Karnali Aawaj

Advertisement
Advertisement

बारेकोटले सुरु गरेको मानव-पशु अलगघर निर्माण कार्यक्रमका लागि प्रदेश सरकारको १ करोड

बारेकोटले सुरु गरेको मानव-पशु अलगघर निर्माण कार्यक्रमका लागि प्रदेश सरकारको १ करोड

बारेकोटले सुरु गरेको मानव-पशु अलगघर निर्माण कार्यक्रमका लागि प्रदेश सरकारको १ करोड

जाजरकोट । बारेकोट गाउँपालिकाले सुरु गरेको मानव-पशु अलगघर निर्माण कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारले १ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेटमा बारेकोट गाउँपालिकाले अघि सारेको मानव-पशु अलगघर निर्माण कार्यक्रमका लागि लागि १ करोड बिनियोजन गरिएको हो । आफुहरुले पालिकाभित्र मान्छे र पशु एकै घरमा बस्नुपर्ने बाध्यताबाट अलग गर्ने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए । यसअघि एउटै घरको भुइँतलामा पशु चौपाय र माथिल्लो तलामा मानिसहरू बस्दै आएकोमा गिरी अध्यक्षमा निर्वाचित भएलगत्तै मानव-पशु अलगघर निर्माण कार्यक्रम अघि सारेका थिए । मानव र पशु संगै बस्नुपर्ने बाध्यताले सरसफाई नहुने देखि नागरिकहरु…
Read More
लागुऔषध दुर्व्यसन विरुद्ध जाजरकोटमा र्याली

लागुऔषध दुर्व्यसन विरुद्ध जाजरकोटमा र्याली

जाजरकोट । लागुऔषध दुर्व्यसन विरुद्ध जाजरकोटमा सरोकारवालाहरुको संयुक्त र्याली प्रदर्शन गरिएको छ । लागु पदार्थ सेवन तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा जाजरकोटमा लागुऔषध दुर्व्यसन विरुद्ध र्याली निकालिएको हो । लागु औषध दुरुपयोग विरुद्ध लडौँ, रोकथाममा जोड दिऔँ भन्ने राष्ट्रिय नाराका साथ मनाइएको लागु पदार्थ सेवन तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको साप्ताहव्यापी कार्यक्रम अन्तर्गत जाजरकोटमा र्याली प्रदर्शन गरिएको हो । भेरी नगरपालिकाको कार्यालयबाट सुरु भएको चेतनामुलुक र्‍याली नयाँबस्ती, ठाँटीबजार, हुँदै गैरीखाली पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख, भेरी नगरपालिकाका नगर प्रमुख सहितका जनप्रतिनिधिहरु, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखहरु, …
Read More
टी-२० विश्वकपमा नेपाल : फेरि पनि ब्याटिङमै समस्या

टी-२० विश्वकपमा नेपाल : फेरि पनि ब्याटिङमै समस्या

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा निराशाजनक ब्याटिङ नेपालको पुरानै समस्या हो । अन्तिम समयमा ब्याटिङमा चिप्लिएकै कारण नेपालले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा अप्रत्याशित हार ब्यहोर्नु परेको छ । नेपाली क्रिकेटले विगतमा यस्ता नमिठा क्षण धेरैपटक ब्यहोरेको छ । यस्तै नियति नेपालले हाल वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी-२० विश्वकपको नवौँ संस्करणमा पनि भोग्नु पर्‍यो । यो विश्वकपमा नेपालले तीनवटा खेल खेल्यो । ती तीनवटै खेलमा कमजोर ब्याटिङ र खराब फिल्डिङ नै नेपाली टोलीको अप्रत्याशित हारको कारण बन्न पुग्यो । समूहगत चरणमा नेपाल र श्रीलंकाबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपाली टोली १० वर्ष लामो प्रतीक्षापछि दोस्रो पटक टी–२०…
Read More
पानी परोस भन्दै कालेगाउँका कृषकहरूले गरे पूजापाठ

पानी परोस भन्दै कालेगाउँका कृषकहरूले गरे पूजापाठ

जाजरकोट । वर्षादको कामना गर्दै भेरी नगरपालिका १ कालेगाउँका कृषकहरुले पूजापाठ गरेका छन । लामो समयसम्म पानी नपर्दा लगाएको खेती सुकेको र अन्य खेती लगाउन नपाइएको तथा अत्याधिक गर्मी बढेपछि पानी परोस भन्दै कृषकहरुले सामुहिक रुपमा कालेगाउँ स्थित शिवालय मन्दिर परिषरमा भगवानको पूजापाठ गरेका हुन । अषाढ लाग्दा समेत पानी नपरेपछि कालेगाउँ लगाएतका क्षेत्रमा लगाएको तरकारी तथा मकै सुक्न थालेको छ भने मुहान तथा खोलामा पानीको मात्रा घटेपछि अधिकांशा क्षेत्रको खेतमा रोपाई हुन सकेको छैन । समयमा पानी नपर्दा प्राय आकाशे पानीको भरमा खेती गर्ने किसान मर्कामा परेका छन । वर्षाद नहुँदा यसवर्ष पहाडी क्षेत्रमा समेत उच्च गर्मी बढेको छ…
Read More
कर्णालीमा थपियो पहिरोको जोखिम

