Karnali Aawaj

Advertisement
Advertisement

आज फूलपाती, बढ्यो दशैंको रौनक

आज फूलपाती, बढ्यो दशैंको रौनक

आज फूलपाती, बढ्यो दशैंको रौनक

काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ नौ वटै देवीको विधिपूर्वक पूजा गर्ने वैदिक विधि छ । ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी…
Read More
चाडपर्वका लागि कर्णालीमा ४ हजार बढी प्रहरी परिचालन

चाडपर्वका लागि कर्णालीमा ४ हजार बढी प्रहरी परिचालन

कर्णाली । कर्णाली प्रदेशमा चाडपर्वको समयमा ४ हजार बढी प्रहरी परिचालन गरिएको छ । प्रहरीको ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार बढि प्रहरी परिचालन गरिएको हो ।  नेपालीहरूको महान पर्व दसैँ, तिहार र छठलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना सफल पार्न प्रदेशभरि चार हजार ३५१ प्रहरी परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिए । चाडपर्वको बेला हुनसक्ने अवाञ्छित तथा आपराधिक गतिविधिलाई रोकथाम, नियन्त्रण गर्न तथा सडक सुशासन कायम गर्न उक्त योजना निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याइएको प्रमुख भट्टराईले बताए । ‘चाडपर्व सुरक्षा योजनाका साथै विपद्लाई पनि लक्षित गरेर यो योजना…
Read More
उदाहरणीय जोडी : जसले गरे विवाहमा सुन र दाइजो बहिष्कार

उदाहरणीय जोडी : जसले गरे विवाहमा सुन र दाइजो बहिष्कार

सुर्खेत । विवाह भन्ने वित्तिकै धेरैको मानसपटलमा गरगहना र दाइजो आइहाल्छ । अरुलाई देखाउनकै लागि भएपनि विवाहमा दुलही सुनका गरगहनामा झकिझकाउ हुन्छन ।  सुन मात्र होइन कानुनी रुपमा गलत मानिएपनि सामाजिक रुपमा दाइजो पनि भित्रभित्रसम्म जरा गाडेर बसेको अवस्था छ । तर सुर्खेत वीरेन्द्रनगरकी अस्मिता ढकालले भने आफ्नो विवाहमा यी दुबैकुरा बहिस्कार गरेकी छन् ।  उनले सोमवार सुन नलगाएरै विवाह गरिन । समाजमा भएका गलत संस्कारको बहिष्कार गर्नुपर्छ भन्ने सन्देश दिनको लागि नै सुन नलगाएरै विवाह गर्ने निर्णय गरेको नवदुलही ढकालले बताइन् ।  बुटवलका रामु ज्ञवालीसँग विवाह गरेकी ढकालको जोडी नै नेपाल सरकारको शाखा अधिकृत हुन । अस्मिताले सुन र…
Read More
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अध्यक्षमा पुनः केसी

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अध्यक्षमा पुनः केसी

खलंगा । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको तेस्रो साधारण सभा विहिवार खलंगामा सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन र विभिन्न समसामयिक निर्णयहरु गर्दै प्रतिष्ठानको साधारण सभा सम्पन्न भएको हो । संस्थाको सांगठनिक तथा आर्थिक प्रस्तावलाइ सर्वसम्मत रुपमा पारित गरेको साधारण सभाले जनक केसीलाइ पुन अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । साधारण सभाको वन्दसत्रले प्रतिष्ठानको उपाध्यक्षमा खम्वजंग शाह, रीता पुन, सचिवमा दलवहादुर सिंह, कोषाध्यक्षमा शोभा सिंह, सहसचिवमा हेमन्तकुमार खत्री, सदस्यहरुमा साधना केसी, सहदेवजंग शाह, नारायणी शाह, मीना शाह, टवीन कार्की, कालीबहादुर नेपाली, मोहन खड्कालाई चयन गरेको छ । साधारण सभाले भूकम्पपछि जाजरकोटका सातै स्थानीय तहमा क्षतिग्रस्त ऐतिहासिक, धार्मिक, साँस्कृतिक सम्पदाहरुका…
Read More
कर्णाली प्रदेशका खर्कहरु संरक्षण गरिदै

कर्णाली प्रदेशका खर्कहरु संरक्षण गरिदै

जाजरकोट । कर्णाली प्रदेशभित्र रहेका खर्क (पाटन) हरुको संरक्षण गरिने भएको छ । प्रदेशको पहिचानको रुपमा रहेका पाटनहरुको अस्तित्व जोगाउनका लागि सो क्षेत्रको संरक्षणका कार्यक्रमहरु संचालन गरिने भएको हो । डिभिजन वन कार्यालयहरुको सहजिकरणमा 'ग्लोबल इन्सिच्युट फर इन्टरडिस्प्लिटी स्टडिज' नामक संस्थाले कर्णालीका पाटन क्षेत्रको अवस्थाको अधययन गरी संरक्षण तथा प्रवर्धनका कार्यक्रमहरु संचालन गर्न लागेको छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा खर्कहरु संरक्षणका लागि नीतिगत व्यवस्था नै गरेर योजना अघि सारेपछि यो कार्यले प्राथमिकता पाएको हो । कर्णालीका १० जिल्ला मध्य सबैभन्दा बढी डोल्पा जिल्लामा खर्कको क्षेत्रफल रहेको छ । त्यस्तै हुम्ला, मुगु, जुम्ला र कालिकोटमा पनि…
Read More
बैकिंङ कसुरमा कालिकोटमा एकजना पक्राउ

