको एकातिरको लठ्ठा चुडिँदा १४ वटा खच्चड पुलमै अड्किए । बिहान ९ बजे लठ्ठा चुडिएको पुलबाट खच्चडको उद्धार गर्न ५ घण्टा समय लाग्यो । स्थानीय जोरे रोकामगर र राजेन्द्र बोहोराका १४ मध्ये २ खच्चड उद्धारका क्रममा मरे भने १२ घाइते अवस्थामा कर्णाली नदीमा खसालेर बचाइयो । '२१ वर्ष पुरानो जीर्ण पुल मर्मतमा न त स्थानीय सरकारले ध्यान दिए, न संघीय सरकारको नै आँखा गयो । पुलको लठ्ठा खिया लागेर जोखिममा रहेछ,' खच्चड धनी राजेन्द्रले कान्तिपुरसँग भने, 'एकै पटक धेरै वजन (तौल))…
Read More
दैलेखको दुल्लुमा बिहे गर्न वडाको अनुमति लिनुपर्ने

दैलेखको दुल्लुमा बिहे गर्न वडाको अनुमति लिनुपर्ने

दैलेख । दैलेखको दुल्लु नगरपालिकाको १२ नं. वडाले बिहे गर्न वडाबाट अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । बाल विवाह न्यूनीकरण गर्न भन्दै वडाले उक्त क्षेत्र बिहे गर्ने युवा वा युवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने बनाएको हो । वडाले असार २६ गते एक सूचना जारी गरी साउन १ गतेबाट बिहेका लागि वडाको सिफारिस अनिवार्य रुपमा लिन जानकारी दिएको हो । असार २१ गते बसेको वडा समितिको बैठकले विहेका लागि वडाको सिफारिस चाहिने निर्णय गरेको थियो । वडामा ५० प्रतिशतभन्दा बढीले बाल विवाह गर्दै आएको र न्यूनीकरणका लागि जनचेतनामूलक विभिन्न कार्यक्रम गर्दा पनि कमी नभएपछि अनुमति सिफारिस लिनुपर्ने व्यवस्था गरेको…
Read More
जाजरकोटमा करेन्ट लागेर ३ जना घाइते

जाजरकोटमा करेन्ट लागेर ३ जना घाइते

जाजरकोट । जाजरकोटमा करेन्ट लागेर ३ जना घाइते भएका छन । भेरी नगरपालिका–४ स्थित गणेश वलीको घर निर्माणका क्रममा गिट्टी पेल्ने मिक्सर मेसिनमा विद्युत् सर्ट भई लागेको करेन्टले ३ जना घाइते भएका हुन । घाइते हुनेहरुमा भेरी नगरपालिका ७ का २६ वर्षिय चन्द्रप्रकाश घर्ती, सल्यान जिल्ला कुमाख गाउँपालिका ६ का २६ वर्षीय गोपाल डिसी, र ३२ वर्षीय दिपक रावत रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक माधब विश्वकर्माले जानकारी दिए । घाइतेहरुको जिल्ला अस्पतालमा जाजरकोटमा उपचार भइरहेको र उनिहरुको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाई छ ।
Read More
जे कुरामा पनि  रिस उठ्छ, अपनाउनुस् यी उपाय

जे कुरामा पनि रिस उठ्छ, अपनाउनुस् यी उपाय

काठमाडौँ । जति बेला पनि रिस तपाईँको नाकको टुप्पामा हुन्छ ? कुराकानी गरिरहेको समयमा पनि एक्कासि रिसउठ्छ ? कार्यालयमा साथीभाइ वा हाकिमसँग कुरा गर्दा अनियन्त्रित बन्नु हुन्छ ? यी सबैलाई सामान्य लक्षण नसम्झिनुस् । किनकि यस्तो खालको रिसले बेचैनी र घबराहट उत्पन्न गर्छ, जसले डिप्रेसन पनि निम्त्याउन सक्छ । यति मात्र कहाँ हो र ? यस्ता व्यक्तिहरू आफ्नो लक्ष्यमा पुग्न सफल पनि हुँदैनन् । त्यसैले समयमै यस्तो रिसलाई नियन्त्रण गर्नुस् ताकि गम्भीर समस्याबाट बच्न सकियोस् । रिसाएर केही लाभ हुन्न । यसले उल्टै निश्चित दिशामा जानबाट तपाईँलाई रोक्छ । तपाईँ आफ्नो उद्देश्यबाट भड्किनु हुन्छ । कोर्टिसोल हर्माेनको सन्तुलन पनि बिग्रन…
Read More
जाजरकोटमा पहिरोको जोखिममा रहेका २ गाउँका १३ परिवारलाई अन्यत्र सारियो

जाजरकोटमा पहिरोको जोखिममा रहेका २ गाउँका १३ परिवारलाई अन्यत्र सारियो

जाजरकोट । जाजरकोटमा पहिरोको जोखिममा रहेका २ गाउँका १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको हो । गत कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले सो स्थानलाई बस्न जोखिम बनाएको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा सो गाउँका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको हो । भेरी नगरपालिका –१ च्याउपानीका पहिराको उच्च जोखिममा रहेका ११ घरपरिवारलाई अन्यत्र सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । ती मध्ये ६ परिवारलाई भेरी–१ मैदेगाउँको खुला चौर र अन्यलाई तत्कालका लागि आफन्तकहाँ बस्ने व्यवस्था…
Read More
महिलाहरुको बाँझोपन निको पार्छु भन्दै ठगी गर्ने महिला पक्राउ