कर्णालीमा थपियो पहिरोको जोखिम

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१ को चिउरी गाउँको सिंगो बस्तीलाई करिब ११ वर्षअघि स्थानान्तरण गर्ने तयारी भएको थियो। २०६९ सालको वर्षातमा गाउँको दुवै छेउबाट बाढी आयो। केही दिनसम्म निरन्तर परेको पानीले जमिन पनि चिरा पारेको थियो। भूगर्भविद्को अध्ययनले बस्ती बसेको जमिन नै करिब ३ मिटर तल खस्केको देखाएको थियो। त्यसपछिका अरू जोखिमबाट बचाउन बस्ती स्थानान्तरण गर्ने तयारी भएको थियो। अहिलेको छिन्चु–जाजरकोट सडक छेउको भुरचौरमा जग्गा पनि हेरिएको थियो। कतिपय मानिसहरूले सर्न नमानेपछि र राज्यले पनि सक्रियता नबढाएपछि त्यतिबेला बस्ती सरेन। २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६।४ रेक्टरस्केलको भूकम्पले यही चिउरी बस्तीमा सबैभन्दा धेरै क्षति पुग्यो। बस्तीमा…
Read More
३५ वर्षपछि कर्णालीको विद्युत् लाइन स्तरोन्नति गरिँदै

३५ वर्षपछि कर्णालीको विद्युत् लाइन स्तरोन्नति गरिँदै

सुर्खेत । २०४५ सालमा तत्कालीन राजा वीरेन्द्रको भ्रमणका बेला नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनमार्फत १२ मेगावाट बिजुली सुर्खेत पुर्‍याएको थियो । त्यसयता कर्णालीको राष्ट्रिय प्रसारण लाइनमा एक मेगावाट पनि थप नगरी डोल्पासम्म विद्युत् विस्तार भएको छ । करिब ५७ प्रतिशत घरधुरीमा मात्र विद्युत् पहुँच पुगेको कर्णालीका बस्तीमा बिजुलीको निरन्तरता नभएर गुणस्तर निकै कमजोर छ । विकास र समृद्धिका ठुल्ठूला चर्चा भए पनि न्यूनतम आधारभूत सुविधा मानिएको विद्युत् प्रसारण लाइन कर्णालीवासीका लागि ३५ वर्षदेखि स्तरोन्नति हुन सकेको छैन । कर्णालीका १० जिल्लाका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत् पुगेको छ । प्रदेशमा प्राधिकरणका १ लाख १४ हजार ३…
Read More
कर्णाली सरकारले ल्यायो ३१ अर्ब ४१ करोडको बजेट

कर्णाली सरकारले ल्यायो ३१ अर्ब ४१ करोडको बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१ ०८२ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गरेको छ । जसमा चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४।१२ प्रतिशत र पुँजिगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार ५९।७ प्रतिशत रहेको छ । सुशासन र सामाजिक न्यायसहितको समृद्ध कर्णाली, सामाजिक आर्थिक र भौतिक विकाससहितको समाजवाद उन्मुख कर्णाली भन्ने मुल ध्येयका साथ आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशिलता विकास गरी समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालिन सोच कार्यान्वयन गर्न आगामी बजेट केन्द्रित हुने अर्थमन्त्री केसीले बताए…
Read More
सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले असार ३ गते सोमबार सार्वजनिक बिदा दिने भएको छ । बक्र ईद (उलअजहा) का अवसरमा सरकारले असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । २०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताएका छन् ।
Read More
एमाले बारेकोटको अध्यक्षमा बोहरा निर्वाचित

एमाले बारेकोटको अध्यक्षमा बोहरा निर्वाचित

लिम्सा । नेकपा एमाले बारेकोट गाउँकमिटीको अध्यक्षमा लक्ष्मण प्रसाद बोहरा सर्वसम्मत निर्वाचित भएका छन । पालिकाको केन्द्र लिम्सामा बुधबार सम्पन्न गाउँकमिटीको दोस्रो अधिवेशनले बोहराको अध्यक्षतामा सर्वसम्मत रुपमा गाउँकमिटी निर्वाचित गरेको हो । अधिवेशनले कमिटीको उपाध्यक्षमा नन्दलाल पुन, सचिवमा मन बहादुर बोहरा, उपसचिवमा ध्रुवराज रोकाय र गंगा पोखरेलसहित ५१ सदस्यीय गाउँकमिटी निर्वाचित गरेको एमाले जाजरकोटका अध्यक्ष नरेन्द्र कुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार पदाधिकारीहरु सहित सबै सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका हुन । अधिवेशनले चित्रबहादुर बस्नेतको अध्यक्षतामा ५ सदस्यीय लेखा समिति समेत सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनमा पार्टी पोलिटव्युरो सदस्य एवम् जिल्ला इन्चार्ज लक्ष्मी प्रसाद पोखरेल, केन्द्रीय सदस्यहरु…
Read More
रुकुमको सोलाबाङमा बन्यो कर्णालीकै पहिलो ‘सिसमहल’ मन्दिर

रुकुमको सोलाबाङमा बन्यो कर्णालीकै पहिलो ‘सिसमहल’ मन्दिर

रुकुम पश्चिम । मुसीकोट नगरपालिका - ४ सोलाबाङमा कलात्मक सिसमहल मन्दिर निर्माण भएको छ । शिवधाम क्षेत्र संरक्षण तथा सिसमहल मन्दिर निर्माण समितिले सिसैसिसाका कलात्मक आकृतिहरु सहितको मन्दिर निर्माण गरेको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जनार्दन शर्माका अनुसार यो मन्दिर एक रोपनी क्षेत्रफल जग्गामा निर्माण गरिएको छ । यो मन्दिर निर्माणका लागि आफू र बिमल शर्माले एक रोपनी जग्गा उपलब्ध गराएको उहाँले बताउनुभयो । मन्दिर परिसरमा विवाह मण्डपका साथै अन्य संरचनाहरु समेत बनाईएको छ । राप्ती राजमार्गबाट मन्दिरगेटसम्म पुग्नलाई सडक पक्कि बनाईएको छ । मन्दिरको भित्र सिसाका टुक्राहरु चप्काएर बुट्टा भरिएको छ भने सिसाका कलात्मक फूलहरु बनाईएको छ ।…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search