१५ फाल्गुन २०८० १८:३२
१५ फाल्गुन २०८० १८:३२
जाजरकोट । विरामी बोक्नका लागि खरिद गरिएको शिवालय गाउँपालिकाको एम्बुलेन्स चार महिना देखि थन्किएको छ । इलाका प्रहरी कार्यालय सिमाको गेटभित्र विरामी अवस्थामा एम्बुलेन्स थन्किएको हो । गाउँपालिकाले मर्मतका लागि चासो नदिदा एम्बुलेन्स थन्किएपछि विरामीलाई उपचार गर्न समस्या भएको छ । गाउँमा विरामी हुँदा गाडी नै नपाइने र पाइएपनि निजी जीपमा महंगो भाडा तिरेर अस्पताल लैजानु पर्दा साह्रै दुःख खेप्नु परेको गाउँपालिका बासीको गुनासो छ । एम्बुलेन्स विग्रेको चार महिना सम्म मर्मत नगर्नु जनप्रतिनिधी र कर्मचारीले लाप्रवाही गरेको स्थानीय पूर्णसमिर महताराले बताए । एम्बुलेन्स अहिले मर्मत नगर्दा बिरामी स्टेचरमा वोक्न स्थानीय वाध्य भएका छन् । यता, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत…
