Karnali Aawaj

Advertisement
Advertisement

चीनको प्रारम्भिक प्रतिवेदन : दैलेखमा छ नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस

चीनको प्रारम्भिक प्रतिवेदन : दैलेखमा छ नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस

चीनको प्रारम्भिक प्रतिवेदन : दैलेखमा छ नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस

सुर्खेत । दैलेखको जलजलेमा गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्यअन्तर्गत गरिएको ड्रिलिङ कार्यबाट प्राप्त प्रारम्भिक प्रतिवेदन चीनको जिओलोजिकल सर्वे कम्पनीले नेपाल सरकारलाई बुझाएको छ । दैलेखको एउटा खण्ड जलजलेमा गरिएको अन्वेषणको प्रतिवेदन सँगै दैलेखका अन्य तीन स्थानमा पनि मिथेन ग्याँस रहेको र जुन ग्याँसले नेपाललाई ५० वर्षसम्म पुग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार २०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो कुवाको ड्रिलिङको काम चार हजार १३ मिटर गहिराइमा पुगेको थियो । उक्त स्थानमा एक अर्ब १२ करोड घन मिटर मिथेन ग्याँस भएको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ। चार स्थानमा रहेका भण्डारणबाट करिब ५० वर्ष नेपाललाई पुग्नेगरि ग्याँस हुन…
Read More
अनेरास्ववियुको कान्छी केन्द्रीय सदस्य बनिन जाजरकोटकी सन्जिता

अनेरास्ववियुको कान्छी केन्द्रीय सदस्य बनिन जाजरकोटकी सन्जिता

जाजरकोट । जाजरकोटकी सन्जिता साह अनेरास्ववियुको कान्छी केन्द्रीय सदस्यको रुपमा निर्वाचित भएकी छन । काठमाडौंमा सम्पन्न अनेरास्ववियुको महाधिवेशनबाट कर्णाली भूगोल तर्फ निर्वाचित साह देशकै कान्छी केन्द्रीय सदस्यको रुपमा निर्वाचित भएकी हुन । १७ वर्षिय साहले कर्णाली भूगोल महिला तर्फ सर्वाधिक ७९ मत प्राप्त गरेर निर्वाचित भएकी हुन । जाजरकोटको भेरी नगरपालिका १ कालेगाउँकी साह यस अघि अनेरास्ववियु कर्णाली प्रदेश कमिटीमा पनि सबै भन्दा कान्छी सदस्यका रुपमा निर्वाचित भएकी थिइन ।
Read More
कर्णालीका स्थानीय तहका कर्मचारीहरूको माग सम्बोधन गर्न सरकारी वार्ता समिति गठन

कर्णालीका स्थानीय तहका कर्मचारीहरूको माग सम्बोधन गर्न सरकारी वार्ता समिति गठन

सुर्खेत । स्थानीय तहका कर्मचारीहरूको माग सम्बोधन गर्न ३ सदस्यि वार्ता समिति गठन भएको छ । शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कानुन सचिब विरेन्द्र बहादुर केसिको संयोजकत्त्वमा उपसचिव कृष्ण प्रसाद खरेल र शाखा अधिकृत दिपेन्द्र कुमार सिंह सदस्य रहेको वार्ता समिती गठन भएको प्रेस विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा आन्दोलनरत पक्षका प्रतिनिधीसंग समितिका तर्फबाट छलफल गरिने हुँदा आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु स्थगीत गरी नियमित कामकाजमा फर्कन अपिल गरिएको छ। कर्मचारीहरुका ट्रेड युनियनहरुको पहलमा आन्देलनरत पक्ष र प्रदेश सरकारको द्धिपक्षीय छलफल पछी वार्ता समिती गठन गरिएको नेपाल निजामती कर्मचारी सगठन प्रदेश महासचिव प्रकाश शार्माले जानकारी दिए । प्रदेश सरकारले ‘स्थानीय सेवा…
Read More
अब प्रेम सम्बन्धको पनि बिमा, ५ वर्षसम्म टिक्यो भने १० गुणा पैसा पाइने

