२ आश्विन २०८१ ०९:३८
२ आश्विन २०८१ ०९:३८
कालिकोट । बैकिंङ कसुर गरेको आरोपमा खाडाचक्र ११ का धीरबहादुर शाही पक्राउ परेका छन् । खाडाचक्रको रेगिंलका ४३ वर्षीय शाहीले खातामा रकम नभएको चेक दिएर बैकिंङ कसुर गरेको आरोपमा पक्राउ परेका हुन् । उनीविरुद्ध ठगीमा जाहेरी परेपछि फरार थिए । उनले खातामा रकम नभएको ४ जनालाई चेक दिएका थिए । उनीविरुद्ध कालिकोटका नन्दाकुमारी सिंह, दुर्गबहादुर शाही, नरेन्द्र विष्ट र कमला शाहीले ठगी गरेको भन्दै जाहेरी दिएका थिए । चेक बाउन्सको मुद्दा परेपछि कालीकोटबाट काठमाडौं गएर लुकीछिपि बसेको अवस्थामा भदौ ३१ गते उपत्यका प्रहरी कार्यालय काठमाडौंको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीले बताए । उनी (धीरबहादुर)…
