४ असार २०८१ १५:५९
४ असार २०८१ १५:५९
सुर्खेत । २०४५ सालमा तत्कालीन राजा वीरेन्द्रको भ्रमणका बेला नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनमार्फत १२ मेगावाट बिजुली सुर्खेत पुर्याएको थियो । त्यसयता कर्णालीको राष्ट्रिय प्रसारण लाइनमा एक मेगावाट पनि थप नगरी डोल्पासम्म विद्युत् विस्तार भएको छ । करिब ५७ प्रतिशत घरधुरीमा मात्र विद्युत् पहुँच पुगेको कर्णालीका बस्तीमा बिजुलीको निरन्तरता नभएर गुणस्तर निकै कमजोर छ । विकास र समृद्धिका ठुल्ठूला चर्चा भए पनि न्यूनतम आधारभूत सुविधा मानिएको विद्युत् प्रसारण लाइन कर्णालीवासीका लागि ३५ वर्षदेखि स्तरोन्नति हुन सकेको छैन । कर्णालीका १० जिल्लाका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत् पुगेको छ । प्रदेशमा प्राधिकरणका १ लाख १४ हजार ३…
