१९ भाद्र २०८१ १३:०८
१९ भाद्र २०८१ १३:०८
जाजरकोट । जिल्लाको भेरी नगरपालिका –८ लाई बालमैत्री वडा घोषणा गरिएको छ । मंगलबार वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको छ । घोषणासँगै यो वडा भेरी नगरपालिकाको पहिलो तथा जिल्लाकै छैटौं बालमैत्री वडा बनेको छ । जिल्लाको पहिलो बालमैत्री वडा छेडागाड नगरपालिका–११ लाइ घोषणा गरिएको थियो भने, दोस्रो वडामा कुशे गाउँपालिकाको वडा नं. १ लाइ घोषणा गरिएको थियो । तेस्रोमा कुशे गाउँपालिकाको वडा नं. ९ लाइ घोषणा गरिएको थियो भने, चौथोमा छेडागाड नगरपालिका–४ लाइ घोषणा गरिएको थियो । पाँचौमा कुशे गाउँपालिकाको वडा…
