Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोटको रिम्नामा व्यापार तथा साँस्कृतिक महोत्सवको आयोजना गरिँदै

जाजरकोटको रिम्नामा व्यापार तथा साँस्कृतिक महोत्सवको आयोजना गरिँदै

जाजरकोटको रिम्नामा व्यापार तथा साँस्कृतिक महोत्सवको आयोजना गरिँदै

जाजरकोट । जाजरकोटको रिम्नामा व्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । “जाजरकोट समृद्धिको आधार, कला संस्कृति पर्यटन उद्योग र व्यापार” भन्ने मुल नाराका साथ यहि जेठ ७ देखि २० गतेसम्म प्रथम रिम्ना व्यापार तथा साँस्कृतिक महोत्सवु सञ्चालन हुने भएको हो । कला संस्कृति पर्यटन प्रवर्द्धन मञ्च कर्णाली प्रदेश सुर्खेतको आयोजना तथा भेरी त्रिवेणी युवा क्लवको सहआयोजनामा महोत्सव सञ्चालनको तयारी गरिएको क्लवका अध्यक्ष एवम् महोत्सव संचालन समितिका संयोजक निरज रानाले बताए । जिल्ला सदरमुकाम खलंगामा आज भएको पत्रकार भेटघाटमा संयोजक रानाले जिल्लाका पर्यटकीय क्षेत्र र स्थानीय कला संस्कृतिलाई उजागर गर्न महोत्सवको आयोजना गरिएको जानकारी दिए । जाजरकोट र रुकुम…
Read More
क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन । सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन ।
Read More
सरकारको नीति तथा कार्यक्रममा कर्णालीलाई प्राथमिकता

सरकारको नीति तथा कार्यक्रममा कर्णालीलाई प्राथमिकता

सुर्खेत । संघीय सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कर्णाली उच्च प्राथमिकतामा परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषिदेखि सडक पूर्वाधारले प्राथमिकता पाएको हो । तीनै तहका सरकार र निजी क्षेत्रको सहकार्यमा कर्णालीमा कम्तीमा एक हजार गाई भैंसीपालन क्षमताको पूर्वाधारसहित स्रोत केन्द्र विकास गर्ने सरकारले घोषणा गरेको छ । यस्तै पशुपन्छीजन्य रोग नियन्त्रणका लागि खोप उत्पादन तथा वितरणको व्यवस्था र निजी क्षेत्रसमेतको सहकार्यमा स्थानीय तहहरूमा क्रमशः पशु अस्पताल निर्माण र सञ्चालन गरिनेछ । दुई वर्षभित्र खोरेत रोग उन्मूलन गरिनेछ । तराई मधेसका ३ लाख १८ हजार हेक्टर खेतीयोग्य जमिनमा क्लस्टरमा आधारित स्यालो तथा डिप ट्युबवेलबाट…
Read More
कर्मचारी संगठनले जारी गर्यो रारा घोषणा-पत्र (घोषणा-पत्रसहित)

कर्मचारी संगठनले जारी गर्यो रारा घोषणा-पत्र (घोषणा-पत्रसहित)

सुर्खेत । नेपाल निजामती कर्मचारी संगठनले १५ वुदे रारा घोषणा पत्र जारी गरेको छ । संगठनको कर्णाली प्रदेश कार्य समितिको सातौं सचिवालय बैठकबाट जारी “रारा घुमौ र कर्णाली चिनौ” भन्ने उदेश्यका साथ रारा घोषणापत्र जारी गरेको हो । घोषणा पत्रमा गुणस्तरीय सार्वजनिक सेवा प्रवाहका निम्ती सार्वजनिक प्रशासनमा ज्ञान, सीप, क्षमता र दक्षतायुक्त जनशक्ति व्यवस्थापनका लागि समय सापेक्ष तालिम, प्रशिक्षण, गोष्ठी लगायतका क्रियाकलाप सञ्चालन गर्न सरकारसँग अनुरोध गर्नेसहित १५ बुदे घोषणा पत्र जारी गरेको संगठनका कर्णाली प्रदेश इन्चार्ज तुलाराम गिरीले जानकारी दिए । बैठकमा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालासमेत सहभागी थिए । छाँयानाथ रारा नगरपालिका वडा नं।(९, मुगु…
Read More
नलगाडका ४ सय बढि कृषकलाई व्यवसायीक तालिम

नलगाडका ४ सय बढि कृषकलाई व्यवसायीक तालिम

जाजरकोट । नलगाड नगरपालिकाका ४ सय बढि कृषकहरुलाई कृषि सम्बन्धि व्यवसायीक तालिम दिइएको छ । नगरपालिकाभित्र परम्परागत रुपमा कृषि पेशामा आवद्ध कृषकहरुलाई व्यवसायीक कृषि उत्पादन र बजारीकरण सम्बन्धि ज्ञान दिने उद्देश्यले २ दिवसिय व्यवसायीक तालिमको आयोजना गरिएको हो । संघीय र प्रादेशिक कृषि अनुसन्धान केन्द्र सहित मातहतका जिल्ला कार्यालयका विज्ञहरु मार्फत उत्पादन र व्यवसायिकरण सम्बन्धी तालिम दिइएको नगरपालिकाका सूचना अधिकारी नारायण खत्रीले जानकारी दिए । नलगाडमा राष्ट्रिय वाणिज्य बैंकले कृषकहरुलाई सहुलियत रुपमा कृषि कर्जा प्रदान गर्दैछ । नगरपालिका संग भएको सम्झौता अनुरुप बैंकले दिने उक्त सहुलियत कर्जाको सहि सदुयोग होस भन्ने उद्देश्यले पनि उक्त तालिमको आयोजना गरिएको हो । कृषकहरुमा…
Read More
भूकम्प प्रभावित छात्राहरूलाई श्रीज्योति फाउन्डेसनको सहयोग