अब प्रेम सम्बन्धको पनि बिमा, ५ वर्षसम्म टिक्यो भने १० गुणा पैसा पाइने

एजेन्सी । अब प्रेम सम्बन्धको पनि बिमा गर्न पाइने भएको छ । जिकीलभ नामक एक वेबसाइटले यो योजना सार्वजनिक गरेको हो । यो योजनामा निकै आकर्षक अफरहरु प्रस्ताव गरिएको छ । यो योजनाको बारेमा जानकारी दिनका लागि गरिएको सामाजिक संजाल पोस्ट पनि भाइरल भएको छ । पोस्टमा भनिएको छ ‘यदि तपाइँले आफूले साँचो माया पाएँ भन्ने लाग्छ भने ५ वर्षसम्म हरेक वर्ष निश्चित रकम लगानी गर्नुहोस् । यदि तपाइँको सम्बन्ध विवाहमा पुगेर टुंगियो भने हामी तपाइँलाई लगानीको १० गुणा प्रतिफल दिनेछौं ।’ तर, यदि ५ वर्षको अवधिमा जोडीको सम्बन्ध टुट्यो भने उनीहरुले केही पनि पाउने छैनन् । कम्पनीका अनुसार जिकीलभ…
Read More
स्वास्थ्य क्षेत्र सुधारमा भेरी नगरपालिकाः स्वास्थ्य चौकी कुदु र भुर ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

स्वास्थ्य क्षेत्र सुधारमा भेरी नगरपालिकाः स्वास्थ्य चौकी कुदु र भुर ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

जाजरकोट । जिल्लाको भेरी नगरपालिका ९ मा रहेको भुर स्वास्थ्य चौकीलाई जिल्लाकै दोस्रो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । सोमबार १ औपचारिक कार्यक्रमको आयोजना गरी भुर स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको भेरी नगरपालिका ९ का वडाध्यक्ष हिराप्रसाद शर्माले जानकारी दिए । १० मापदण्ड र १६ वटा सुचक पुरा गरेपछि स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने निर्देशिकानुसार स्वास्थ्य चौकीको जनशक्ति व्यवस्थापन, उर्जा, खानेपानी, शौचालय तथा फोहर व्यवस्थापन, औषधीहरुको सुरक्षित प्रयोग, सामाजिक सचेतना, भौतिक संरचनाको व्यवस्थापन लगाएतका १० वटा मापदण्डलाई पुरा गरेको भुर स्वास्थ्य चौकी इन्चार्ज लाल बहादुर खड्काले जानकारी दिए…
Read More
वित्तिय सुशासन र कार्य सम्पादन मुल्याङ्कनमा भेरी नगरपालिका पहिलो

वित्तिय सुशासन र कार्य सम्पादन मुल्याङ्कनमा भेरी नगरपालिका पहिलो

जाजरकोट । वित्तिय सुशासन र कार्यसम्पादन मुल्याङ्कनमा भेरी नगरपालिका पहिलो भएको छ । जिल्ला समन्वय समितिले आर्थिक वर्ष २०८०।८१ मा गरेको मुल्याङ्कनमा जाजरकोटका ७ वटा स्थानीय तहहरु मध्ये भेरी नगरपालिकाको बेरुजू सबै भन्दा कम देखिएको हो । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन अनुसार भेरी नगरपालिका कर्णालीका उत्कृष्ट १० मध्ये ७ औ नम्बरमा रहेको छ । कर्णालीका उत्कृष्ट १० मध्ये पहिलो रहेको सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको बेरुजू ०.४४ प्रतिशत रहँदा भेरी नगरपालिकाको ०.९८ प्रतिशत रहेको छ । हालसम्म सम्परिक्षण गरेको तथ्याङ्कलाई आधार मान्ने हो भने आफुहरुको बेरुजू प्रतिशत घट्ने भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए । त्यसपछि आफ्नो नगरपालिका कर्णालीको उत्कृष्ट…
Read More
डिजिटल कर्णाली: नाराबाट यथार्थको यात्रा

डिजिटल कर्णाली: नाराबाट यथार्थको यात्रा

- ई. सूर्य प्रसाद लम्साल जाजरकोट । कर्णाली प्रदेश, हिमाल, नदी, र जंगलको काखमा बसेको प्राकृतिक सौन्दर्य, सांस्कृतिक समृद्धि, र अपार सम्भावनाको खानी, हामी कर्णालीवासीको गर्व हो। तर, आधारभूत पूर्वाधार, विशेषगरी डिजिटल पहुँचको अभावले यो क्षेत्र विकासको गतिमा पछाडि परेको छ। कर्णालीप्रतिको माया र चासोले यहाँको डिजिटल खाडल हटाएर हरेक गाउँ-बस्तीलाई प्रविधिको उज्यालोले जोड्ने सपना बोकेर मलाई निरन्तर प्रेरित गर्छ। हरेक वर्ष कर्णालीको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा "डिजिटल कर्णाली अभियान" को नारा लगाएर लाखौँ खर्चमा भव्य कार्यक्रम आयोजना हुन्छ। प्रभावशाली व्यक्तिहरूलाई मञ्चमा राखेर भाषण सुनाइन्छ, तर यी औपचारिकतामा सीमित छन्। डिजिटल कर्णालीको सपनालाई यथार्थमा बदल्ने ठोस योजना र कार्यान्वयनको अभाव छ।…
Read More
सरकारी कार्यालयहरूको काँटछाँट : जिल्ला शिक्षा ईकाइ सहित ५ सय बढी निकाय खारेज गरिदै