महिलाहरुको बाँझोपन निको पार्छु भन्दै ठगी गर्ने महिला पक्राउ

सुर्खेत । आफूलाई दुर्गामाता बताउदै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । कालिकोटको तिलागुफा नगरपालिका क्षेत्रमा माता हुँ र बाँझोपना हटाइदिन्छु भन्दै ठगी गर्ने महिलालाई सुर्खेतबाट पक्राउ गरिएको हो । गाउँका सोझा महिलाहरुलाई बाँझोपना हटाइदिन्छु भनेर झुक्याई ठगी गरेको उजूरीको आधारमा हजरुन खातुनलाई कालिकोट प्रहरीले सुर्खेत प्रहरीको समन्वयमा वीरेन्द्रनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।
Read More
प्रेम केसीको पहलमा ‘हेमन्त’ले पाए नयाँ जीवन

प्रेम केसीको पहलमा ‘हेमन्त’ले पाए नयाँ जीवन

जाजरकोट । नलगाड नगरपालिका १२ तल्लुबगरका हेमन्त बस्नेतको उपचारका लागि करिब ६ लाख सहयोग रकम संकलन भएको छ । स्थानीय युवा प्रेम केसीको पहलमा बस्नेतको उपचारका लागि उक्त सहयोग रकम संकलन भएको हो । मुटु, फोक्सो र मृगौलमा समस्या भई आर्थिक अभावमा उपचार गर्न नपाएका बस्नेतको उपचारका लागि सामाजिक संजाल लगायतको माध्यमबाट सहयोग रकम संकलन गरिएको सहयोगी युवा प्रेम केसीले बताए । आफुहरुले संचालन गरेको 'हेमन्त बस्नेत बचाउ अभियान'मा जोडिएर स्थानीयसहित देशका विभिन्न ठाउँबाट सहयोग प्राप्त भएको केसी भनाई छ । बिरामी भएर थला परेका बस्नेतको आर्थिक अभावका कारण उपचारमा समस्या भएको थियो । उपचार पछि स्वास्थ्यमा सुधार आएर नेपालगञ्जस्थित…
Read More
कर्णालीको विद्युत सेवा अवरुद्ध

कर्णालीको विद्युत सेवा अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशमा आइतबार बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको छ । सुर्खेतको लेकबेशी नगरपालिका-६, हिलेशोतामा रुख ढलेर विद्युत तारमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध भएको हो । कोहलपुर-सुर्खेत ३३ केभी अन्तर्गतको मुख्य लाइन अवरुद्ध भएपछि सुर्खेत, दैलेख, कालिकोट हुँदै माथिल्लो कर्णालीका जिल्लाहरू समेत विद्युत विहीन बनेका हुन् । विद्युत तार बनाउन अझै केही समय लाग्ने विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका सूचना अधिकारी बेनी नेपालीले बताए ।
Read More
कर्णालीमा ५ दिनदेखि हवाइ सेवा ठप्प, ३ दिनदेखि राजमार्ग अवरुद्ध

कर्णालीमा ५ दिनदेखि हवाइ सेवा ठप्प, ३ दिनदेखि राजमार्ग अवरुद्ध

सुर्खेत । अविरल वर्षाका कारण कर्णालीका सबै हिमाली जिल्लामा हवाइ सेवा ठप्प भएको छ । त्यसैगरी कर्णाली, मध्यपहाडी, मदन भण्डारी र राप्ती राजमार्ग तथा भेरी र कर्णाली करिडोर अवरुद्ध भएका छन । अविरल वर्षाका कारण कर्णाली राजमार्गमा ११, मध्यपहाडीमा १० र राप्ती राजमार्गमा ९, कर्णाली करिडोरमा १३ र भेरी करिडोरमा १७ ठाउॅमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । वर्षा शनिबार अबेरसम्म जारी रहेका कारण राजमार्गहरु खुलाउन नसकिएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण मंगलबारदेखि कर्णालीका हिमाली जिल्लाका सबै विमानस्थल ठप्प छन् । मुगुस्थित रारा, जुम्ला, डोल्पाको जुफाल र हुम्लाको सिमकोट विमानस्थलमा मौसममा खराबी आएपछि उडान हुन नसकेको…
Read More
तीन दिनदेखिको अविरल वर्षाले भूकम्पपीडितको बेहाल

तीन दिनदेखिको अविरल वर्षाले भूकम्पपीडितको बेहाल

जाजरकोट । शुक्रबारदेखिको अविरल वर्षाले जाजरकोट र रुकुम पश्चिममा अस्थायी टहरामा बस्दै आएका भूकम्पपीडितको बेहाल भएको छ । गत कार्तिक १७ गते राति आएको भूकम्पले बस्ने घर भत्किएपछि अधिकांश भूकम्प पीडितहरु अस्थायी टहरामा बस्दै आएका थिए । ३ दिन देखि भारी वर्षाभएपछि टहराले छेक्न नसक्दा उनिहरुको भूकम्पले चर्काएकै घरमा सर्न बाध्य भएका छन । भूकम्पले चर्काएको घरहरुपनि लगातारको वर्षाले भत्किना थालेपनि उनिहरुको बिचल्ली भएको हो । ‘टहराभरि पानी चुहिएको छ, यहॉ त बस्नै समस्या भयो,’ जाजरकोटको भेरी नगरपालिका-१ का लालबहादुर महरले भने, ‘त्यसैले चर्किएको घरमा फेरि फर्कनुपर्‍यो, घरमा पनि भित्ताहरु चर्किएकै ठाउॅमा पानी परेर रसाउन थालेको छ, कुन दिन भत्किने…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search