भूकम्प प्रभावित छात्राहरूलाई श्रीज्योति फाउन्डेसनको सहयोग

जाजरकाेट । श्रीज्योति फाउन्डेसनले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित छात्राहरूलाई सहयोग हस्तान्तरण गरेको छ । फाउन्डेसनले गैर आवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन/तीन पालिकाका १५ जना छात्रालाई सहयोग गरेको हो । भेरी नगरपालिका-१ रिम्नामा आयोजित कार्यक्रममा जाजरकोटको बारेकोट गाउँपालिकाका ३, नलगाड नगरपालिकाका २ र भेरी नगरपालिकाका ४ बालिकालाई स्कुल पोशाक, स्टेशनरी सामाग्री वितरण  गरिएको फाउन्डेसनकी अध्यक्ष ज्योति कटुवालले बताइन । त्यसैगरि रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका २, सानीभेरी गाउँपालिकाका २ र चौरजहारी नगरपालिकाका २ छात्राहरूलाई वार्षिक छात्रवृत्ति वितरण गरिएको उनको भनाई छ । कार्यक्रममा भेरी नगरपालिकाका उपमेयर सीता जैसीले भूकम्पमा अभिभावक गुमाएका, अति विपन्न…
Read More
कर्णालीका नवनियुक्त ४ मन्त्रीले लिए शपथ, विनोद शाह अनुपस्थित

कर्णालीका नवनियुक्त ४ मन्त्रीले लिए शपथ, विनोद शाह अनुपस्थित

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले मंगलबार शपथ खुवाएका हुन । शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावत रहेका छन । यस्तै राज्यमन्त्री गोमता विकले पनि शपथ लिने भएकी छन । यसअघि विनाविभागिय मन्त्रीको रुपमा शपथ लिएका रनसिंह परियारलाई जनश्रोत तथा उर्जा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषि मन्त्रीमा नियुक्त भएका विनोद कुमार शाह भने शपथ ग्रहणमा उपस्थित भएनन् । भौतिक…
Read More
कर्णाली सरकारले आज पूर्णता पाउँदै

कर्णाली सरकारले आज पूर्णता पाउँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । २७ चैतमा मुख्यमन्त्री नियूक्त भएका एमाले संसदीय दलका नेता यामलाल कडेलले २१ दिनपछि आज मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन । आज दिउँसो साढे २ बजे ६ जना मन्त्रीहरुले सपथ लिने तयारी भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । यद्यपि मन्त्रीहरुको नाम भने सार्वजनिक गरिएको छैन । मुख्यमन्त्री कडेलले आज एमालेको भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गर्ने तयारी गरेका छन । त्यस्तै माओवादीको भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण…
Read More
बझाङमा एमालेका दमन भण्डारी विजयी

बझाङमा एमालेका दमन भण्डारी विजयी

बझाङ । बझाङको प्रदेशसभा - १ मा नेकपा एमालेले जितेको छ । सोमबार दिउँसो आएको मतपरिणामअनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन । भण्डारीले ११६१३ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याए । तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन । यहाँ प्रदेश सभा सदस्यका लागि ११ जनाले चुनाव लडेका थिए। २०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए । उनले नेकपा एमालेका अभिभाल ओखेडालाई हराएका थिए। सिंहले १७ हजार १ सय १२…
Read More
भेरी ज्ञानोदयमा स्ववियुको बेइमानी : राहत रकम कार्यकक्ष निर्माणमा खर्च

भेरी ज्ञानोदयमा स्ववियुको बेइमानी : राहत रकम कार्यकक्ष निर्माणमा खर्च

जाजरकोट । जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विद्यार्थीलाई आएको राहत रकममा बेइमानी गरेको पाइएको छ । गत कात्तिक १७ गते जिल्लाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावित भएका विद्यार्थीहरुका लागि जिपि कोइराला मेमोरियल क्लेज काठ्माडौंंले पठाएको राहत रकम स्ववियुले अनेत्रै खर्च गरेको पाइएको हो । क्याम्पसमा अध्ययनरत भूकम्प पीडित विद्यार्थीका लागि आएको ५ लाख राहत रकम स्ववियुले आफ्नो कार्यकक्ष निर्माणमा खर्च गरेको भेटिएको छ । भूकम्प गएको ७ महिना बितिसक्दा पनि क्याम्पसले राहत रकमको विषयमा चासो नदेखाएपछि भूकम्प प्रभावित विद्यार्थीले उक्त राहत रकममा प्रश्न उठाएका छन । स्ववियु अध्यक्ष प्रकाश सिंहले भने उक्त रकम राहत नभइ…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search