बैकिंङ कसुरमा कालिकोटमा एकजना पक्राउ

कालिकोट । बैकिंङ कसुर गरेको आरोपमा खाडाचक्र ११ का धीरबहादुर शाही पक्राउ परेका छन् । खाडाचक्रको रेगिंलका ४३ वर्षीय शाहीले खातामा रकम नभएको चेक दिएर बैकिंङ कसुर गरेको आरोपमा पक्राउ परेका हुन् ।  उनीविरुद्ध ठगीमा जाहेरी परेपछि फरार थिए । उनले खातामा रकम नभएको ४ जनालाई चेक दिएका थिए । उनीविरुद्ध कालिकोटका नन्दाकुमारी सिंह, दुर्गबहादुर शाही, नरेन्द्र विष्ट र कमला शाहीले ठगी गरेको भन्दै जाहेरी दिएका थिए । चेक बाउन्सको मुद्दा परेपछि कालीकोटबाट काठमाडौं गएर लुकीछिपि बसेको अवस्थामा भदौ ३१ गते उपत्यका प्रहरी कार्यालय काठमाडौंको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीले बताए । उनी (धीरबहादुर)…
Read More
भेरी नगरपालिका -८ बालमैत्री वडा घोषणा

भेरी नगरपालिका -८ बालमैत्री वडा घोषणा

जाजरकोट । जिल्लाको भेरी नगरपालिका –८ लाई बालमैत्री वडा घोषणा गरिएको छ । मंगलबार वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको छ । घोषणासँगै यो वडा भेरी नगरपालिकाको पहिलो तथा जिल्लाकै छैटौं बालमैत्री वडा बनेको छ । जिल्लाको पहिलो बालमैत्री वडा छेडागाड नगरपालिका–११ लाइ घोषणा गरिएको थियो भने, दोस्रो वडामा कुशे गाउँपालिकाको वडा नं. १ लाइ घोषणा गरिएको थियो । तेस्रोमा कुशे गाउँपालिकाको वडा नं. ९ लाइ घोषणा गरिएको थियो भने, चौथोमा छेडागाड नगरपालिका–४ लाइ घोषणा गरिएको थियो । पाँचौमा कुशे गाउँपालिकाको वडा…
Read More
जाजरकोट-काठमाडौं सम्पर्क मञ्च कप फुटसल प्रतियोगीताको उपाधि केएफसी खलंगालाई

जाजरकोट-काठमाडौं सम्पर्क मञ्च कप फुटसल प्रतियोगीताको उपाधि केएफसी खलंगालाई

काठमाडौं । 'दोश्रो जाजरकोट-काठमाडौ सम्पर्क मञ्च कप' फुट्सल प्रतियोगीताको उपाधि 'केएफसी खलंगा'ले जितेको छ । नेकपा एमाले निकट जाजरकोट-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको फुट्सल प्रतियोगीतामा आयोजक टिमलाई हराउँदै केएफसी खलंगाले उपाधि हात पारेको हो । प्रतियोगितामा आयोजक टिम उपबिजेता बनेको छ । काठमाडौंको कालोपुल स्थित धन्यन्तरी फुटसल ग्राउण्डमा आइतबार सम्पन्न प्रतियोगितामा विभिन्न १६ वटा टिमले भाग लिएका थिए । उपाधि विजेता र उपविजेता टिमलाई क्रमशः नगद ५० हजार र ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको मञ्चका अध्यक्ष नबराज शाहीले बताए । नेकपा एमालेका सचिव गोकर्ण विष्टले उद्घाटन गरेको प्रतियोगिताको बिजेता टिमलाई पार्टी केन्द्रीय सदस्य एवम् केन्द्रीय…
Read More
मन्त्री शाहलाई भेरी नगरपालिकाले बुझायो ज्ञापनपत्र

मन्त्री शाहलाई भेरी नगरपालिकाले बुझायो ज्ञापनपत्र

जाजरकोट । भेरी नगरपालिकाले कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीब विक्रम शाहलाई ज्ञापनपत्र बुझाएको छ । नगर क्षेत्रभित्रका पालिकाको बजेटले नभ्याउने दिर्घकालिन महत्वका आयोजनाहरु निर्माणका लागि नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले मन्त्री शाहलाई ज्ञापनपत्र बुझाएका हुन । नगरपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी श्रोत अभावका कारण निर्माण गर्न नसकेका आयोजनाको निर्माण कार्यका लागि प्रदेश सरकारसंग आवश्यक बजेट माग गरिएको नगर प्रमुख घर्तीले बताए । नगर प्रमुख घर्तीका अनुसार वडा नं. ३ र ४ अन्तरगत बजार क्षेत्र भित्रको ढल निकास, तल्लो थाप्ले बसपार्क निर्माण तथा पहिरो नियन्त्रण, रानागाउँ र काफलचौर डाप्का कबर्डहल निर्माण, मछाइना मालिका र सिद्धपाइला पर्यटन क्षेत्र…
Read More
कर्णाली राजमार्ग स्तरोन्नतिको माग गर्दै संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

कर्णाली राजमार्ग स्तरोन्नतिको माग गर्दै संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । कर्णाली राजमार्ग स्तरोन्नति गर्न माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । कर्णाली राजमार्गको स्तरोन्नती गर्दै सम्भावित सार्वजनिक सवारी दुर्घटनाको रोकथाम र नियन्त्रण सम्बन्धी छलफल गर्न भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको हो । १० वर्षमा कर्णाली राजमार्गमा भएका १ हजार ८ सय २१ दुर्घटनामा ९ सय ९१ जनाले ज्यान गुमाएको र सडक स्तरोन्नति गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले बताउनु भयो । रास्वपा सांसद कठायत प्रस्तावक रहेको प्रस्तावमा सांसदहरू सोबिता गौतम, मैना कार्की, अम्मरबहादुर थापा, अनिशा नेपाली, कान्तिका सेजुवाल, चन्द्रबहादुर विश्वकर्मा, छिरिङ लामा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search