सरकारी कार्यालयहरूको काँटछाँट : जिल्ला शिक्षा ईकाइ सहित ५ सय बढी निकाय खारेज गरिदै

संघीय सरकार मातहतका ५ सयभन्दा बढी सार्वजनिक निकायलाई गाभ्ने, खारेज गर्ने वा प्रदेश सरकार तथा स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारी भएको छ । विभिन्न समयमा गठित प्रशासनिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदन तथा हालसालै पूर्व अर्थ सचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको प्रतिवेदनमा उल्लेखित सुझावअनुसार सरकारले विभिन्न सार्वजनिक निकायहरू खारेजी गर्नुका साथै गाभ्ने तथा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी गरेको हो । त्यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पटक–पटक छलफल समेत भइसकेको छ । प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार अनावश्यक सरकारी कार्यालयहरूमध्ये केहीलाई खारेज गर्ने, केहीलाई गाभ्ने तथा केहीलाई प्रदेश सरकार वा स्थानीय सरकारलाई…
Read More
कर्णाली प्रदेशको आयोजना बैङ्कमा जाजरकोटका २ हजार योजना प्रस्ताव

कर्णाली प्रदेशको आयोजना बैङ्कमा जाजरकोटका २ हजार योजना प्रस्ताव

जाजरकोट । कर्णाली प्रदेश सरकारको आयोजना बैङ्कमा जाजरकोटका करिब २ हजार योजना प्रस्ताव भएका छन । जाजरकोटमा रहेका प्रदेश मन्त्रालय अन्तर्गतका कार्यालयले विकास निर्माणसँग सम्बन्धित आयोजनाको पहिचान, प्रस्ताव, विश्लेषण, मूल्याङ्कन तथा प्राथमिकीकरण गर्न २१ फागुनमा प्रस्तावना आह्वान गरेका थिए । जसमा १ हजार ९ सय ९६ वटा योजना प्रस्ताव दर्ता भएका छन् । आयोजना छनोट प्रक्रियामा सम्बद्ध पक्षको सहभागिता तथा जवाफदेहिता बढाउँदै आयोजना अनुशासन कायम गरी आयोजना छनोट प्रक्रियालाई व्यवस्थित गर्न सरकारले पहिलो पटक आयोजना प्रस्ताव आह्वान गरेको हो । “आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१ मा व्यवस्था भएबमोजिम जाजरकोट जिल्लामा एक हजार ९९६ आयोजना दर्ता भएका छन्,” प्रदेशको आन्तरिक मामिला तथा…
Read More
भेरीमा १२ दिने ग्रामीण मर्मत सम्भार तालिम सम्पन्न

भेरीमा १२ दिने ग्रामीण मर्मत सम्भार तालिम सम्पन्न

जाजरकोट । खानेपानीका आयोजनाहरुको दिगो व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गर्न भेरी नगरपालिकामा ग्रामिण मर्मत सम्भार कार्यकर्ता तालिम सम्पन्न भएको छ । नगरपालिका र सबैको लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना (सुस्वा) को साझेदारीमा निर्माण भईरहेका नयाँ खानेपानी आयोजानाका उपभोक्ताहरु सहभागी हुनेगरी १२ दिने ग्रामिण मर्मत सम्भार कार्यकर्ता (VMW) तालिम सम्पन्न भएको हो । तालिममा नगरपालिका भित्रका सानो कोटखोली पानीनाउला कल्याणपुर र स्याला खानेपानी आयोजना, घोयलनेटा चौर मैदे नौधारी खानेपानी आयोजना, केवलेधारा खानेपानी मर्मत आयोजना र दहखोला (जाघेखोला) धनारी लक्ष्मी माबी खानेपानी मर्मत आयोजनाबाट ४ महिला र ५ पुरुष गरी ९ जना सहभागी भएका थिए । तालिम नगरपालिका अन्तरगतको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search